कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो राजनीतिक अस्थिरता मुलकको विकास र जनताका लागि घातक बनिरहेको बताएका छन् ।
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज यहाँ आयोजित दिगो विकास लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी अन्तक्र्रियामा उनले यस्तो बताए ।
मुख्यमन्त्री पाण्डले नेपालमा लामो सयमदेखि भइरहेको राजनीतिक अस्थितरताले जनचाहनानुसार काम गर्न नसकिएको र यसले दलहरूप्रतिको विश्वसनीयता नै कम हुन थालेको बताए । “राजनीतिक अस्थिरताले सरकार बदलिरहेका छन्, जसले जनचाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरुप्रतिको विश्वास कम हुँदै गएको छ । प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको छ”, उनले भने, “प्रदेश सरकारप्रतिको नागरिक धारणालाई सकारात्मक बनाउन सबैले सामाजिक सेवाभावले काम गर्न आवश्यक छ, त्यसमा पनि स्वास्थ्य संस्थामा कार्यरत स्वाथ्यकर्मीको भूमिका अझ बढी छ ।”
गण्डकी प्रदेश सरकारले आधारभूत स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नहुने नीतिसहित शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै बताए । ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरीका लागि केही सहुलियत दरमा उपचार गर्न योजना अगाडि ल्याउन लागिएको पनि उनको भनाइ थियो ।
“सङ्घ सरकारले न्यून बजेट दिएकाले चाहेअनुसार जनताको काम गर्न सकिएको छैन, छुट्याएको बजेटसमेत घटाएर पठाउन थालिएको छ”, मुख्यमन्त्री पाण्डेले भने, “प्रदेशभित्रका विपन्न वर्गको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थाले मात्र नसकेमा सहलगानीकर्ताको खोजी गर्दै सेवा दिनुपर्छ भन्ने हाम्रो जोड छ ।”
स्वास्थ्य बीमालाई प्रभावकारी बनाउन सकेमा स्वास्थ्य क्षेत्रका केही समस्या समाधान हुने उनको भनाइ छ । कार्यक्रममा सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका ऊर्जा तथा जलस्रोतमन्त्री विन्दुकुमार थापाले प्रदेशका स्वास्थ्य समस्या समाधानका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नसपर्ने बताए । उनले प्रदेश सरकारले यहाँका सबै जिल्लामा रहेका स्वास्थ्य संस्थाको विकास र सेवा प्रवाह सुधारका लागि काम गरिरहेको समेत बताए ।
गण्डकी प्रदेशका ११ जिल्लाका नगर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख सहभागी कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव विनोदविन्दु शर्माले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै दिगो विकास लक्ष्य हासिल गर्न प्राप्त उपलब्धिबारे प्रकाश पारे ।
विभिन्न पालिकाका प्रमुख र उपप्रमुखले आफ्नो जिल्लामा देखिएका स्वास्थ्य समस्या र बजेट अभावका कारण सर्वसाधारणले भोगको समस्याका साथै पछिल्ला समयमा भएका उपलब्धि, स्वास्थ्य बीमाले पारेको सकारात्मक प्रभावका बारेमा जानकारी गराएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १६ गते, २०८२ - २०:२९
तनहुँ । तनहुँको पर्यटकीय केन्द्र बन्दीपुरमा सन् २०२५ मा अपेक्षा गरेभन्दा दोब्बर पर्यटकले भ्रमण गरेको पाइएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या ...
पौष १६ गते, २०८२ - २०:२४
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीसँग भएको एकीकरणपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठुलो दल बन्ने भएको छ । नेकपा ...
पौष १६ गते, २०८२ - २०:०४
महोत्तरी । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापे...
पौष १६ गते, २०८२ - २०:०१
जनकपुरधाम । मधेश प्रदेशमा अगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । मधेश प...
पौष १६ गते, २०८२ - १९:४०
चितवन । नेपालको एक मात्र आत्मनिर्भर मानिएको कुखुरापालन व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ । व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादन करिब ४० प्रति...
पौष १६ गते, २०८२ - १९:३४
बागलुङ । पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन् । कागतीखेतीका लागि जिल्लाका १० वटै पालिकामा सम्भावना देखिएपछि यहाँका किसानले ...
पौष १६ गते, २०८२ - १९:२४
काठमाडौं । नक्कली प्रहरी बनी रकम असुल्दै हिँड्ने दुई युवा प्रहरी फन्दामा परेका छन् । नेपाल प्रहरीको लागु औषध ब्यूरोबाट खटिइको प्रहरी हौँ भनी औषधि पसलक...
पौष १६ गते, २०८२ - १८:२८
काठमाडौं । सरकारले राष्ट्रिय सभाको अधिवेशन बोलाउने तयारी तीव्र पारेको छ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसँग यसबारे...
पौष १६ गते, २०८२ - १८:२१
उदयपुर । उदयपुरका भित्री मधेशमा पर्ने चार नगरपालिका र एक गाउँपालिकामा शीतलहर हुन थालेपछि चिसोको कारण शैक्षिक संस्था (विद्यालय) बन्द भएका छन् । तीन...
पौष १६ गते, २०८२ - १८:१६
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइर...




प्रतिकृया लेख्नुहोस्: