काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले १० औँ राष्ट्रिय महाधिवेशनमा उमेरको हदबन्दी हटाइएपछि नेताहरुमा महाधिवेशनको उत्साह देखिएको छ ।
महाधिवेशनमा कम्युनिष्ट पार्टी निर्माणमा योगदान गरेका पुराना र अनुभवी नेताहरुलाई नेतृत्वका लागि अवसर उपलब्ध गराउन उमेरको हदबन्दी हटाइएको पार्टीले जनाएको छ । अग्रज नेतालाई विभिन्न पदमा प्रतिस्पर्धाका लागि उम्मेदवार बन्न पाउने व्यवस्था गरेको हो । यसअघि पार्टीले ७० वर्षभन्दा माथि उमेर समूहका नेता तथा कार्यकर्तालाई कार्यकारी पदमा जान नपाइने व्यवस्था गरेको थियो ।
यसपटक सो नियमलाई परिमार्जन गरी उमेरको हदबन्दी हटाएको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । पार्टी सञ्चालनका लागि वैचारिक नीति तथा कार्यक्रमका आधारमा प्रतिस्पर्धा हुने जनाइएको छ ।
पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने प्रावधान ल्याएको पार्टीले महाधिवेशनमा पेस गरिने चार वटा दस्तावेज थप समृद्ध बनाउन सबै जिल्ला तथा मातहतका कमिटीमा छलफलका लागि पठाइएको छ ।
असार मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाइसक्नुपर्ने समय सीमा तोकिएको छ । महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीसँग पार्टीले जानकारी लिएको छ ।
महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठानिक गरी चार दस्तावेजमा सबै जिल्ला तहबाट थप सुझाव लिन पार्टी मातहतका कमिटीमा दस्तावेजको मस्यौदा पठाइएको छ । दस्तावेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने तयारी भएको प्रचार विभाग उपप्रमुख अर्यालले जानकारी दिए । महाधिवेशनका लागि पार्टी केन्द्रले लोगोसमेत निर्माण गरेको छ ।
नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको लोगोमा कम्युनिष्ट पार्टीको झण्डा राखिएको छ । ‘दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ’ भन्ने सन्देश लोगोमा उल्लेख छ ।
पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा गरिने कार्यक्रम छ । महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १४ वटा कमिटी निर्माण गरिएको छ । ती कमिटीले जिम्मेवारीअनुसार कार्य सम्पादन गरिरहेको पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख अर्यालले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: