Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

दक्षिण अफ्रिकामा बाढीमा परी कम्तीमा १८ को मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । दक्षिण अफ्रिकाको पूर्वी तटमा मुसलधारे वर्षाका कारण आएको बाढीमा कम्तीमा १८ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन् । 

पूर्वी केप प्रान्तमा कम्तीमा सात जनाको मृत्यु भएको बाढीको केन्द्रविन्दु रहेको नेल्सन मन्डेला बे नगरपालिकाका प्रवक्ताले बताए । साथै बन्दरगाह सहर डर्बन र त्यस वरपर कम्तीमा ११ जनाको मृत्यु भएको छिमेकी क्वाजुलु–नटालको प्रान्तीय सरकारले बताएको छ । 

नेल्सन मन्डेला खाडी विशेषगरी नगरपालिकाको बस्तीमा रहेका अस्थायी घरहरूबाट दुई हजारभन्दा बढी मानिसलाई बाहिर विस्थापन गरिएको छ । स्थानीय अधिकारीहरूले कपडा, खाद्यान्न र कम्मल दानका लागि अपिल गरेका छन् । प्रान्तीय अधिकारीहरूले क्वाजुलु–नटाल प्रान्तमा सतर्कताको अवस्था घोषणा गरेका छन् । 

“५५ जनालाई सामान्य चोट लागेको छ र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ”, प्रान्तीय सरकारले विज्ञप्तिमा भनेको छ, “कम्तीमा एक सय २० जना विस्थापित भएका छन् र उनीहरूलाई अस्थायी आश्रयस्थलमा राखिएको छ ।”

डर्बन र यसको वरपरको क्षेत्र सन् २०२२ मा दक्षिण अफ्रिकाको इतिहासको सबैभन्दा भीषण बाढीको स्थल थियो । उक्त बाढीबाट पहिरो जाँदा चार सयभन्दा बढीको ज्यान गएको थियो । 

सोमबार राति प्रभावित दुवै प्रान्तमा उद्धार सेवा परिचालन गरिएको थियो । राष्ट्रिय मौसम विज्ञान संस्थानले दक्षिण अफ्रिका ‘कट अफ लो’ दबाब प्रणालीको चपेटामा परेको छ । यसले असिना, हिउँ र कडा हावा ल्याउन सक्छ । 

पूर्वी हिन्द महासागर तटमा भारी वर्षा भएको छ र मौसम विज्ञान सेवाहरूले मुलुकका नौ मध्ये चार प्रान्तमा मौसम सतर्कताहरू प्रकाशित गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: