दाङ। घोराही उपमहानगरपालिका–६ बचाहामा बाबुराम वलीले विगत तीन वर्षदेखि व्यावसायिक पशुपालन गर्दै आएका छन्। बीस वर्ष दुबईमा रोजगारी गरेर फर्केपछि उनले ‘बहुउद्देश्यीय कृषि तथा पशुपन्छी’ फार्म दर्ता गरी व्यावसायिक पशुपालन गर्न थालेका हुन्।
उनका फार्ममा लैना भैँसीसँगै एकनासका पाडापाडी आरामले बसेका देखिन्छन्। बाबुरामले फार्म श्रीमती विमला वलीका नाममा दर्ता गरेका हुन्। महिलाका नाममा व्यवसाय दर्ता गर्दा सहुलियत पाइने भएकाले यसो गरेको उनको भनाइ छ।
बाबुरामले ३६ वटा भैँसी किनेर व्यवसाय सञ्चालन गरेको बताए। अहिले फार्ममा आठ दुहुना भैँसी र तिनका आठवटा पाडापाडी रहेका भन्दै देउखुरीको बेलामा नौवटा भैँसी रहेका उनले बताए।
“दूध दिँदासम्म आफैँले राख्ने दूध दिन छोडेपछि ९बकेर्नो० भैँसीलाई देउखुरीको बेला गाउँपालिकाका यादव समुदायलाई मासिक रकम दिएर पाल्न लगाउँछौँ। भैँसी बियाउने भएपछि फेरि फार्ममा ल्याउछौँ”, बाबुरामले भने। यसरी आफूलाई पनि सहज भएको र यादव समुदायका बेरोजगार युवालाई केही आम्दानी पनि भएको उनको भनाइ छ।
बिहान–बेलुका गरी दैनिक ९६ लिटर दूध बजार पु¥याउने गरेको बाबाुरामले बताउनुभयो । महिनाको रु ३० हजार भैँसीको दानापानी र अन्य खर्च कटाएर रु तीन लाख ४० हजार आम्दानी भइरहेको उनले जानकारी दिए। आफैँले मोटरसाइकलमा क्यान राखेर दूध घोराही बजारका ग्राहकका घरघरमा पु¥याउने गरेको उनको भनाइ छ।
“आफ्नो काम गर्न लाज मान्नु हुँदैन। पसिनाको कमाई मीठो हुन्छ। भैँसीको दूधका साथै मल पनि बिक्री हुन्छ”, उनले भने।
गत वर्ष दूध बिक्री गरेर जम्मा भएको रकमले साढे दुई कट्ठा जग्गा थपेको बाबुरामले बताए। “भैँसीलाई चाहिने घाँस, पराल घरमै उत्पादन हुने भएकाले बाहिरबाट किन्नु पर्दैन,” उनले भने, “गोठको एउटा कोठामा बरसिम घाँस, गहुँको भुस राखेको छु।”
वार्षिक रु २० हजारमा साढे एक बिघा खेत भाँडामा लिएर घाँसखेती गरिरहेको बाबुरामको भनाइ छ। हालसम्म स्थानीय तह वा सरोकार भएका निकायबाट कुनै अनुदान वा तालिम नपाएको भन्दै उनले कहाँबाट कसरी सहयोग लिने भन्ने अनभिज्ञ रहेको बताए।
बाबुरामले भैँसीबाहेक १७ वटा खसी, बोका र बाख्रा पाल्नुभएको छ । “भैँसीका लागि दानापानी जुटाउन परिहाल्छ, त्यसमा अलिकति थपे बाख्रालाई पुग्छ। एउटै मेहनतमा दोहोरो फाइदा लिन सकिने भएकाले बाख्रा पनि पालेको हो,” उनले भने।
उनका अनुसार गत वैशाखमा ७० किलोको खसी कटाउँदा रु ५६ हजार आम्दानी भएको थियो। बाख्रापालनबाट दैनिकरुपमा आम्दानी नभए पनि मासिकरुपमा हुने उनको भनाइ छ।
रोल्पाको तिला गाउँपालिका पुरानो बासस्थान भएका वली नेपाल आर्मीमा भर्ना भई तालिम गरी सेनामा आबद्ध भएका थिए। तत्कालीन समयमा मुलुकमा जनयुद्ध चलिरहेकाले सेनाको काम छोडेर भारत गएको उनले बताए। भारतमा छ महिना काम गरेर फर्केपछि रु ८० हजारमा घोराही–६ बचाहामा जग्गा किनेको बाबुरामले जानकारी दिए।
“पछि दुबईका लागि भिसा लगाएर गएँ । २० वर्ष दुबई बसेपछि स्वदेश मै केही गर्नुपर्छ भन्ने लागेर स्वदेश फर्केर पशुपालन थालेको हुँ”, उनले भने, “परिवारसँगै बसेर काम गर्दा विदेशको तुलनामा सहज हुनाका साथै आम्दानी पनि मनग्ये हुने रहेछ ।”
उनले युवालाई विदेश जान रोक्नका लागि तीनै तहका सरकारले सीपमूलक तालिमका साथै रोजगारीका अवसर सृजना गर्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १४ गते, २०८३ - २२:३०
रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...
श्रावण १४ गते, २०८३ - २१:४६
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...
श्रावण १४ गते, २०८३ - २१:४३
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...
श्रावण १४ गते, २०८३ - २१:२०
सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...
श्रावण १४ गते, २०८३ - २१:१२
काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...
श्रावण १४ गते, २०८३ - २१:०७
धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...
श्रावण १४ गते, २०८३ - २१:०२
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...
श्रावण १४ गते, २०८३ - २१:००
काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...
श्रावण १४ गते, २०८३ - १०:१०
काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...
श्रावण १४ गते, २०८३ - ०९:२५
झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...



प्रतिकृया लेख्नुहोस्: