Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपाल उपविजेतामै सीमित

\"accकाठमाडौं । मलेसियामा जारी एसिसी यू–१९ प्रिमियर लिग क्रिकेटको च्याम्पियन बन्न मलेसिया र अफगानिस्तानबीच भएको खेलको नतिजा पर्खेको नेपालले अन्ततः उपविजेतामै सीमित बन्नु परेको छ । अन्तिम खेलमा अफगानिस्तानले मलेसियालाई ७ विकेटले पराजित गरेसँगै नेपाल उपविजेतामा सीमित बनेको हो । मलेसियाले प्रस्तुत गरेको १०६ रनको लक्ष्य २१.३ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्दै अफगानिस्तान च्याम्पियन बनेको हो । बिहीबार बिहान भएको अन्तिम खेलमा साउदी अरेबियामाथि नौ विकेटको फराकिलो जित हात पारे पनि नेपाल उपविजेतामै सीमित बन्यो । च्याम्पियन अफगानिस्तानले जारी प्रतियोगितामा सबै खेल जितेको छ । सबै खेल जितेको अफगानिस्तान १० अङ्कसहित च्याम्पियन बनेको हो । समान खेलबाट आठ अङ्कमात्र जोडेको नेपाल उपविजेता बनेको छ । अफगानिस्तानसँग व्यहोरेको १० विकेटको हार नै नेपाललाई च्याम्पियन बन्न बाधक बन्यो । अन्तिम खेलमा मलेसियाले अफगानिस्तानलाई हराएको भए नेपाल च्याम्पियन बन्ने थियो । नेपालले संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया, कुबेत र साउदी अरेबियालाई पराजित गरे पनि अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies