बागलुङ । भौगोलिक विकटताका कारण पिछडिएको बागलुङको तमानखोलाका धेरै गाउँमा बर्खायाममा गाडी चल्दैनन् । एउटा गाउँ पुग्न दर्जन खोला छिचोल्नुपर्छ । तर बर्खामा सबै खोलानालामा पानीको बहाव बढ्ने हुँदा गाडी तर्न सक्दैनन् । केन्द्र बोङ्गादोभान बजारदेखि वडा नम्बर ६ को नर्जाखानी गाउँमा हिउँदको समयमा साढे दुई घण्टा लाग्छ ।
यस गाउँमा पुग्न पाँच वटा पुल तर्नुपर्ने हुन्छ । गाउँपालिकाले चालु आर्थिक वर्ष एउटा घाटमा पुल निर्माण गरेको छ भने अन्य चार स्थानमा बन्न सकेका छैन् । पुल नबनेपछि यस वर्षको बर्खामा पनि नर्जाखानीमा गाडी चल्ने छैनन् । विसं २०७६ मा सडकले जोडिएको बागलुङको सबैभन्दा टाढाको बस्ती हो यो ।
हिउँदको समयमा यातायातका साधान नियमित सञ्चालन भए पनि बर्खाको समय करिब चार महिना अवरुद्ध हुन्छन् । बाह्रै महिना यातायात सञ्चालन गर्नका लागि चार वटा खोलामा पुल बन्नुपर्छ । नर्जाखानी पुग्न घट्टबोटघाट, खुङ्खानीघाट, खुङखानीबगर घाट र नर्जाबगर घाट गरि चार स्थानमा मोटरेल पुल निर्माण गर्नुपर्छ ।
अहिलेसम्म भिकोसघाट मा मात्रै पुल बनेको छ । वडा नम्बर ३ को तमान, लाम्मेला गाउँ हुँदै म्याग्दी पुग्न ढोमइ घाट र शेर्माखोला घाटमा पुल निर्माण गर्नुपर्छ । यहाँ पनि अहिलेसम्म पुल बनेको छैन । वडा नम्बर २ को बोङ्खानी, मुठाचौरलगायतका गाउँसम्म पुग्न बेसीघाट र बोङ्खानीघाटमा मोटरेवल पुल आवश्यक पर्छ । तर अहिलेसम्म कुनै पनि ठाउँमा पुल बनेका छैनन् ।
तमान खोलावासीलाई बाह्रै महिना यातायातको सुविधा दिनका लागि नौवटा पुल निर्माण हुनुपर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । अब ठूलो वर्षा भए सबै सडक बन्द हुने उनको भनाइ छ । पुल नबन्दा असारदेखि असोजसम्म सेवाग्राहीलाई पालिकाबाट सेवा लिन समस्या हुने अध्यक्ष बुढा मगरको भनाइ छ ।
तमानखोलाको छ वटा वडाका बस्तीहरुमा पुग्न धेरै भिर पहरा र खोलाहरु पार गर्नुपर्ने हुँदा नागरिकले समस्या भोग्नुपरेको उनले बताए । धेरै खोलामा करिब दर्जन पुल आवश्यक परेको पर्ने हुँदा त्यसका लागि पालिकाको स्रोत साधानले नभ्याने हुँदा केन्द्र र प्रदेश सरकारको मुख ताक्नुपर्ने अवस्था रहेको अध्यक्ष बुढा मगरले बताए र।
“यहाँका नागरिकको सामस्या हामीहरुले राम्रोसँग बुझेका छौँ, कतिपय समस्या पालिकाबाटै समाधान गर्न सकिने रैछ भने कतिपय चाहेर पनि सकिँदोरहेनछ, बर्खामा धेरै गाउँ बस्तीमा गाडी चल्दैनन्, दर्जन ठाउँमा पुल बनाउनुपर्छ, एउटै पुल बनाउन करोडौँ खर्च लाग्छ, तर त्यो बजेट पालिकासँग हुँदैन”, अध्यक्ष बुढा मगरले भने, “केन्द्र र प्रदेश सरकारसँग बजेटको माग गरिरहेका छौँ, सबै ठाउँमा एकै पटक काम नहोला तर विस्तारै पुल बन्नेमा आशावादी छौँ ।”
बर्खाको करिब चार महिना सडक बन्द हुने हुँदा वर्षा नहुँदै खाद्यान्न जोहो गरेर राख्नुपर्ने तमानखोला गाउँपालिका–६ का दिलबहादुर छन्त्यालले बताए । बर्खामा सबैभन्दा बढी समस्या बिरामीलाई अस्पताल पु¥याउँदा हुने उनको भनाइ छ ।
विकट गाउँमा सडक पुगे पनि पुल नबन्दा सस्ती भौग्नुपर्ने अवस्था रहेको छन्त्याल बताए । उनले सडकले गाउँ नजोडिँदा स्थानीयले घोडा खच्चडमा ढुवानी गरेर सामान ओसारपसार गरेको भए पनि अहिले खच्चड पनि विस्थापित भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - २२:४२
काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...
चैत्र १३ गते, २०८२ - २२:३८
काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...
चैत्र १३ गते, २०८२ - २२:२६
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...
चैत्र १३ गते, २०८२ - २२:२२
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...



प्रतिकृया लेख्नुहोस्: