Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

प्रधानमन्त्री प्रचण्डले दिए भारतीय समकक्षी मोदीलाई रुद्राक्षको माला उपहार

खबरडबली संवाददाता

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोदीलाई रुद्राक्षको माला उपहार दिएका छन् ।  आइतबार तेस्रो कार्यकालका लागि भारतीय प्रधानमन्त्रीका रुपमा मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन पुगेका प्रधानमन्त्री प्रचण्डले मोदीलाई उपहारस्वरुप नेपाली रुद्राक्षको माला दिएका हुन्। 

हिन्धु धर्ममा पवित्र मानिने नेपाली रुद्राक्षको माला भारतीय समकक्षी मोदीलाई उपहार स्वरुप दिएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।  उनका अनुसार यस अघि पनि नेपालबाट भारत भ्रमणमा जाँदा समकक्षीलाई उपहार स्वरुप नेपाली मौलिक उत्पादका विभिन्न सामग्री दिइने प्रचलन थियो। नेपालमै उत्पादित पवित्र रुद्राक्षको माला प्रधानमन्त्री दाहालले सोमबार मोदीसँगको भेटवार्ताको क्रममा उपहार दिएका हुन्।

विगतको प्रचलन अनुरुप भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्रीले हिन्दु धर्ममा पवित्र मानिने रुद्राक्षको माला उपहारस्वरुप दिएको आचार्यकाे भनाइ छ  ।भारतीय प्रधानमन्त्री मोदी हिन्दु धर्मका कट्टर समर्थक हुन । उनले भारतमा हिन्दु धर्मलाई बढावा दिन यस अघिका कार्यकालमा पनि विभिन्न धार्मिक गतिविधि र हिन्दु धर्मसँग सम्बन्धित कार्यहरुलाई निकै सक्रियताका साथ अघि बढाएका थिए।

आइतबार प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि शपथ लिएर कार्यभार सम्हालेका मोदीलाई नेपालका प्रधानमन्त्री रुद्राक्षको माला उपहार दिएर नेपाल पनि हिन्दु धर्मप्रति उदार रहेको सन्देश दिएको छ ।

पहिले हिन्दु राष्ट्रकै रुपमा रहेको नेपाललाई धर्मनिरपेक्ष बनाउन प्रमुख भूमिका खेलेका प्रधानमन्त्री प्रचण्डले नै मोदीलाई रुद्राक्षको माला उपहार दिनुलाई प्रधानमन्त्री प्रचण्डको हिन्दु धर्मप्रति बढ्दो उदारताका रुपमा पनि लिइएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending