Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

वायु प्रदूषण न्यूनीकरणका लागि ललितपुरमा घुम्ती सवारी जाँच

खबरडबली संवाददाता

ललितपुर । सवारी परीक्षण कार्यालय टेकुसँगको सहकार्यमा ललितपुर महानगरपालिकाले घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको छ । 

‘स्वच्छ हावा, स्वस्थ जीवन’ भन्ने नाराका साथ महानगरले वायु प्रदूषण न्यूनीकरणका लागि नियमित घुम्ती सवारी प्रदूषण जाँच सुरु गरेको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिए । “हामीले नियमित घुम्ती सवारी प्रदूषण जाँच मङ्गलबारदेखि सुरु गरेका छौँ, जाँचका क्रममा मापदण्ड पूरा भएका सवारीमा स्टिकर टाँसिदिन्छौँ, नभएकालाई एक हप्ताभित्र मर्मत गरेर जाँचका लागि पत्र काटेर छोड्ने गरेका छौँ । हरेक दिन फरकफरक ठाउँमा जाँच गर्छाैं, आज जावलाखेलमा भयो, भोलि अर्को ठाउँमा हुन्छ”, उनले भने । 

महानगरले स्वच्छता र सरसफाइ कायम राख्न हरियाली प्रवर्द्धन, पार्क तथा पोखरी निर्माणका लागि जोड दिँदै आएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनसङ्ख्यासँगै बढेको सवारीसाधनको सङ्ख्या बढे पनि  मर्मतसम्भारमा पर्याप्त ध्यान नदिने, इनधनमा देखिने कैफियत जस्ता कारणले सवारीसाधनबाट हुने प्रदूषणको मात्रा बढिरहेकाले अभियान सञ्चालन गरिएको हाछेँथुले जानकारी दिए । 

नेपाल सरकारको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २३ को उपदफा १ मा सवारीबाट हुने प्रदूषणको मापदण्ड कायम गरिएको छ । सोही मापदण्डअनुसार नभइ बढी धुवाँ फ्याँकेर वायू प्रदूषण गर्ने सवारीसाधनलाई दफा १६० को उपदफा ३ अनुसार सजाय हुने व्यवस्था छ ।

वायु प्रदूषणका कारण विश्वभर एक वर्षमा ७० लाख, नेपालमा ४२ हजार एक सय र काठमाडौं उपत्यकामा  मात्र पाँच हजार ८० जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE