भक्तपुर । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मातृभाषाको संरक्षण र विकासमा सरकारले ध्यान दिने बताएका छन् ।
आज भक्तपुरमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा उनले सरकारी निकायले पनि मातृभाषाको संरक्षण र विकासमा ध्यान दिनुपर्ने बताएका हुन् ।
उहाँले भने, “मातृभाषामा पत्रकारितालाई सरकारले प्रोत्साहित गर्नु आवश्यक छ, सरकारी निकायले पनि यसमा ध्यान दिनु जरुरी छ, मातृभाषामा प्रकाशन वा प्रसारण भएका सञ्चारमाध्यमप्रति सम्मान व्यक्त गर्न चाहन्छु, किनकी यसले मौलिक कला, संस्कृति र इतिहासलाई जोगाउन योगदान पुर्याएको छ ।”
मातृभाषाको संरक्षण र विकासमा काम गर्नुपर्ने आैल्याउँदै उपप्रधानमन्त्री श्रेष्ठले मातृभाषामा गरिने पत्रकारिताले आदिवासी जनजातिका हराउँदै गएका मौलिकता र कला संस्कृतिको जगेर्ना हुनेमा आफूले विश्वास लिएको बताए ।
नेवाःपत्रकार राष्ट्रिय दबूले सार्क पत्रकार मञ्च र नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को सहकार्यमा शनिबार ललितपुरमा उद्घाटन गरी आज भक्तपुरमा समापन गरेको सम्मेलनमा सार्क राष्ट्रलगायत बिभिन्न देशबाट सहभागी पत्रकारबीच विभिन्न विषयमा छलफल भएको थियो ।
कार्यक्रमका सभापति नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, दबूका उपाध्यक्ष एवम् सम्मेलनका संयोजक सुरेन्द्रभक्त श्रेष्ठ, सार्क पत्रकार मञ्चका अध्यक्ष राजु लामालगायतले अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिताको महत्वमाथि चर्चा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...
मंसिर ३० गते, २०८२ - १८:०१
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...
मंसिर ३० गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...
मंसिर ३० गते, २०८२ - १७:५५
काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...
मंसिर ३० गते, २०८२ - १७:५०
गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...
मंसिर ३० गते, २०८२ - १७:४८
सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...
मंसिर ३० गते, २०८२ - १७:४४
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...
मंसिर ३० गते, २०८२ - १७:४२
काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...
मंसिर ३० गते, २०८२ - १७:३९
बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...




प्रतिकृया लेख्नुहोस्: