Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पर्वतको विहादी गाउँपलिकामा ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम

खबरडबली संवाददाता

पर्वत। मुलुकभित्र रोजगारीका अवसर नपाउँदा युवावर्ग विदेशिने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्दै पर्वतको विहादी गाउँपलिकाले ‘एक घर एक युवक स्वरोजगार’ कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

विहादी गाउँपालिकाको सोमबार सम्पन्न १५औँ गाउँसभामा आगामी आर्थिक वर्षमा युवा स्वरोजगार कार्यक्रम सञ्चालनको घोषणा भएको हो। गाउँपालिकाभित्र कृषि, लघुउद्यम, पशुपालन, पर्यटन क्षेत्रमा युवावर्गलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष परबीन गुरुङले बताए।

प्रस्तुत नीति तथा कार्यक्रममा ‘श्रमिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालन गरिने जानकारी दिँदै उनले स्थानीय तहको पञ्चवर्षीय रोजगार रणनीति तर्जुमा गरी आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन पहल गरिने बताए।

पालिकाभित्र लघुउद्यम समूह गठन गरी व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्ने, तालिमप्राप्त जनशक्तिलाई उद्यमी बनाउन प्रोत्साहनस्वरुप प्रविधि हस्तान्तरण र बजारीकरणमा सहयोग गरिनेछ। एक घर एक युवा स्वरोजगार ग्रामीण स्वावलम्बन कार्यक्रमको अवधारणा अघि सारिएको अध्यक्ष गुरुङले बताए।

पालिकाक्षेत्रका युवालाई स्वरोजगार बन्न अभिप्रेरित गर्न करका दरमा छुट तथा परिमार्जन तथा स्थानीय सीप, स्रोत र प्रविधिमा आधारित घरेलु तथा साना स्थानीय उद्योग सरंक्षणको नीति लिएको छ।

स्थानीय रूपमा उत्पादित मदिराको उत्पादनलाई महत्व दिई अर्थोपार्जनको नीति अगाडि बढाउने, गाउँपालिकाभित्र स्थापना हुने कृषि समूह, निजी फार्म र सहकारी दर्ता तथा कार्यक्षेत्रको अनुमतिजस्ता विषय व्यवस्थित ढङ्गले अगाडि बढाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

पालिकाले गर्भवतिको स्वास्थ्यलाई दृष्टिगत गर्दै ग्रामीण ‘अल्ट्रासाउण्ड सेवा’ कार्यक्रम कार्यान्वयन योजना पनि अघि सारेको छभने २० युनिटसम्मको विद्युत् महसुल निःशुल्क गरिने भएको छ । विद्युत्को खपत बढाउनका लागि प्रोत्साहन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

सङ्घीय सरकारसँगको समन्वयमा रु चार करोड लगानीमा बृहत् सिँचाइका पूर्वाधार निर्माण गरिने र ‘डिपबोरिङ’ आयोजना प्रभावकारी बनाइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

धर्मसंस्कृतिको जगेर्नासँगै जलवायु परिवर्तनको असरलाई घटाउन पालिकाले ‘एक टोल एक चौतारी’ कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । जिल्लाका सात पालिकामध्ये विहादीले पहिलोपटक बजेट, नीति तथा कार्यक्रम सार्वजनकि गरेको हो।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

कांग्रेस–एमाले एकै मोर्चामा, संसद् ब्युँताउने गोप्य सहमति

अदालत र सडक धाउँदै गर्दा चुनाव अनिश्चित !

जेनजी आन्दोलनपछि आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न सरकारी संवाद समिति फिल्डमा

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका राजनीतिक दलका कार्यालयको अनुगमन तथा दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको ...

मासिक १० हजारको जागिरका लागि १५० आवेदन, शिक्षित बेरोजगारीको दर्दनाक तस्वीर

सिरहा । देशमा बढ्दो बेरोजगारी समस्याको गम्भीर तस्वीर लहान नगरपालिकाको एक सूचनाले प्रष्ट पारेको छ । दलित तथा मुसहर बस्तीमा ट्युसन पढाउने शिक्षकका लागि ...

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending