Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

गाजास्थित शरणार्थी शिविरमा आक्रमण, ३२ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको ७६ वर्षीय नुसिरत शरणार्थी शिविरमा आक्रमण गरेको थियो । यसै क्रममा एउटा विद्यालयलाई निशाना बनाइएको थियो । लडाकु विमानले गरेको यो हवाई हमलामा ३२ जनाको मृत्यु भएको छ । जसमा महिला र बालबालिका रहेका छन् । 

जबकि हमासको अल-अक्सा मिडियाले आक्रमणमा ३९ जनाको ज्यान गएको जनाएको छ । इजरायलको रक्षा बलले यो आक्रमणको पुष्टि गरेको छ । आइडीएफले विद्यालयमा हमासको नुख्बा फोर्सका लडाकुहरूले शरण लिएको दाबी गरेको छ । इजरायलले हवाई आक्रमणमा उनलाई निशाना बनाएको थियो । 

इजरायल र हमास बीचको युद्ध सुरु भएदेखि, १० लाखभन्दा बढी मानिसहरू घरबारविहीन भएका छन् । उनीहरूले गाजाका विभिन्न ठाउँमा विद्यालय र अस्पतालमा शरण लिएका छन् । समाचार एजेन्सी एपीका अनुसार नुसिरत शरणार्थी शिविर गाजा पट्टीको बीचमा अवस्थित छ । सन् १९४८ मा इजरायलको स्थापनापछि लाखौं प्यालेस्टिनीहरू घरबारविहीन भएका थिए । उनीहरुलाई आश्रय दिन नुसिरत शिविर निर्माण गरिएको हो । 

आइडीएफले विद्यालयमा आक्रमण गर्नुअघि पूर्ण योजना बनाइएको दाबी गरेको छ । यस क्रममा त्यहाँ उपस्थित आम नागरिकलाई धेरै नोक्सान नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको थियो । यसका लागि उक्त क्षेत्रको हवाई निगरानी गरिएको थियो । साथै त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको थियो । 

इजरायली आक्रमणपछि गाजामा रहेको हमास नेतृत्वको सरकारको मिडिया कार्यालयले पनि विज्ञप्ति जारी गरेको छ । उनले विद्यालयमा भएको आक्रमणलाई नरसंहार भनेका छन् । मिडिया कार्यालयका प्रवक्ता इस्माइल अल थाब्ताले घाइतेहरूलाई अल-अक्सा सहिद अस्पतालमा भर्ना गरिएको बताए ।

अल जजीराको रिपोर्टका अनुसार युएन रिलिफ एण्ड वर्क एजेन्सीले युद्धअघि गाजामा १८३ विद्यालय सञ्चालन गरेको थियो । युद्ध सुरु भएदेखि नै यी विद्यालयका भवनहरू शरणार्थी शिविरमा परिणत भएका छन् ।

८ महिनादेखि जारी इजरायली आक्रमणमायी विद्यालयमा आश्रय लिएका ४५५ जनाको मृत्यु भएको छ । यसअघि ११ र १३ अप्रिलमा पनि इजरायलले नुसरात शरणार्थी शिविरका विद्यालयमा तीनपटक आक्रमण गरेको थियो । यस अवधिमा ७ जनाको मृत्यु भएको छ । 

गत वर्षको डिसेम्बरमा पनि इजरायलले गाजाका दुई विद्यालयमा हवाई आक्रमण गरेको थियो । यसमा ५० जनाको ज्यान गएको थियो भने सयौं घाइते भएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो

सङ्खुवासभा । यहाँको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार भन्दा बढी रुख काटिएको छ ...

एमाले महाधिवेशनः ११ जना केन्द्रीय सदस्य सर्वसम्मत चयन

  काठमाडौं । नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।  पार्ट...

झापामा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने

झापा । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय बिर्तामोडले यस वर्षको हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने जनाएको छ । शाखाका प्रमुख दीपककुम...

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य प्रा. सुनीति श्रेष्ठ (हाडा)ले प...

महोत्तरीमा किसानलाई अनुदानमा गहुँको बीउ

महोत्तरी । मटिहानी नगरपालिकाले ५० प्रतिशत अनुदान उन्नत जातको गहुँको बीउ वितरण गरेको छ । मधेसमा सामान्यतया मध्य पुसभित्र गहुँ बाली लगाइसक्नुपर्ने कि...

पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सुरुवाती पाँच महिनामा सरकारको विकास खर्च कमजोर देखिएको छ । गत मङ्सिर मसान्तसम्ममा सरकारले आठ प्रतिशत मात्रै पुँ...

श्रीलङ्कामा चक्रवातपछि अधिकांश विद्यालय सुचारु

काठमाडाैँ । श्रीलङ्कामा विनासकारी चक्रवात “दितवा” का कारण बन्द भएका अधिकांश सरकारी तथा निजी विद्यालयहरू मङ्गलबारदेखि पुनः खोलेको एक वरिष्ठ अधिकारीले ब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending