काठमाडौं । तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो ।
नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चार केन्द्रका निर्देशक पवन गुप्ताले माग र आपूर्तिको तालमेल मिल्न नसक्दा रगतको अभाव भएको बताए । गुप्ताका अनुसार अस्पतालले कुनै बिरामीको शल्यक्रिया गर्दा दुई युनिट रगत आवश्यकता पर्नेमा पाँच युनिट मगाउने गरेका छन् । दुई युनिट मात्र प्रयोग भएको अवस्थामा तीन युनिट रगत फिर्ता हुँदैन ।
गुप्ताका अनुसार नेपाल रेडक्रसले काठमाडौँ उपत्यकाबाट मात्र प्रतिदिन पाँच सय युनिट रगत सङ्कलन गरिरहेको छ । यसबाहेक नेपाल रेडक्रस सोसाइटीले देशभरबाट वार्षिक तीन लाख ५० हजार युनिट रगत सङ्कलन गर्ने गरेको छ । हाल रगतको माग वार्षिक पाँच लाख युनिटसम्म रहेको छ । उनका अनुसार सही व्यवस्थापन गर्न नसक्दा रगत अभाव भएको हो । पछिल्लो समय रेडक्रसले मात्र रगत सङ्कलन गर्ने नभई निजी अस्पतालले पनि रगत सङ्कलन गर्ने गरेका छन् । गुप्ताले थपे, “काठमाडौँमा रगतको अभाव छैन, विशेष गरी तराईका जिल्लामा रगत अभाव देखिएको छ ।”
उनले सरकारी कार्यालय खुलेका दिनमा काठमाडौँमा मात्र दुई सय युनिट रगत सङ्कलन हुने गरेको जानकारी दिए । सार्वजनिक बिदा तथा शनिबार भने काठमाडौँमा पाँच सय युनिटभन्दा बढी रगत सङ्कलन हुने गरेको छ ।
उनका अनुसार ट्रमा, सिकलसेल, एनिमिया, हेमोफिलियाजस्ता बिरामीका लागि धेरै रगतको अवश्यकता पर्छ । रेडक्रसले रगत सङ्कलन गरेर बिरामीलाई दिने भएकाले रक्तदानबारे जनचेतना जगाउनुपर्ने उनले बताए ।
नेपाल रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले देशभर रगत अभावभन्दा पनि रगतको व्यवस्थापन गर्न नसकेको बताए । उनले स्वयंसेवी रक्तदाताले निःशुल्क दिएको रगतमा निजी अस्पतालले महँगोमा बेच्ने गरेको आरोप लगाए । अस्पतालले माग गरेको रगत शतप्रतिशत प्रयोग नहुने जानकारी दिँदै कर्माचार्यले भने, “देशभर रगत अभाव छैन, रगत व्यवस्थापनमा लापरबाही छ ।”
हाल नेपालमा रगतको मूल्य ८१० देखि एक हजार ६४० रुपियाँसम्म तोकिएको छ । र्यापिड टेस्ट रगतको मूल्य ८१० रुपियाँ पर्छ भने क्लिया प्रविधिको रगतलाई एक हजार ६४० रुपियाँ पर्ने गर्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १०:४४
पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...
पौष ७ गते, २०८२ - १०:४२
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...
पौष ७ गते, २०८२ - १०:४१
कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...
पौष ७ गते, २०८२ - १०:०८
रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...
पौष ७ गते, २०८२ - १०:०२
काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...
पौष ६ गते, २०८२ - ११:५७
ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...
पौष ६ गते, २०८२ - ११:४७
धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...
पौष ६ गते, २०८२ - ११:४२
ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका २६ वर्षका फुर्वा शेर्पा...
पौष ६ गते, २०८२ - ११:३९
छोराको पीडामा बाँधिएकी आमाको कथा
पौष ६ गते, २०८२ - ११:३४
चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...




प्रतिकृया लेख्नुहोस्: