Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

विदेशी कूटनीतिज्ञको उपस्थितिमा पोखरामा अन्नपूर्ण आरोहण दिवस

खबरडबली संवाददाता

गण्डकी । पर्यटन राजधानी पोखरामा ७४ औँ अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) विभिन्न कायक्रम गरी मनाइएको छ । सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्ष जुन ३ मा अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ । 

नेपाल पर्यटन बोर्डको आयोजना एवं परराष्ट्र मन्त्रालयको सहकार्य र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकी प्रदेश र नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सहकार्यमा आज विभिन्न नौ राष्ट्रका राजदूत एवं कूटनीतिज्ञसहित अन्नपूर्ण आरोहण दिवस मनाइएको हो । 

दिवसका अवसरमा बिहान पोखराको फिस्टेल गेटदेखि बाराहीघाटसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतको सहभागिता थियो । 

कार्यक्रममा उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्ने लक्ष्यका साथ सरकार यहाँका पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्द्र्धनमा लागेको बताए । प्रकृति, संस्कृति, परम्परा, भौगोलिक विविधतालाई पर्यटकीयरुपमा उपयोग हुनुपर्नेमा उनले जोड दिए । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले मौरिस हर्जोगको अन्नपूर्ण आरोहणले नेपाललाई पर्वतारोहण र साहसिक गन्तव्यका रुपमा स्थापित गर्न मद्दत पुर्‍याएको बताए । पोखरा नेपालको पर्यटनको गहना भएको बताउँदै उनले गण्डकी प्रदेशमा पर्यटनका प्रचुर सम्भावना रहेको उल्लेख गरे । 

पोखरा महानगरपालिकाका प्रमुख आचार्यले पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको अवस्थामा यहाँ पर्यटन लक्षित गतिविधि र पूर्वाधार विकास अघि बढाउने विषय प्राथमिकतामा रहेको बताए । विदेशी कूटनीतिज्ञ समेतको उपस्थितिमा अन्नपूर्ण आरोहण दिवस मनाउनुले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने उनको भनाइ छ । 

इजरायली राजदूत हानन गोडर गोल्डब्रेटरले नेपाल पर्यटकीयरुपमा धेरै सम्भावना बोकेको क्षेत्र भएको बताए । उक्त अवसरमा अन्नपूर्ण प्रथमको पहिलो पटक आरोहण गरेकाे मौरिस हर्जोगको शालिकको उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले अनावरण गर्नुका साथै अन्नपूर्ण हिमाल आरोहीलाई सम्मान गरेका थिए । 

अनावरण गरिएको शालिक हर्जोगले अन्नपूर्ण हिमाल आरोहण सुरु गरेको म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरमा राखिने जनाइएको छ । उनले कार्यक्रममा अन्नपूर्ण हिमालको आरोहण गरेका आरोहीलाई सम्मान पनि गरे । 

उक्त कार्यक्रमपश्चात् उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठसहित विदेशी कूटनीतिज्ञको टोली फेवातालमा जलविहार गर्नुका साथै अन्नपूर्ण केबलकारमार्फत सराङकोट पुगी त्यहाँबाट दृश्यावलोकन गरेका थिए । अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा कूटनीतिज्ञको टोली आइतबार कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रामा समेत सहभागी भएको थियो । 

दिवसकै अवसरमा टेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा आजै फेवाताल किनारास्थित भ्यु फेवा राउन्ड फेवा पदमार्गमा पदयात्रा सम्पन्न भएको अध्यक्ष धर्मराज पन्थीले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending