एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले चिन–पाकिस्तान इकोनोमिक कोरिडोर (सिपेक)को स्तरोन्नति गर्न सहमति भएको छ ।
आम चुनावपछि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ र उनको प्रतिनिधिमण्डल चीनको पाँच दिने भ्रमणमा रहेको अवस्थामा यस्तो सहमती भएको हो । दुई नेताले सिपेकको स्तरोन्नति र मेगा परियोजनाको विकासलाई दोस्रो चरणमा अगाडि बढाउन सहमति जनाएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सिपेकको दोस्रो चरणको उद्घाटन गर्ने सम्भावना रहेको जनाइएको छ । यद्यपि यो यात्राले सामान्यतया जुनको पहिलो हप्तामा प्रस्तुत हुने वार्षिक सङ्घीय बजेटमा ढिलाइ निम्त्याएको छ भने सरकारको अस्थायी योजनाअनुसार जुन–१२ मा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति सीलाई आर्थिक सुधार, दिगो विकास, औद्योगिक विकास, कृषि आधुनिकीकरण, क्षेत्रीय सम्पर्क र देशको विकासमा सिपेकले खेलेको महत्वपूर्ण भूमिकाका लागि पाकिस्तानको नीतिबारे जानकारी गराए ।
उनले सिपेकको उच्च गुणस्तरिय विकास र घनिष्ठ समन्वयको माध्यमबाट दुई देशको विकास रणनीतिबीच तालमेललाई बढावा दिन पाकिस्तानको प्रतिबद्धतालाई जोड दिए । प्रधानमन्त्री शाहबाजको राष्ट्रपति सीसँग पदभार सम्हालेपछि भएको यो पहिलो भेट भएको थियो ।
प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिका अनुसार यो भेट दुई देशबिचको घनिष्ठ मित्रता र रणनीतिक सम्बन्धको परम्परागत न्यानो प्रतिबिम्बद्वारा उजागर गरिएको थियो । पाकिस्तानी प्रधानमन्त्री सरिफले राष्ट्रपति सीको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभको प्रशंसा गर्दै बीआरआइको प्रमुख परियोजनाका रूपमा सिपेकले पाकिस्तानको सामाजिक–आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याएको कुरामा जोड दिए ।
यसैबीच, चिनियाँ नेताले पाकिस्तानमा चिनियाँ परियोजनाको सुरक्षा सुनिश्चित गर्न प्रयास बढाउन शाहबाज सरिफलाई पनि आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १ गते, २०८२ - २०:३५
काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...
पौष १ गते, २०८२ - २०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...
पौष १ गते, २०८२ - २०:१२
खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...
पौष १ गते, २०८२ - १९:१२
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् । ...
पौष १ गते, २०८२ - १९:०४
दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे दिनमा नारा ...
पौष १ गते, २०८२ - १८:५३
काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...
पौष १ गते, २०८२ - १८:४९
कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...
पौष १ गते, २०८२ - १८:१४
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ । विभागले उद्योग तथा फर्म...
पौष १ गते, २०८२ - १८:१०
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...
पौष १ गते, २०८२ - १७:५९
काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...




प्रतिकृया लेख्नुहोस्: