Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

अवैध रुपमा सीमा पार गर्ने आप्रवासी नियन्त्रण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर

खबरडबली संवाददाता

एजेन्सी । अधिकारीहरूले सीमा क्षेत्रमा आप्रवासीको भीड भएको बताएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले मङ्गलबार अवैध रूपमा दक्षिणी सीमा पार गरी शरण खोज्नेहरूमाथि प्रतिबन्ध लगाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । 

वरिष्ठ प्रशासन अधिकारीले बताएअनुसार ‘बाइडेनले लामो समयदेखि विचार गर्दै आएका यस विषयमा प्रभावकारी सीमा नियन्त्रणले एकै पटकमा अमेरिका–मेक्सिको सीमामा प्रवेश गर्ने बन्दरगाहमा लगातार सात दिनसम्म औसत प्रति दिन दुई हजार ५०० अवैध आप्रवासी भित्रिने समस्या निर्मुल हुनेछ । 

यो हालको गम्भीर विषय भएकाले आदेश हस्ताक्षर भएपछि तुरुन्तै लागू हुने र जतिसक्दो छिटो आप्रवासीहरू फिर्ता गर्न सीमा अधिकारहरूलाई सशक्त निर्देशन दिइनेछ, ह्वाइट हाउस सम्वद्ध एक अधिकारीले पत्रकारलाई जानकारी गराए । 

मङ्गलबारको यो कार्यकारी आदेशभन्दा पहिले  संयुक्त राज्य अमेरिकामा शरण खोज्ने अवैध आप्रवासीलाई सामान्यतया अस्थायी रूपमा देशमा प्रवेश गर्न अनुमति दिइन्थ्यो  । नयाँ निर्देशनअनुसार लगातार सात दिनसम्म दैनिक सीमा पार गर्नेको सङ्ख्या  एक हजार ५०० वा सोभन्दा कम रहे दुई हप्तापछि अमेरिकामा शरण खोज्नेहरूका लागि सीमा पुनः खुल्नेछ । 

बालबालिका तथा मानव बेचबिखनका पीडितहरूलाई भर्खरै घोषणा गरिएका प्रतिबन्धहरूबाट छुट दिइएको छ । तथापि यस्तो छुटले सम्भावित रूपमा सीमानामा खतरनाक यात्रा गर्ने बालबालिकाको तीव्र वृद्धि हुनेमा आप्रवासनमामिला हेर्ने अधिकारीले चिन्ता व्यक्त गरेका छन् । 

कार्यकारी आदेशलाई देशको बिग्रिँदाे आप्रवासन प्रणालीबारे मतदाताहरूको चिन्ता कम गर्न लिइएको चुनावी कदमका रूपमा हेरिएको छ । राष्ट्रपति बाइडेनको हालसम्मको कार्यकालमा आप्रवासन नीतिको सम्बन्धमा संयुक्त राष्ट्रसङ्घको राष्ट्रिय सुरक्षा खर्चमा खुला सीमालाई मौलिक रूपमा सहयोग गरेको भन्दे उनि लगातार रिपब्लिकनहरूको आलोचनाको बिषय बनेकाे छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending