Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

किशोरीहरुलाई विद्यालयमै आत्मरक्षा तालिम

खबरडबली संवाददाता

मनहरी । मकवानपुरको कैलाश गाउँपालिकाका एक सय ५० किशोरीलाई सुरक्षा तथा आत्मरक्षासम्बन्धी तालिम प्रदान गरिएको छ । 

किडपावर नेपालको सहयोगमा गाउँपालिकाद्वारा किशोरीहरुलाई तालिम प्रदान गरिएको हो । कैलाश गाउँपालिका–३ कालिकाटारस्थित भवानी माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना छात्रालाई तालिम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले बताए । उनले छात्राहरुको आत्मरक्षा र सुरक्षाका लागि आगामी नीति तथा कार्यक्रममा समट्दै गाउँपालिकाका सबै छात्राहरुलाई उक्त तालिम प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

भविष्यमा यौनजन्य हिंसा मात्र नभई घरेलु हिंसाबाट बच्न यी तालिमले छात्राहरुलाई थप सहजता हुने उनले बताए । “हामी पहिलो चरणमा दुई विद्यालयमा गर्ने छौँ भने आगामी वर्षमा सबै विद्यालयका किशोरीलाई तालिम दिने छौँ”, अध्यक्ष मोक्तानले भने ।”

राष्ट्रिय बालअधिकार परिषद् नेपालका सदस्य तथा किडपावर नेपालका अध्यक्ष सुष्मा पोखरेलले सुरक्षा र आत्मरक्षासम्बन्धी तालिम प्रदान गरेकी थिइन् । उनले छात्राहरुलाई हुनसक्ने धम्की, दुर्व्यवहारलगायतका हिंसा न्यूनीकरण गर्न यस्ता तालिम ग्रामीण क्षेत्रमा आवश्यक रहेको बताइन । तालिम पश्चात किशोरीहरुलाई विद्यालयमा पठनपाठनदेखि समुदायमा सुरक्षित र सहजता हुने उनको भनाइ छ । 

आज वडा नम्बर ९ स्थित कालिका उच्च माध्यमिक विद्यालयका थप एक सय जना छात्राहरुलाई उक्त तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । तालिम पश्चात किशोरीले आत्मरक्षाका लागि सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् । बुधबार कैलाश गाउँपालिका–१० स्थित रत्नज्योति माध्यमिक विद्यालयमा अध्ययनरत ६० जना छात्राहरुलाई उक्त तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE