Ntc summer Offer
Khabar Dabali ७ श्रावण २०८१ सोमबार | 22nd July, 2024 Mon
NIMB

आज काठमाडौंको तापक्रम ३३ डिग्री पुग्ने, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबारको तुलनामा आज केही शीतल हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छ भने राति हल्का वर्षा हुनेछ ।

आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । 

उनले भने, “स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ ।” कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने उनले बताए । 

विभागले आज बिहान ६ बजे जारी गरेको दैनिक मौसम बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ । 

देशका बाँकी भागमा मौसम सफा रहेको छ । कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कम्युनिष्ट पार्टीहरुले संस्थापक महासचिव पुष्पलाललाई यसरी सम्झिँदैछन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल कम्युनिष्ट पार्टी (एम...

चितवन राष्ट्रिय निकुञ्जमा ७६ जनावर मरे, सबैभन्दा बढी चित्तल

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् ।  निकुञ्जका सूच...

दुई वर्षमा बोर्डको खर्चमा १२ पटक विदेश भ्रमण गए भुवन केसी

काठमाडौं । अभिनेता भुवन केसीको यही बधुबारबाट चलचित्र विकाश बोर्डमा अध्यक्ष पदावधि सकिँदैछ । उनी यतिबेला बेलायतमा छन् । त्यहाँ जारी ‘नेपाली फिल्म फेस्ट...

‘नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबिचको सम्बन्ध अत्यन्त सुमधुर’

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले चीनको इतिहासमा चिनियाँ जनमुक्ति सेनाले ठुलो बलिदान प्रदर्शन गरेका उल्लेख गर्दै दुई देशका सेनाबिचको सम्बन्ध अ...

पूर्वराज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रहार गरी हत्या

सर्लाही । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ।  गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थि...

फिस्लिङमा लेदोसहितको पहिरोले मुग्लिङ–काठमाडौं सडक दुइतर्फी अवरुद्ध

काठमाडौँ । पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-३ फिस्लिङमा सोमबार बिहान लेदोसहितको पहिरो खसेको छ ।   बिहान ५ बजे खसेको पहिरोका कारण मुग्लिङ–...

बागमतीमा कांग्रेसका बहादुर लामाले आज मुख्यमन्त्रीको दाबी पेस गर्दै

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुर लामाले आज दाबी पेस गर्दैछन्। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएसँगै नयाँ सरकार ...

अवरुद्ध बेनी-दरबाङ सडक १० दिनपछि खुल्यो

म्याग्दी । अवरुद्ध बेनी–दरबाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा स...

वीरगञ्जको आन्तरिक राजस्व खस्कियो, छ अर्ब ८६ करोड संकलन

पर्सा । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा रु छ अर्ब ८६ करोड ८६ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा अन्तःशुल्क र आयात...

प्रतिनिधि सभामा सांसदहरुसँग आज प्रधानमन्त्रीको सवाल-जवाफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सांसदबीच सोमबार प्रश्नोत्तर हुँदैछ। दिउँसो १ बजे शुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy