रौतहट । नेपाल विद्युत प्राधिकरणले महशुल नतिर्ने रौतहटका तीन दर्जनभन्दा बढी विद्यालयको लाइन काटेको छ । नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगापुर शाखा अन्तर्गत पर्ने विभिन्न नगरपालिकामा रहेका सामुदायिक विद्यालयको लाइन काटिएको हो।
विद्युत महसुल नतिर्ने रौतहटको चन्द्रपुर, गुजारा, र वृन्दावन नगरपालिकामा रहेका सामुदायिक विद्यालयको लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण चन्द्रनिगापुर शाखाले जनाएको छ । विद्यालयको नाममा जडान गरिएका मिटरमा विद्युत् महशुल तिर्न पटक पटक ताकेता गर्दा समेत वास्ता नगरेका कारण बाध्य भएर विद्यालयको लाइन काटेको शाखा प्रमुख धीरेन्द्र यादवले जानकारी दिए।
जिल्लाको चन्द्रपुर नगरपालिका वृन्दावन नगरपालिका र गुजारा नगरपालिकाका ३० वटा बढी सामुदायिक विद्यालयको विद्युत् लाइन काटेको उनको भनाइ छ ।
चन्द्रपुर नगरपालिकामा रहेको दुर्गा माध्यमिक विद्यालय ठाडाटोल, रैया टोल माध्यमिक विद्यालय चन्द्रपुर २, कृष्ण माध्यमिक विद्यालय बालचनपुर, कंकाली माध्यमिक विद्यालय जङ्गलसैया र बतहु माध्यमिक विद्यालय हरशाहलगायतका ३० वटा सामुदायिक विद्यालयको विद्युत् लाइन काटिएको छ।
नेपाल विद्युत प्राधिकरण चन्द्रनिगापुर शाखाले सामुदायिक विद्यालयको लाइन काटेपछि ती विद्यालयमा अध्ययन गर्ने विद्यार्थी प्रभावित भएका छन् । ४० देखि ४३ डिग्री गर्मीको बेला विद्यालयको लाइन काटिएपछि आफूहरुले कक्षाकोठामा पंखा चलाउन नपाएको बालचनपुरका विद्यार्थी हरिकृष्ण चौधरीले बताए।
रौतहटका अधिकांश सामुदायिक विद्यालयले महशुल नतिरेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। वर्षौँदेखिको महशुल तिर्न ध्यान नदिएका कारण बाध्य भएर सामुदायिक विद्यालयको विद्युतको लाइन काट्नु परेको कार्यालय प्रमुख यादवले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: