Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

थप पहिरोको जोखिम देखिएपछि पपुवा न्युगिनीको पहिरोस्थलमा उद्धार कार्य रोकिने

खबरडबली संवाददाता

एजेन्सी । पपुवा न्युगिनीको पहिरोमा पुरिएका सयौँ गाउँलेको खोजीका लागि खटिएको सेनाले बुधबारदेखि उद्धार कार्य रोकिएको जनाएको छ । “थप पहिरो आउने जोखिमका कारण शव निकाल्ने सबै प्रयास स्थगित गरिएको छ,” मेजर जो अकुले एएफपीसँग भने । 

“यो अवस्थामा उद्धारका लागि तत्काल कुनै सम्झौता हुँदैन”, उनले भने, “बाँचेकाहरूको प्रियजनहरूलाई पुनःप्राप्त गर्ने आशामा धक्का लागेको छ ।” घटनास्थलको रेखदेख गरिरहेका एक प्रमुख सैन्य अधिकारी अकुले पहाडी पहिरोस्थल क्षेत्रलाई ‘सबैका लागि प्रवेश निषेध क्षेत्र’ घोषणा गरेका छन् । 

यसलाई अर्को सूचना जारी नभएसम्मका लागि समुदाय र अधिकारीको प्रवेश निषेधसहित घेराबन्दी गरिनेछ । पपुवा न्यू गिनीको सरकारले एङ्गा प्रान्तको पहाडी दुर्गम वस्तीलाई विस्थापित गरेको ६०० मिटर लामो पहिरोस्थलमा कम्तीमा दुई हजार व्यक्ति पुरिएको हुन सक्ने अनुमान गरेको छ । 

अहिले उद्धारको प्रयास बन्द भएकोले विपत्तिको कारण वास्तविक कति जनाको मृत्यु भयो भन्नु अनुमान मात्र हो । 
“यो चरणमा घटनास्थलमा रहनु र उद्धार कार्य जारी हुनु धेरै खतरनाक छ । यो मैले देखेको सबैभन्दा घातक र ठूलो पहिरो हो,” उनले भने । पपुवा न्यू गिनी विश्वको सबैभन्दा बढी विपद् जोखिमयुक्त क्षेत्रमध्ये एक हो र यसको उच्च भूमिमा पहिरो जानुलाई अत्यन्तै सामान्य मानिन्छ । 

पपुवा न्यु गिनीको पहिरो तथा भौगोलिक विपद् नियन्त्रण विभागको मङ्गलबार एएफपीले प्राप्त गरेको प्रतिवेदनमा ‘निकट भविष्यमा’ उक्त स्थानमा थप पहिरो जाने उच्च सम्भावना रहेको उल्लेख गरिएको छ । प्रतिवेदनमा गाउँलेहरूको स्थानान्तरणमा ‘कुनै सम्झौता हुन नहुने’ तर पुनःस्थापनाको प्रयासले पहिरोस्थलमा अर्को पहिरो निम्त्याउन सक्ने जोखिम रहेको कारण उद्धार कार्य स्थगन गर्नुको विकल्प छैन ।” 

विशेष गरी, हालसालै आइपुगेको हेभी मेशिनरीको प्रयोगले माथि थुप्रिएका ढुङ्गाहरू खस्न सक्ने जोखिमपछि उद्धार कार्यलाई रोकिएको छ । प्रतिवेदनमा भनिएको छ, “मेसिनबाट निस्कने गति वा कम्पनले यी ढुङ्गाहरू सर्ने र खस्ने सम्भावना बढेपछि तत्कालका लागि उद्धार कार्य रोमिएको छ ।”

जोखिमका कारण वरपरका समुदायलाई सुरक्षित स्थानमा सारिएको र धेरैले नजिकैको ‘आश्रयस्थलमा’ मा शरण लिएको अकुले बताए । उनीहरू बाँच्नका लागि सहयोगी सङ्घसंस्था वा साझेदार मुलुकबाट प्राप्त हुने सहायतामा भर परिरहेका छन् ।

यद्यपि, घटनास्थलको दुर्गम स्थानको कारण सहायता प्रयासमा गम्भीर रूपमा बाधा पुगेको छ । नजिकैको आदिवासी हिंसा र पहिरोले प्रमुख सडक सम्पर्कहरू विच्छेद गरेको छ । अकुका अनुसार भग्नावशेषमा पुरिएकाहरूको सम्भावित स्मारकबारे समुदाय र स्थानीय अधिकारीहरूसँग छलफल भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सहायता कटौतिले शरणार्थीलाई ‘अनावश्यक पीडा’ भएको छ : राष्ट्रसङ्घ

काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले  जनाएको छ । सहायता कटौति शर...

मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन, कुन मन्त्रालयमा काे ?

जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...

एमाले महाधिवेशन: मतदान मङ्गलबार १२ बजेदेखि

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...

विद्युतको तार सर्ट भएर आगलागी हुँदा सर्लाहीमा ५० बिघाभन्दा बढीको उखु जल्यो

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ ।  विद्युतको तार सर्ट भएर मुना चौधरीक...

च्याउखेतीबाटै वार्षिक १२ लाख आम्दानी

काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...

पछिल्लो २४ घण्टामा आगलागीका २२ घटना, दुई जनाको मृत्यु

काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...

सर्च एण्ड स्विप अपरेशन : फरार ३४२ प्रतिवादी पक्राउ

कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...

बङ्गलादेश : ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा पत्रकार पक्राउ

काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending