एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगातार तेस्रो कार्यकालका लागि शपथ लिएपछि सोमबार प्रधानमन्त्री किसान कोषको १७ औँ किस्ता जारी गर्दै नयाँ कार्यकालको सुरुवात गरेका छन् । यस योजनाले ९.३ करोड किसानलाई लाभान्वित गर्ने र लगभग २० हजार करोड भारतीय रूपैयाँ किसानलाई वितरण गर्नेछ ।
“हाम्रो सरकार किसान कल्याणप्रति पूर्ण प्रतिबद्ध भएकाले कार्यभार सम्हालेपछि हस्ताक्षर गरिएको पहिलो फाइल किसान कल्याणसँग सम्बन्धित रहेको र आउँदो समयमा कृषि क्षेत्रका लागि अझ बढी काम गर्नेछौँ,” प्रधानमन्त्रीको कार्यालय प्रवेश र फाइलमा हस्ताक्षर गरेपछि प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीका अघिल्ला दुई कार्यकालमा आयुष्मान भारत, प्रधानमन्त्री जन धन योजना, सबैका लागि आवास, प्रधानमन्त्री श्रम योगी मन धन योजना, उज्ज्वला योजना, प्रधानमन्त्री किसान सम्मान निधि, उडान र मेक इन इन्डियाजस्ता धेरै प्रमुख पहलहरू भएका छन् ।
नरेन्द्र मोदीले आइतबार राष्ट्रपति भवनमा भव्य समारोहबीच तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको रूपमा सपथ लिएका थिए । समारोहमा राष्ट्रपति द्रौपदी मूर्मुबाट प्रधानमन्त्री, ३० पूर्णमन्त्री र ४१ राज्य मन्त्रीसहित कूल ७१ जनालाई पद तथा गोपनियताको शपथ लिएका थिए ।
छिमेकी क्षेत्र र हिन्द महासागर क्षेत्रका धेरै नेताहरू र राज्य प्रमुखहरूलाई प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा विशिष्ट पाहुनाका रूपमा आमन्त्रित गरिएको थियो । सहभागीतालाई भारतको ‘छिमेकी पहिले’ नीतिको एक हिस्साका रूपमा व्याख्या गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २२ गते, २०८२ - २०:०६
काठमाडौं । कानुनका जानकार तथा विज्ञहरूले कमजोर आत्मबल, विभेदको भारी बोकेर र आत्मसम्मानमा ठेस लाग्ने अवस्थामा रहेका ‘क्याविन क्रु मेम्बर’ले प्रभावकारी ...
मंसिर २२ गते, २०८२ - २०:०२
काठमाडौं । गोरखाको रिपुम गुम्बामा आगलागी भएको छ । आज दिउँसो आगलागी हुँदा तीनतले आवास भवन जलेर नष्ट भएको भएको स्थानीय छेवाङग्याल्जेन लामाले जानकारी दिए...
मंसिर २२ गते, २०८२ - २०:००
जनकपुरधाम । मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर ग...
मंसिर २२ गते, २०८२ - १९:२१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा कर्णाली याक्सले लिग चरणको अन्तिम खेल जितसँगै प्रतियोगितामा सुखद अन्त्य गरेको छ । आइतबार कीर्तिपुरस्थित त...
मंसिर २२ गते, २०८२ - १९:१४
उरुम्ची । उत्तरपश्चिम चीनको शिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा शनिबार राति भएको गम्भीर सडक दुर्घटनामा ९ जनाको मृत्यु र ७ जना घाइते भएको स्थानीय अधिकार...
मंसिर २२ गते, २०८२ - १९:१२
वेनचाङ । चीनले शनिबार हैनान प्रान्तबाट लङ मार्च–८ए रकेट प्रक्षेपण गर्दै १४औँ समूहका इन्टरनेट उपग्रहहरू कक्षमा पठाएको छ । रकेट दिउँसो ३ः५३ बजे उड्यो र ...
मंसिर २२ गते, २०८२ - १९:०८
काराकास । संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि सैन्य दबाब बढाइरहेका बेला राष्ट्रपति निकोलस मदुरोको प्रशासनले शनिबार पाँच हजार ६०० सैनिकलाई औपचारिक रू...
मंसिर २२ गते, २०८२ - १८:१४
काठमाडौँ । प्रतिनिधिसभा विघटनको सवालमा देशभर राजनीतिक बहस चलिरहेकै बेला नेपाली कांग्रेस फेरि पनि विवादास्पद बाटोमा हिँड्न थालेको देखिएको छ । पार्ट...
मंसिर २२ गते, २०८२ - १८:०६
तेहरान । इरानले आइतबार ठगी मामलामा दोषी ठहरिएका मोहम्मद रेजा गफ्फारीलाई फाँसी दिएको छ । गफ्फारी ‘रेजायात खोद्रो तारावत नोविन’ कम्पनीका मालिक थिए र कार...
मंसिर २२ गते, २०८२ - १८:०३
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई...




प्रतिकृया लेख्नुहोस्: