पर्वत। मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पर्वतको विहादी गाउँपलिकाले ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।
विहादी गाउँपालिकाको सोमबार सम्पन्न १५औँ गाउँसभामा आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको घोषणा भएको हो। गाउँपालिकाभित्र कृषि, लघुउद्यम, पशुपालन, पर्यटन क्षेत्रमा युवावर्गलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए।
प्रस्तुत नीति तथा कार्यक्रममा ‘श्रमिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिँदै उनले स्थानीय तहको पञ्चवर्षीय रोजगार रणनीति तर्जुमा गरी आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन पहल गरिने बताए।
पालिकाभित्र लघुउद्यम समूह गठन गरी व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिलाई उद्यमी बनाउन प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण र बजारीकरणमा सहयोग गरिनेछ। एक घर एक युवा स्वरोजगार ग्रामीण स्वावलम्बन कार्यक्रमको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले बताए।
पालिकाक्षेत्रका युवालाई स्वरोजगार बन्न अभिप्रेरित गर्न करका दरमा छुट तथा परिमार्जन तथा स्थानीय सीप, स्रोत र प्रविधिमा आधारित घरेलु तथा साना स्थानीय उद्योग सरंक्षणको नीति लिएको छ।
स्थानीय रूपमा उत्पादित मदिराको उत्पादनलाई महत्व दिई अर्थोपार्जनको नीति अगाडि बढाउने, गाउँपालिकाभित्र स्थापना हुने कृषि समूह, निजी फार्म र सहकारी दर्ता तथा कार्यक्षेत्रको अनुमतिजस्ता विषय व्यवस्थित ढङ्गले अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
पालिकाले गर्भवतिको स्वास्थ्यलाई दृष्टिगत गर्दै ग्रामीण ‘अल्ट्रासाउण्ड सेवा’ कार्यक्रम कार्यान्वयन योजना पनि अघि सारेको छभने २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गरिने भएको छ । विद्युत्को खपत बढाउनका लागि प्रोत्साहन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।
सङ्घीय सरकारसँगको समन्वयमा रु चार करोड लगानीमा बृहत् सिँचाइका पूर्वाधार निर्माण गरिने र ‘डिपबोरिङ’ आयोजना प्रभावकारी बनाइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
धर्मसंस्कृतिको जगेर्नासँगै जलवायु परिवर्तनको असरलाई घटाउन पालिकाले ‘एक टोल एक चौतारी’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्लाका सात पालिकामध्ये विहादीले पहिलोपटक बजेट, नीति तथा कार्यक्रम सार्वजनकि गरेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: