काठमाडौं । नेकपा एमालेले बजेटमा असहमति भए पनि प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा रहेकाे जनाएकाे छ । पार्टीका महासचिव शंकर पोखरेलले बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध नभएको प्रष्टीकरण दिएका छन्।
उनले पार्टीले आयोजना गरेको बजेटमाथिको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बजेटमाथि असहमति रहे पनि प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको पक्षमा रहेको बताए।
उनले यो सत्ता समीकरण बनाउने एमाले मुख्य साझेदार रहेकाे र यो समीकरणलाई मिसन ०८४ सम्मलाई निरन्तरता दिन चाहेकाे बताए । उनले यही कारण पनि सत्ता समिकरण बीचमा दायाँबायाँ हुने अवस्था नरहेकाे बताए । उनले भने-'यो बीचमा केही गर्छौँ कि भन्ने मनसाय छैन। ०८४ सम्म जानको लागि यो सरकारले जनताको अपेक्षा अनुसार मुलुकको संकटलाई समाधान गर्ने हिसाबले प्रभावकारी होस् भन्ने हाम्रो चिन्ता हो।'
उनले एमाले साझेदार भएकाले प्रचण्ड नेतृत्वको सरकार प्रभावकारी बनोस्, जनताको अपेक्षामा खरो उत्रियो भन्ने चाहेकाे बताए । बजेट निर्माणमा ख्याल पुगेन कि ध्यान गएन कि, सत्ता साझेदार दलहरूसँग पर्याप्त परामर्श गरेकाे भए राम्राे हुन्थ्यो कि भनिएकाे हाे । उनले भने-' यसलाई असहमति मान्नुहुन्छ भने असहमति पनि हो। सुझाव मान्नुहुन्छ भने सुझाव पनि हो।'
उनले बजेटमा असहमतीकाे कुरा राखे पनि सरकारको निरन्तरताको पक्षमा रहेकाले बजेटका पक्षमा एमाले रहेकेा प्रष्ट्याए । बजेट आइनै सक्यो, कमी देखिए कार्यान्वयन प्रक्रियामा सुधार गरेर जानुपर्छ भन्ने कुराले एमाले बजेटको विपक्षमा जादैन भनेर सबैले बुझ्न जरूरी रहेकेा उनकाे भनाइ थियाे । बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध नभएकाे यी कुराहरू सरकारलाई सफल बनाउन दिएको सुझावका रूपमा लिनु पर्ने उनले बताए ।
बजेटलाई सबैले अपनत्व दिने आधार तयार गर्ने भूमिका अर्थमन्त्रीले खेल्नुपर्ने बताउँदै सत्तामा रहेका सबै दलहरू खुसी बनाउने आधार तयार पार्नुपर्ने बताए । एक्लै पैरवी गर्ने भन्ने कुरा मिलेर पैरवी गर्दा कार्यान्वयन क्षमता बढ्ने भएकाले एमालेले रचनात्मक सुझाव दिएकाे बताए ।
बजेटका कमजाेरीका विषयमा दिएका सुझाव सरकारलाई कमजोर बनाउने उद्देश्य नभएकाे उनकाे भनाइ थियाे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: