Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

मधेस प्रदेशमा पाँचौ पटक विश्वासकाे मत लिँदै मुख्यमन्त्री यादव

जनमत नेतृत्वमा सरकार बन्ने सम्भावना

खबरडबली संवाददाता

जनकपुर ।  मधेश मधेसमा मुख्यमन्त्री सरोज कुमार यादवले बुधवार विश्वासको मत लिदैछन् । विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । सत्ता गठबन्धनबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएको झण्डै २३ दिनपछि नेकपा एसले पनि समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा लगातार साढे ६ वर्ष जसपा नेपाल नेतृत्वको सरकार रह्दै आएकोमा यसपटक नेतृत्व परिवर्तन हुने निश्चित भएको छ।

जसपा नेतृत्वकाे सरकारले विश्वासकाे मत नपाउँदा जनमतको नेतृत्वमा सरकार बन्ने भनेर व्यापक रुपमा सबैको ध्यानाकृष्ट गराएको छ। यसर्थ प्रदेशमा जनमत पार्टीको  नेतृत्व  सरकार बन्ने लगभग निश्चित जस्तै देखिएको  छ ।  जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारबाट मंगलवार नेकपा एसले साथ छाडेपछि विपक्षी गठबन्धनतर्फ प्रष्ट बहुमत पुगेको छ ।  सरकारको नेतृत्व गरिरहेको जसपा नेपाल हाल एक्लिएको छ । मधेश प्रदेश सभामा जसपा नेपालको १९ प्रदेश सभा सदस्य छन् ।

जसपा नेपालका लालबाबु राउत नेतृत्वको सरकारले ५ वर्षको पूर्ण कार्यकाल चलेको थियो । यद्यपि सत्ता साझेदार दलहरु फेरबदल भएका थिए । यादव नेतृत्वको सरकारले झण्डै १ वर्ष ६ महिना पूरा गरेको छ । डेढ वर्षको कार्यकालमा मुख्यमन्त्री यादवले पाँचौ पटक लिन लागेको विश्वासको मतमा सफल हुने सम्भावना समाप्त भएको छ ।

एमाले, माओवादी र जनमत पार्टीले जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेका छन् । नेकपा एसले साथ छाडेपछि जसपा नेपाललाई बहुमत पुग्ने सम्भावना समाप्त भएको  हाे। तर पनि मुख्यमन्त्री यादवले प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गर्ने बताइएको छ ।

प्रदेश सभामा १ सय ७ जना सांसद रहेका छन् । सरकार बनाउन कम्तिमा ५४ जना सांसदको समर्थन चाहिन्छ ।  एमालेको सभामुख बाहेक २४, जनमत पार्टीको १३, माओवादीको ९ जना सांसद रहेका छन् । एमाले, माओवादी, लोसपा र जनमत पार्टीले यस अघि नै आफ्नो पक्षमा ६३ सांसद रहेको दावी गरेका थिए । नागरिक उन्मुक्ति पार्टीको १ जना  र नेपाल संघीय समाजवादी पार्टीको १ जनाले पनि सो गठबन्धनलाई समर्थन गर्ने प्रष्ट भएकाे छन् ।

सरकार गठनको सबै तयारी पूरा भइसकेको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले बताए । जसपा नेपालको सरकार अल्पमतमा परिसकेकाले सोझै राजीनामा दिनु उपयुक्त हुने उनले बताए । अन्यदलहरू बहुमत सहित सरकार गठन गर्ने तयारी अवस्थामा रहेकाले मुख्यमन्त्री यादवले सदनमा आफ्ना पक्ष राख्दै विश्वासको मत दिन  सांसदहरुलाई आग्रह गर्न राजिनामा नै उपयुक्त हसने उनकाे भनाइ छ  ।

यता मूख्यमन्त्री यादवले सदनमा बहुमत नपुगे सरकारबाट राजीनामा दिने बताएका छन्  ।मुख्यमन्त्री यादवले आफूलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मत दिने बताएका छन् । कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय नै गरिसकेको छ । लोसपाले भने निर्णय सार्वजनिक गरेको छैन् ।

यदि लोसपाले विश्वासको मत दिए पनि सरकारको लागि चाहिने ५४ साँसद नपुग्ने अवस्था देखिएको छ । मुख्यमन्त्रीको पक्षमा कांग्रेसका २२, लोसपाका ८, जसपाका १९ गरी ४९ सांसदकाे समर्थन हुनेछ। यस्तोमा  प्रदेश सरकारका लागि नेकपा एस निर्णायक रहेको छ। प्रदेश सभामा एसको ७ जना सांसद रहेका छन् ।

लोसपाका सांसद एवं मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनलले मधेश प्रदेश र केन्द्रमा कांग्रेसको साथ रहेको बताएका छन् । उनले केन्द्र र प्रदेशमा कांग्रेसका साथ रहेकाेले गठबन्धनमा जसपा नेपाल आए स्वागत गर्ने उनले बताए  । तर उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने अथवा नदिने बारे केहि खुलाउन चाहेनन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending