Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

मधेस प्रदेशमा पाँचौ पटक विश्वासकाे मत लिँदै मुख्यमन्त्री यादव

जनमत नेतृत्वमा सरकार बन्ने सम्भावना

खबरडबली संवाददाता

जनकपुर ।  मधेश मधेसमा मुख्यमन्त्री सरोज कुमार यादवले बुधवार विश्वासको मत लिदैछन् । विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । सत्ता गठबन्धनबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएको झण्डै २३ दिनपछि नेकपा एसले पनि समर्थन फिर्ता लिएको छ । मधेश प्रदेशमा लगातार साढे ६ वर्ष जसपा नेपाल नेतृत्वको सरकार रह्दै आएकोमा यसपटक नेतृत्व परिवर्तन हुने निश्चित भएको छ।

जसपा नेतृत्वकाे सरकारले विश्वासकाे मत नपाउँदा जनमतको नेतृत्वमा सरकार बन्ने भनेर व्यापक रुपमा सबैको ध्यानाकृष्ट गराएको छ। यसर्थ प्रदेशमा जनमत पार्टीको  नेतृत्व  सरकार बन्ने लगभग निश्चित जस्तै देखिएको  छ ।  जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकारबाट मंगलवार नेकपा एसले साथ छाडेपछि विपक्षी गठबन्धनतर्फ प्रष्ट बहुमत पुगेको छ ।  सरकारको नेतृत्व गरिरहेको जसपा नेपाल हाल एक्लिएको छ । मधेश प्रदेश सभामा जसपा नेपालको १९ प्रदेश सभा सदस्य छन् ।

जसपा नेपालका लालबाबु राउत नेतृत्वको सरकारले ५ वर्षको पूर्ण कार्यकाल चलेको थियो । यद्यपि सत्ता साझेदार दलहरु फेरबदल भएका थिए । यादव नेतृत्वको सरकारले झण्डै १ वर्ष ६ महिना पूरा गरेको छ । डेढ वर्षको कार्यकालमा मुख्यमन्त्री यादवले पाँचौ पटक लिन लागेको विश्वासको मतमा सफल हुने सम्भावना समाप्त भएको छ ।

एमाले, माओवादी र जनमत पार्टीले जनमत संसदीय दलका नेता महेश प्रसाद यादवलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेका छन् । नेकपा एसले साथ छाडेपछि जसपा नेपाललाई बहुमत पुग्ने सम्भावना समाप्त भएको  हाे। तर पनि मुख्यमन्त्री यादवले प्रदेश सभा बैठकमा विश्वासको मत लिन प्रस्ताव पेश गर्ने बताइएको छ ।

प्रदेश सभामा १ सय ७ जना सांसद रहेका छन् । सरकार बनाउन कम्तिमा ५४ जना सांसदको समर्थन चाहिन्छ ।  एमालेको सभामुख बाहेक २४, जनमत पार्टीको १३, माओवादीको ९ जना सांसद रहेका छन् । एमाले, माओवादी, लोसपा र जनमत पार्टीले यस अघि नै आफ्नो पक्षमा ६३ सांसद रहेको दावी गरेका थिए । नागरिक उन्मुक्ति पार्टीको १ जना  र नेपाल संघीय समाजवादी पार्टीको १ जनाले पनि सो गठबन्धनलाई समर्थन गर्ने प्रष्ट भएकाे छन् ।

सरकार गठनको सबै तयारी पूरा भइसकेको एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले बताए । जसपा नेपालको सरकार अल्पमतमा परिसकेकाले सोझै राजीनामा दिनु उपयुक्त हुने उनले बताए । अन्यदलहरू बहुमत सहित सरकार गठन गर्ने तयारी अवस्थामा रहेकाले मुख्यमन्त्री यादवले सदनमा आफ्ना पक्ष राख्दै विश्वासको मत दिन  सांसदहरुलाई आग्रह गर्न राजिनामा नै उपयुक्त हसने उनकाे भनाइ छ  ।

यता मूख्यमन्त्री यादवले सदनमा बहुमत नपुगे सरकारबाट राजीनामा दिने बताएका छन्  ।मुख्यमन्त्री यादवले आफूलाई नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले विश्वासको मत दिने बताएका छन् । कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय नै गरिसकेको छ । लोसपाले भने निर्णय सार्वजनिक गरेको छैन् ।

यदि लोसपाले विश्वासको मत दिए पनि सरकारको लागि चाहिने ५४ साँसद नपुग्ने अवस्था देखिएको छ । मुख्यमन्त्रीको पक्षमा कांग्रेसका २२, लोसपाका ८, जसपाका १९ गरी ४९ सांसदकाे समर्थन हुनेछ। यस्तोमा  प्रदेश सरकारका लागि नेकपा एस निर्णायक रहेको छ। प्रदेश सभामा एसको ७ जना सांसद रहेका छन् ।

लोसपाका सांसद एवं मधेश प्रदेश अध्यक्ष जीतेन्द्र सोनलले मधेश प्रदेश र केन्द्रमा कांग्रेसको साथ रहेको बताएका छन् । उनले केन्द्र र प्रदेशमा कांग्रेसका साथ रहेकाेले गठबन्धनमा जसपा नेपाल आए स्वागत गर्ने उनले बताए  । तर उनले मुख्यमन्त्रीलाई विश्वासको मत दिने अथवा नदिने बारे केहि खुलाउन चाहेनन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा महोत्तरीको अधिवेशन अनिश्चितकालका लागि स्थगित

महोत्तरी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीको संगठन विस्तार तथा जिल्ला अधिवेशन प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। आन्तरिक विवाद...

गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह

बैतडी। विभिन्न स्थानीय तहले गाउँका विभेदकारी नाम परिवर्तन गर्ने अभियान थालेका छन्। यहाँका स्थानीय तहले विगतमा विभिन्न जाति र समुदायलाई अपहेलना गर्नेगर...

रास्वपा पाल्पाको सभापतिमा भण्डारी

पाल्पा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत चयन भएको छन् । तानसेनमा शनिबार सम्पन्न प्रथम जिल्ला अधिव...

विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी

गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं पार्टीका संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले विकास, सम्मृद्धि र सुशासनको पक्षमा...

अमेरिकाले इरानी फुटबल टोलीका केही अधिकारीलाई भिसा दिएन

तेहरान। इरानको फुटबल महासङ्घले सन् २०२६ को विश्वकप प्रतियोगिताअघि राष्ट्रिय फुटबल टोलीका केही व्यवस्थापकीय तथा कार्यकारी अधिकारीहरूलाई अमेरिकी प्रवेशा...

एसियन गेम्स छनोट: फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ। सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा नेपालले हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ। आइतबार दोस्रो सेमिफाइनमाल मल...

रास्वपा सङ्खुवासभाको सभापतिमा श्रेष्ठ चयन

सङ्खुवासभा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन्। प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नय...

प्रधानमन्त्रीको निर्देशन अनुसार काम गरिरहेका छौँ: स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएको छिन् । आइतबा...

बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिवेशनमार्फत १८ जिल्लामा नयाँ कार्यसमिति चयन गरेको छ । यो समाचार तयार गर्दासम्म बागमती प्रदेशका ...

दुई दिने सार्वजनिक बिदा हटाउने तयारीमा सरकार

काठमाडौं । सरकारले हाल लागू रहेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था हटाउने तयारी गरेको छ। शनिबार र आइतबार दिइँदै आएको बिदा प्रभावकारी नभएको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending