Khabar Dabali २४ जेष्ठ २०८३ आईतवार | 7th June, 2026 Sun
Investment bank

पानीको जोहो गर्न रातभर जाग्राम

फाइल फोटो
खबरडबली संवाददाता

महोत्तरी । खानेपानी खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ। अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको संकट चुलिँदै जाँदा यहाँका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम बस्नुपरेको हो।

“तीन दिनयता दिनभरि धारामा पानी झरेको छैन, राति झर्छ कि भन्ने आसमा धाराछेउमा पानी पर्खेर रात कटाइयो,” बर्दिबास–२ ॐ शान्तिचोककी गृहिणी फूलमाया मगर भन्छिन्, “धन्न, गए राति मध्यराततिर धारामा तुरुरु पानी झरेपछि जाग्राम बसेको प्रतिफल मिल्यो।”

फूलमायाजस्तै उनका छिमेकी पर्मिला ठाकुर, नगिना महतो र वृन्दा भण्डारीले पनि मध्यराततिर बोतल, गाग्री, तसला, बाल्टिनसहितका भाडामा पानी भरेपछि एक दिनलाई ढुक्क भएको बताउँछन्। 

पानीका मुहान सुक्दै जाँदा यहाँका बस्तीमा पानीको संकट पनि बढ्दै गएको छ। धारामा पानी आउँदैन, आए पनि गाग्री, बाल्टिन वा जार भरिँदैनन्। पानीको संकट गहिरिँदै जाँदा पूर्वपश्चिम रेल आयोजनाको भब्सीपुल नजिक रहेको बोरिङमा पानी थाप्नेको भीड लाग्ने गरेको छ।

बस्ती क्षेत्रबाट पाँच सय मिटर दूरीमा रहेको सो बोरिङमा घाम अस्ताएपछि भने कोही जाँदैनन्। रेल्वेसम्बन्धी निर्माण कार्य प्रयोजनका लागि पानी आपूर्ति गर्न जडान गरिएको बोरिङले अहिले निकैलाई राहत भएको बर्दिबास–१४ लच्काचोकका गौरी साह बताउँछिन्। 

यसैगरी बर्दिबास जलेश्वर सडकखण्डको बर्दिबास–२ लच्काबाट बुद्धचोकसम्म ढल निर्माणको छ। निर्माण कार्यका लागि त्यहाँ ठूलो ट्यांकीमा ल्याइने पानीमध्ये बचेखुचेको स्थानीयलाई दिन केही त्राण मिलेको सोही वडाको दर्लामीटोलकी यशोदा तिमल्सिनाले बताइन्। “पानीको हाहाकार परेकै बेला ढल बनाउने काम परेछ। चाहिने जति नपाए पनि घाँटी भिजाउनका लागि भए पनि पानी पाएपछि निकै राहत मिलेको छ,” उनले भनिन्।  

बर्दिबासका १, २, ३, ४, ५, ६, ८ , १०, ११ र १४ नम्बर वडाका नागरिक खानेपानीका लागि धारामा आश्रित छन् तर भण्डारण कक्षमा पानी घट्दै गएपछि पालो मिलाएर पानी वितरण गर्न थालिएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ।

संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाँलले पानीको स्रोतका रूपमा रहेका नदी र खोला सुकेपछि भण्डारणमा निकै कमी आएको उनले बताए। अब पानीका स्रोतहरूको वैकल्पिक खोजी नभए आउने दिन अझै कष्टकर बन्ने उनको भनाइ छ। 

महोत्तरीमा जेठ लागेदेखि नै पानी घट्दै गएको हो। जेठको मध्ययता त हाहाकार नै परेको बर्दिबास–१२ चल्कीबिजलपुराका नवराज कोइराला बताउँछन्।

बर्दिबासका ७, ९, १२ र १३ नम्बर वडाबस्तीमा खानेपानीका लागि इनार र चापाकल मुख्यस्रोत हुन्। बर्दिबास–१२ मेघरोल र जुडीटोलमा चापाकल प्रयोग हुँदै आएको छ। मेघरोल बस्तीका विशुनदेव राय दनुवारले अहिले इनारमा र चापाकल पानी सुकेका बताए। 

स्रोत सुक्दै गएपछि मानिस मात्र नभएर अहिले घरपालुवा पशु, चराचुरुंगी र वन्यजन्तुले पनि पानीको संकट झेल्दै छन्। यसैगरी बालीनाली पहेँलिएर सुक्न थालेका छन्। यहाँका बस्तीबस्तीमा अहिले खानेपानीको संकट बढेको छ। 

बर्दिबास–९ पशुपतिनगरका ६० वर्षीय महेन्द्र महतोको घर अगाडिको इनारमा पानीका लागि झारिएको डोल डुब्न छाडिसक्यो। उनले भने, “गर्मी अचाक्ली बढेको छ, पानीका स्रोत धमाधम सुक्दै छन्, अब पानीको संकट निकै बढ्ला जस्तो छ। अब इनारले पानी ख्वाउला भन्ने आस मर्‍यो। लगत्तै पानी नपर्ने हो भने आजभोलिमै इनारमा पानी स्याप्पै सुक्छ होला।” पछिल्ला केही वर्षयता बर्सेनि जसो यस्तै संकट भोग्नुपरेको महतोले बताए।   

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गएको छ तर जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रमा भने समस्या थप विकराल बन्दैछ। बर्दिबास–२ का रामबाबु धमला पानीका मुहान सुक्दै गएपछि धाराबाट पानी कतिखेर चुहिन्छ भनेर ताक हेर्नुपर्ने अवस्था आएको बताउँछन्।

यसैगरी भङ्गाहा नगरपालिकाका– ३, ४ , ५ र ९ मा इनार र चापाकल सुकेपछि निकै समस्या छ। भङ्गाहाकै १, २, ६, ७ र ८ का आर्टिजिन बोरिङबाट पानी झर्न छाडेको भङ्गाहा–८ धर्मपुरका उपेन्द्र चौधरी थारू बताउँछन्। भङ्गाहाका यी वडाबाहेक आर्टिजिन बोरिङ खानेपानीका स्रोत रहेका बलवा, लोहारपट्टी, रामगोपालपुर र औरही नगरपालिकामा पनि पानी झर्ने मात्रा निकै घटेको स्थानीय बताउँछन्।

यसैगरी गौशाला नगरपालिका क्षेत्रमा एकपछि अर्को इनार र चापाकल सुक्दै छन्। पानीका लागि साइकलमा गाग्री झुन्ड्याएर परपर जानुपरेको गौशाला–६ का तेजनारायण यादव बताउँछन्। जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा हाहाकारै परी नसके पनि सो क्षेत्रका खानेपानीको स्रोत चापाकल धमाधम सुक्दै गएका उनले बताए।

बस्तीमा पोखरी, डबराडबरी (साना पोखरी) सबैजसो सुकिसकेका छन्, यसले पशुभाउ बचाउन निकै सकस भएको पशुपालक किसान हीरादेवी दाहालले गुनासो गरे। यसका साथै वनक्षेत्रका पानी अडिने खाल्डाखुल्डी, जरुवा र डबरा सबै सुकेपछि चराचुरुंगी र वन्यजन्तु जोखिममा परेका छन्।

पुरानो चारकोशे झाडी (फार्लाइन पनि भनिन्छ) मा पानी नभेटेपछि पानीको खोजमा वन्यजन्तु बस्ती पसेका छन्। हरिण, मृग, जरायोसहितका जनावर उत्तरको चुरे काछतिर र बँदेल, नीलगाई र दुम्सीलगायतका वन्यजन्तु दक्षिणका सघन बस्तीमा पसेका छन्। यसरी पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरिदिँदा किसान दोहोरो मारमा परेका छन्। 

“यहाँ मान्छे र घरपालुवा जनावर जोगिन हाहाकार परेका बेला वन्यजन्तु पनि थपिएका छन्,” बलवा–१० धमौराका उत्तिम माझी भन्छन्, “पानीकै संकटबीच बाली पनि जोगाउन सकिएको छैन।” 

डिभिजन वन कार्यालय महोत्तरीले पानीको संकट चुलिँदै जाँदा पानीको खोजमा टाढाटाढा जान थालेपछि वनक्षेत्रमा वन्यजन्तु देखिन छाडेका जनाएको छ। 

“यहाँ वनभित्रका ताल, ससाना पोखरी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सबै सुकेका छन्, वनभित्र पानी भेटिन छाडेको छ,” कार्यालय प्रमुख सन्तोषकुमार झा भन्छन्, “मान्छे मात्रै होइन यहाँ वन्यजन्तु जोगाउन पनि गम्भीर संकट आउँदै छ।”

पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन कष्टकर छ, त्यसैमा पानीको समस्या थपिएको छ। बालीनाली तथा लहरा पहेँलिएर सुक्दै छन्। यो अवस्थाले पिरोलिएका नागरिक आकाशतिर फर्केर पानी पारिदिन ईश्वर पुकार्नुभन्दा अर्को विकल्प नभएको बताउँछन्। रासस 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending