एजेन्सी । यमनमा दुई सय भन्दा बढी आप्रवासी बोकेको डुङ्गा डुब्दा अफ्रिकाबाट आप्रवासन मार्गमा प्रकोपमा परेका कम्तिमा ३९ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीयको एजेन्सीले मङ्गलबार जनाएको छ ।
यमन तटमा भएको दुखद घटनामा सोमबार दुई ६० आप्रवासी बोकेको डुङ्गा डुब्दा ३९ जनाको मृत्यु हुनुका साथै एक सय ५० बेपत्ता भएका छन् भने ७१ जनाको उद्धार गगरिएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले सोमबारको डुबानलाई उल्लेख गर्दै एक्समा सार्वननिक गरेको छ ।
प्रत्येक वर्ष हर्न अफ अफ्रिकाबाट हजारौँ आप्रवासीहरू द्वन्द्व, प्राकृतिक प्रकोप वा कमजोर आर्थिक सम्भावनाबाट बच्न तेल–धनी खाडीमा पुग्न लाल सागर पार गर्न निस्कन्छन् ।
अप्रिलमा, दुई डुङ्गाहरू जिबूतीको तटमा दुई हप्ताको अन्तरमा डुबेका थिए, जसमा दर्जनौँको मृत्यु भएको थियो ।
आइओएमले यस वर्ष समावेश नगरी सन् २०१४ देखि आप्रवासन मार्गमा कुल एक हजार तीन सय ५० जनाको मृत्यु भएको जनाएको छ । सन् २०२३ मा मात्रै, यसले समुद्रमा हराएको एक सय पाँच सहित मार्गमा कम्तिमा छ सय ९८ जनाको मृत्यु भएको बताएको छ ।
आइओएमले मङ्गलबार जिवित मानिसहरूलाई तत्काल सहायता प्रदान गरिरहेको बताएको छ । यमनमा सफलतापूर्वक पुग्ने आप्रवासीहरूले प्रायः आफ्नो सुरक्षाका लागि थप खतराहरूको सामना गर्छन् । अरब प्रायद्वीपको सबैभन्दा गरिब देश एक दशकदेखि गृहयुद्धमा फसेको छ । धेरैले साउदी अरब र अन्य खाडी अरब देशहरूमा पुग्ने प्रयास गरिरहेका छन् जहाँ उनीहरू मजदुर वा घरेलु कामदारको रूपमा काम गर्छन ।
अगस्टमा ह्युमन राइट्स वाचले साउदी सीमा रक्षकहरूलाई मार्च २०२२ र जुन २०२३ को बिचमा यमनबाट खाडी राज्यमा प्रवेश गर्न खोज्ने कम्तिमा सयौं इथियोपियालीहरूको हत्या गरेको आरोप लगाएको थियो । रियादले समूहको निष्कर्षलाई निराधार र भरपर्दो स्रोतहरूमा आधारित नभएको भन्दै खारेज गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८१ - २१:०३
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् । ...
माघ ४ गते, २०८१ - २०:४७
भारत । पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घा...
माघ ४ गते, २०८१ - २०:३९
कैलाली । कैलालीमा चितुवाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका–३ ठेकिपुरबाट चितुवाको छाला र १२ दाँतसहित बिहारे चौधरी पक्रा...
माघ ४ गते, २०८१ - २०:०६
काठमाडाैं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथग्रहण समारोहमा भाग लिन चीनले उपराष्ट्रपति हान झेङलाई पठाउने शुक्रबार जानकारी गराएको छ...
माघ ४ गते, २०८१ - २०:००
काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेल...
माघ ४ गते, २०८१ - १९:५२
कैलाली । कैलालीका किसानलाई छाडा चौपायाबाट हिउँदे बाली जोगाउन सकस भएको छ । दिनभरि वनक्षेत्रमा बस्ने छाडा चौपायाले राति आएर खेतीपाती नोक्सान गर्न थालेपछ...
माघ ४ गते, २०८१ - १९:४६
चितवन । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन...
माघ ४ गते, २०८१ - १९:४१
काठमाडौं । नेपाल उड फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दसौँ संस्करण आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रदर्शनीमा नेपाल, भारत, चीन...
माघ ४ गते, २०८१ - १९:३६
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु १४ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नगरपालिकाले आन्तरिक स्रोतबाट रु १४ कर...
माघ ४ गते, २०८१ - १९:३२
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता नवीकरणका लागि तल्लो तहका समितिलाई समय सीमा नै तोकेर परिपत्र गरेको छ । पार्टीका महामन्त्री गगनक...
प्रतिकृया लेख्नुहोस्: