काठमाडौं । सभामुख देवराज घिमिरे संसदीय प्रक्रियामा झुक्किँदा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता एकै दिन प्रतिनिधि सभाबाट दुई पटक पारित हुन पुगेको छ ।
प्रतिनिधि सभामा सुरुमा सभामुख घिमिरेले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेतलाई सम्झौताको प्रावधानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए । मन्त्री बस्नेतले छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे ।
त्यसपछि उक्त प्रस्तावलाई सभामुखले निर्णयार्थ प्रस्तुत गरे । सभाले सर्वसम्मत स्वीकार गर्यो । त्यसपछि सांसदहरूले सम्झौताका प्रावधानहरूमाथि धारणा राखे । सांसदहरूले धारणा राख्नेक्रम सकिएपछि सभामुख घिमिरेले मन्त्री बस्नेतलाई सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिन समय दिएका थिए । मन्त्रीले जवाफ दिइकेपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गर्ने प्रस्ताव पेस गर्न समय दिनुपर्ने थियो । अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने समय नै नदिएर सभामुख घिमिरेले सिधै निर्णयार्थ पेस गरे ।
सभामुखले हुन्छ र हुन्न भन्न लगाएपछि बहुमत सांसदहरूले हुन्छ भने । नेमकिपाका सांसद प्रेम सुवालले हात उठाएर हुन्न भने । त्यसपछि सभामुख घिमिरेले सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव पारित भएको घोषणा गरे । जबकि अनुमोदन गरियोस् भन्ने प्रस्ताव नै पेस भएको थिएन ।
संसद् सचिवालयका कर्मचारीहरूले त्रुटि भएको बताए । त्यसपछि सभामुख घिमिरेले त्रुटि भएको भन्दै फेरि प्रक्रिया अगाडि बढाए । ‘माननीय सदस्यहरू हामीले एउटा सन्दर्भ अलिकति तलमाथि पर्न गएर सच्याउनुपर्ने भयो । माननीय ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीज्यूले सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव टेबल गर्ने एउटा प्रस्ताव थियो । त्यो हामीले छुटाउन गएछौं’ सभामुख घिमिरेले भने ।
त्यसपछि सभामुख घिमिरेले ऊर्जा मन्त्री शक्ति बस्नेतलाई सम्झौता अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिए । मन्त्री बस्नेतले अनुमोदनका लागि प्रस्ताव पेस गरे ।
त्यसपछि ‘माननीय सदस्यहरू त्यो त्रुटि भएपछि अरू कुराहरू पनि सच्याउनुपर्ने हाम्रो स्थिति छ । त्यसैले म प्रक्रियालाई अगाडि बढाउँछु’ भन्दै सभामुख घिमिरेले पुनः सम्झौता अनुमोदनको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे । फेरि पनि बहुमत सांसदहरूले हुन्छ भने । नेमकिपाका सांसद प्रेम सुवालले हात उठाएर हुन्न भने ।
हुन्छ भन्ने पक्षका सांसदहरूको बहुमत भएपछि त्यसअनुसार सभामुख घिमिरेले बहुमतका आधारमा सम्झौता अनुमोदन भएको घोषणा गरे ।
अर्को कार्यसूचीमा प्रवेश गर्नु अगाडि सभामुखले सचिवालयका कर्मचारीहरूलाई सोधे, ‘अब चाहिं सिद्धियो होइन ?’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: