नारायणगढ । जिल्लामा केही समययता रगतको अभाव देखिएको छ । भरतपुर अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा प्रमोद पौडेलका अनुसार गर्मी बढेसँगै अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएकै बेला रगतको अभाव देखिएको हो ।
डा पौडेलले हाल अस्पतालमा उपचार गर्न आएका रगत चढाउन अत्यावश्यक बिरामीका लागि रगत अभाव देखिएको जानकारी दिए । उनले नियमित रक्तदाताको कमी हुँदा रगत अभाव भएको बताए । उनले भने, “रक्तदाताले गर्मीको बेलामा रक्तदान गर्दा कतै स्वास्थ्यमा अफ्ठ्यारो पर्ने होकी भन्ने सोचाइले रक्तदान गर्न डराएको भन्ने भान परेको छ । रगत सङ्कलन नहुँदा अभाव भएको हामीले बुझेका छौँ ।”
रक्तदानअति महत्वपूर्ण भएको भन्दै उनले रगत दिन मिल्ने सबै उमेर समूहकालाई रक्तदान गर्न आग्रह गरे । कुनै रोग विशेषका कारणबाहेक अन्य परिस्थितिमा १८ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले रक्तदान गर्न मिल्ने डा पौडेल बताउँछन् । उनले भने, “जटिल प्रकारका रोगबाहेक महिला पुरुष दुवैले रक्तदान गर्न मिल्छ । महिलामा विशेष परिस्थिति हुन्छ, जस्तै महिनावारी, गर्भवती, सुत्केरी एवं स्तनपान गराउनेबाहेक अन्यले रक्तदान गर्न मिल्छ । बच्चा जन्मेको नौ महिनापछि रक्तदान गर्न मिल्छ । कुनै दीर्घरोग वा अन्य विशेष परिस्थितिमा रक्तदान गर्न मिल्दैन त्यो फरक पाटो हो ।”
नियमित रक्तदान गर्ने रक्तदाता यो समयमा गर्मीको कारण रक्तदान गर्न मिल्छकी मिल्दैन भन्ने अवस्थामा रहेको भन्दै डा पौडेलले भने, “गर्मी या जाडो भयो भनेर रक्तदान गर्न नमिल्ने भन्ने हुँदैन ।” एक स्वस्थ व्यक्तिले जस्तोसुकै मौसममा पनि रक्तदान गर्न मिल्ने र गर्मीमा रक्तदान गर्दा स्वास्थ्यमा कुनै खराबी नहुने उनको भनाइ छ ।
उनले गर्मीको समयमा बढी पसिना आउने कमजोरी भएको महसुस गर्ने, रिंगटा वा चक्कर आउने जस्ता समस्या हुने भन्दै प्रशस्त मात्रामा पानी, फलफूल तथा झोलिलो पदार्थ सेवन गर्न आग्रह गरे । कमजोरी हुन्छु की, प्रेसर घट्छ की भन्ने कुरा मनैबाट हटाएर उनले मिल्ने जतिले रक्तदान गर्न अनुरोध गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: