काठमाडौ । टी-२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कारबाही गरेको छ ।
आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ ।
सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।
ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेटमेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ तुरुन्त फर्काएका थिए ।
तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । उक्त घटना लगत्तै अम्पायरले बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोलाई बोलाएर केही भनेका थिए ।
आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग तान्जिमले गल्ती स्वीकार गरेका छन् ।
यता खेलपछि रोहितलाई उक्त समयमा बलिङ गर्न जान भनेको जवाफ दिएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: