बागलुङ । “गाउँमा हुर्के बढेका नानीबाबुहरु देशविदेश गए, यहीँ स्कुल पढेका केही डाक्टर पनि भए । अहिले न त विद्यालयमा विद्यार्थी छन् न त गाउँमा मानिस नै, गाउँ बूढाबूढीले भरिएको छ”, जैमिनी नगरपालिका–४ सर्कुवाकाका सुशीलाकुमारी शर्माले दुखेसो पाेखिन ।
उनका अनुसार जैमिनीको केन्द्र कुश्मिसेरा नजिकैको मौलाछ गाउँ बसाइँसराइका कारण रित्तिदै गएको छ । सिङ्गो गाउँका केही घरमा मात्रै युवा भेटिन्छन् । बालबालिका त छैनन भन्दा पनि हुने अवस्था छ । बसाइँसराइ बढ्दै जाँदा पुराना घर खण्डहर बन्दै छन् भने खेती हुने जमिन बाँझिने क्रम बढेको छ ।
जैमिनी नगरपालिका–४ सकुर्वा मौलाछ गाउँमा ८८ घरमध्ये अधिकांश खाली रहेको उनको भनाइ छ । “मौलाछमा अहिले बुढापाका मात्रै छन्, ८८ घरमा जम्मा ३३ घरमा मात्रै मानिस बस्छन् भने अन्य घर खाली छन्”, शर्माले भनिन्, “यहाँका मानिसहरु चितवन, पोखरा, काठमाडौं र बुटवलमा बसाइँ सर्ने गरेका छन् ।” बसाइँसराइ बढ्दै जाँदा गाउँमा भएको एक मात्र प्राथमिक विद्यालय विद्यार्थीबिहीनको अवस्थामा पुगेको छ ।
स्थानीय हीरा पौडेलले भनिन्, “बस्ने स्थान अभावमा गुन्द्री लगेर पढ्ने घरैमाथिको सर्वोदय प्राथमिक विद्यालयमा अहिले विद्यार्थी छैनन्, सबै पढ्न र जागिरको खोजीमा गाउँ टाढेपछि अहिले सुनसान भएको छ ।” उनका अनुसार गाउँमा मर्दापर्दा पनि मानिस पाउन गाह्रो हुने अवस्था आइसकेको छ ।
बसाइँसराइ रोक्न जैमिनी नगरपालिकाले विद्यालयसँग अभिभावकलाई जोडेर पढ्दै कमाउँदै कार्यक्रम ल्याएको नगरपालिकाका उपप्रमुख हरिहर शर्माको भनाइ छ । मौलाछमा पहिलेदेखि नै बसाइँसराइ हुँदै आएको हो । अहिले अन्यत्रका गाउँमा बसाइँसराइ बढेपछि नगरपालिकाले एकीकृत कृषि र बाँझो जग्गा सदुपयोगका लागि ओखर र कागतीखेती कार्यक्रम सुरु गरेको उनको भनाइ छ ।
“बसाइँसराइ र बाँदरको समस्या हाम्रो पालिकामा मात्रै हैन तर जैमिनीको समस्या हो, बसाइँसराइ रोक्नका लागि प्रयास गरिरहेका छौँ”, शर्माले भने । गाउँमा विद्यार्थीको घट्दो अवस्था हेरेर लिड विद्यालय र पढ्दै कमाउँदैको अवधारणा ल्याएको छ । नगरपालिकाले जैमिनीको सर्वोदयजनक माध्यमिक विद्यालयमा लागू गरिएको पढ्दै कमाउँदै कार्यक्रममा अभिभावकलाई पनि सहभागी गराउन थालिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: