Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

जेलेन्स्कीद्वारा युक्रेनको सुमी क्षेत्रमा रूसी पकड रहेको अस्वीकार

खबरडबली संवाददाता

एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार रूसी सेनाले पूर्वी सुमी क्षेत्रको एउटा गाउँ कब्जा गरेको कुरा अस्वीकार गर्नु भएको छ । रूसी कब्जामा रहेको चेचेन रिपब्लिकका नेता रमजान कादिरोभले आइतबार रूसी सेनाले सुमीमा मस्कोको सेना अगाडि बढेको बताएका थिए ।

उनले सीमावर्ती गाउँ रिजिभ्का कब्जा गरेको बताएका हुन् ।
रुसको रक्षा मन्त्रालयबाट तत्काल कुनै टिप्पणी नआएको बताउदै एक स्थानीय युक्रेनी अधिकारीले कादिरोभको दावीलाई अस्वीकार गरेका छन् । जेलेन्स्कीले सुमीमा युक्रेनी सेनाहरू ‘पूर्ण नियन्त्रणमा’ रहेको र त्यहाँ सक्रिय रूसी समूहहरू पछि हटिसकेको बताए । 

“रिजिभ्का गाउँको विषयमा कब्जा गर्नेले त्यहाँ एक प्रचार अभियान लागू गर्ने प्रयास गरी गाउँमा रूसी झण्डा नष्ट गरेपनि त्यहाँ कुनै बासिन्दाको उपस्थिति नभएको जेलेन्स्कीले सामाजिक सञ्जालमा एक विज्ञप्तिमा उल्लेख गरे । 

उनले औद्योगिक डोनेट्स्क क्षेत्रको लडाइँ ‘सबैभन्दा गाह्रो’ भएको र युक्रेनी सेनाले त्यहाँ आफ्नो स्थिति स्थिर गर्न सम्भावित सबै उपाय अपनाएको बताए । सुमी युक्रेनको उत्तरी सीमामा अवस्थित छ र सन् २०२२ मा द्वन्द्व सुरु भएदेखि यहाँ रूसले कुनै ठूलो जमिनी आक्रमण गरेको छैन् । 

कादिरोभले आफ्ना लडाकूहरूले ‘अन्य रूसी  सैनिक एकाइसँग मिलेर रणनीतिक कारबाही गरेको र दुश्मनबाट अर्को बस्ती मुक्त गरेको उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराए । ठुलो मात्रामा नियोजित आक्रामक कार्यको परिणाम स्वरूप, युक्रेनी पक्षले महत्त्वपूर्ण क्षति बेहोरे पछि हट्न बाध्य भएको उनले  बताए । 

स्थानीय नगरपालिकाको युक्रेनी प्रमुख युरी जार्कोले रिजिभ्कालाई पक्राउ गरिएको कुरा अस्वीकार गर्दै राज्यको प्रसारक संस्था सुस्पिल्नलाई गाउँमा कुनै रूसी सेना नभएको बताए । जेलेन्स्कीले गत महिना रुसले उत्तरी सीमामा सेना जम्मा गरिरहेको र नयाँ आक्रमण हुन सक्ने चेतावनी दिएका थिए । 

रूसी आक्रमणको बढ्दो जोखिमलाई उद्धृत गर्दै अधिकारीहरूले गत महिना सुमी क्षेत्रका केही सीमावर्ती सहर र गाउँहरूमा बसोबास गर्ने बासिन्दाहरूलाई सुरक्षित स्थलमा जान निर्देशन दिएका थिए । रूसले छिमेकी खार्किभ क्षेत्रमा मे १० मा ठूलो स्थल अभियान सुरु गरी किएभको सेनालाई श्रमशक्ति र गोलाबारुदको अभाव भएका समय धेरै सहर र गाउँहरू कब्जा गरेको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: