Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गुठीको जग्गा व्यक्तिको नाममा दर्ता

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेँसी चोकस्थित गुठीका नाममा रहेको जग्गा व्यक्तिले दर्ता गरेको पाइएको छ । तीन कित्तामा रहेको चार रोपनी पाँच आना एक पैसा क्षेत्रफलको उक्त जग्गामा रहेको पाटी भत्काएर स्थानीयले भोगचलनसहित पक्की घर बनाउन थालेपछि व्यक्तिगत रुपमा जग्गा दर्ता भएको खुलासा भएको हो । 

स्थानीय सापकोटा परिवारले विसं १९८५ मा उक्त स्थल भएर हिँड्ने बटुवा तथा बास बस्न पाटी निर्माण गरी पानीको व्यवस्थापन गर्न उक्त क्षेत्रफलको जग्गा प्रदान गरेको थियो । सोही समयमा सोवर्णमाया सापकोटाले उक्त प्रयोजनका लागि ‘सोवर्ण पाटी–गुठी’ नामकरण गरी स्थानीय हेलमान श्रेष्ठलाई मोही कायम गरी जिम्मा दिएका थिए । 

उक्त जग्गा व्यक्तिका नाममा दर्ता भएको केही महिनाअघि मात्रै थाहा पाएपछि स्थानीयले सोवर्ण पाटी गुठी संरक्षण समिति गठन गरी जिल्ला प्रशासन कार्यालय धुलिखेलमा कानुनअनुसार जग्गाको छानबिन गरी दोषीलाई कारबाही गर्न निवेदन दिएका छन् । 

वडा नं ७ कार्यालयले पनि गत चैत १८ गते पाटी (गुठी)का नाममा जग्गा कायम गर्न पत्राचार गरेको छ । समितिका अध्यक्ष सोमनाथ सापकोटाका अनुसार श्रेष्ठलाई त्यसबेला जिम्मा दिएपछि विसं १९९५ देखि प्रत्येक वर्ष तत्कालीन गाउँपञ्चायतलाई गुठीका नामबाट वार्षिक एक मुठी मकै ‘कुत–तिरो’को भरपाईबाट प्रस्ट भएको छ । 

“गुठीको नामबाट कुत तिर्दै आएको र विसं २०३१ मा नापी हुँदा सोवर्ण पाटी गुठीका नाममा जग्गा दर्ता भई नापीको फिल्डबुकमा उल्लेख भएअनुसार २०३५ सालमा जग्गाधनी प्रमाण पुर्जा बन्दा मोही महलमा हेलमानको छोरा गोपिलाल श्रेष्ठ उल्लेख गरिएको छ, तर अहिले गोपिलालको श्रीमती खमायाका नाममा सबै जग्गा दर्ता भएको पाइयो”, सापकोटाले भने । 

उनका अनुसार हेलमानको मृत्युपछि निजका छोरा गोपिलालले पनि बाबुले गर्दै आएको कार्यलाई निरन्तरता दिँदै आए पनि गोपिलालको निधनपछि २०४५ सालमा गोपिलालका नाममा भएको अचल सम्पत्ति नामसारी गर्ने क्रममा उल्लिखित गुठीको जग्गासमेत खमायाका नाउँमा जग्गाधनी पुर्जा बनाएको पाइएको हो । विसं २०७२ को भूकम्पले उक्त जमिनमा भएको पाटी भत्किएको थियो । हालको चलनचल्तीको मूल्याङ्कनअनुसार उक्त जग्गाको करिब रु आठ करोड मूल्य पर्ने सापकोटाले बताए । 

जग्गा खमायाका नाममा पुर्जा बनाउने कार्यमा क–कस्को संलग्नता छ खोजी गर्न जिल्ला प्रशासन कार्यालयमार्फत जिल्ला सरकारी वकिलको कार्यालय तथा जिल्ला मालपोत कार्यालयलाई अनुरोध गरिएको संरक्षण समितिले जनाएको छ । जग्गाबारे अनुगमन, निरीक्षण एवं प्रतिवेदन तयार गर्न सम्बन्धित कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: