गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले सल्लाका रुख विस्थापित गर्ने योजना ल्याएको छ ।
बुधबार गाउँ सभामा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले डढेलो र आगलागीको मुख्य कारण सल्ला भएको भन्दै त्यसलाई विस्थापित गर्ने जनाएका हुन् ।
गाउँपालिकाले सल्लाका रुख काटेर त्यसको ठाउँमा हावापानी अनुसार अन्य प्रकारका रुख तथा बुट्याउन रोप्ने नीति ल्याएको छ ।
त्यस्तै नीति तथा कार्यक्रममा खानेपानीका स्रोतको संरक्षण गर्न ‘एक वडा पाँच पोखरी’ को नीति लिएर हरेक वडामा पानी पुनर्भरण पोखरी निर्माण गरिने उल्लेख छ ।
रैथाने बाली लगाउन कृषकलाई प्रोत्साहन
गाउँपालिकाले रैथाने बाली लगाउन कृषकलाई प्रोत्साहन गर्ने भएको छ । रैथाने लोपोन्मुख बाली जस्तै– कोदो, लट्टे, जुनेलो, घैया, तितेफापर, जौं, उवा जस्ता बालीको बिउबिजन संकलन र व्यवस्थापन गरी लगाउन कृषकहरूलाई प्रोत्साहन गरिने जनाइएको छ ।
त्यस्तै ‘खेतदेखि पेटसम्म, गोठदेखि ओठसम्म’ कार्यक्रममार्फत सफा, स्वच्छ र मौलिक खानेकुरालाई प्रोत्साहन गरिएको छ । सबै घरपरिवारलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउन ‘एक घर एक धारा’को नीतिलाई निरन्तरता दिइएको छ ।
गुल्मीदरबारले फलफूल तथा तरकारी खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरी नागरिकको जीवनस्तर परिवर्तन गर्ने नीति लिएको छ । त्यस्तै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अवलम्बन गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्ने पालिकाको नीति रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १०:५८
काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...
पौष ८ गते, २०८२ - १०:५०
काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५५ सय र...
पौष ८ गते, २०८२ - १०:४५
गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...
पौष ८ गते, २०८२ - १०:४२
दोषीमाथि कडा कारबाहीको माग
पौष ८ गते, २०८२ - १०:३७
अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !
पौष ८ गते, २०८२ - १०:२५
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...
पौष ८ गते, २०८२ - १०:१६
सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...




प्रतिकृया लेख्नुहोस्: