काठमाडौं । नेपाली काँग्रेसका सांसद उदयसमशेर राणाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई सुशासन, नैतिकता र भ्रष्टाचारमुक्त समाज बनाउने नारा कहाँ गयो ? भनि प्रश्न गरेका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताएका हुन् ।
सांसद राणाले गृहमन्त्री लामिछानेलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारा लगाएपछि निर्वाचित गरेपनि सो अनुसार काम गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
उनले बजेट जनताको भएकाले जनप्रतिनिधि सांसदहरुको सुझाव लिएर मात्रै त्यसलाई अघि बढाउन सरकारलाई सचेत गराए । सांसद राणाले बजेट निर्माण गर्ने जनतासँग सुझाव लिने व्यवस्था पनि गर्नुपर्ने सुझाव सरकारलाई दिए ।
सांसद राणाले प्रधानमन्त्री, मन्त्री र कर्मचारीहरुको मिलेमतोमा मात्रै बजेट आउने गरेकाले त्यसले जनताको भावनाको प्रतिनिधित्व गर्न नसकेको जिकिर पनि गरे ।
उनले भने-‘हामीहरु भनेको जनताको प्रतिनिधिहरु पनि हो । अब आउने दिनमा ओपन बजेटको कन्सेप्टमा हामीले जनता कहाँ पनि सुझाव लिनुपर्ने हुन्छ,’उनले भने,‘अन्तिममा मेरो प्रश्न गृहमन्त्रीज्युलाई । तपाईलाई नेपाली जनताले सुशासन, नैतिकता, भ्रष्टाचारमुक्त समाज जस्ता नारामा माया गरेर निर्वाचित हुनुभयो । गृहमन्त्रीज्यु यो नारा कहाँ गयो ?’ ’
‘यो बजेट कसको ? जनता कि सरकारको ? जनताको हो भने हामी सांसदहरु, हामी विपक्ष दलका सांसदहरु मात्रै होइन, सत्ता पक्षका सांसदहरुले पनि हाम्रो क्षेत्रमा कति बजेट प¥यो भनेर रातो किताव किन कुर्नुपर्ने ? हामीलाई यो भन्दा अघि हाम्रो जिल्लामा कति पैसा परेको छ ?,’उनले भने,‘सडक विभागले त्यहाँका सांसद, मेयर, उपमेयरलगायतका जनप्रतिनिधिलाई किन सोध्न नसक्ने ? त्यो आधारमा बजेट किन अघि बढ्न नसक्ने ? किन प्रधानमन्त्री, मन्त्री र कर्मचारीको मिलेमतोमा मात्रै बजेट छुट्टिनुपर्ने ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: