Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

‘कृषि र उद्योगलाई सँगसँगै लैजान आवश्यक’

खबरडबली संवाददाता

झापा । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि र उद्योगलाई सँगसँगै विकास गरेर लैजान आवश्यक रहेको बताएकी छिन् । झापाको मेचीनगर-१४ स्थित सिङ्गापुर बेभरेज प्रालिको आज निरीक्षण गर्दै कृषिमन्त्री साहले कृषि क्षेत्रको विकास लागि उद्योगी-व्यवसायीलाई प्रोत्साहन आवश्यक रहेको बताइन । 

“मावन स्वास्थ्यसँग जोडिएको स्वस्थ्यकर र गुणस्तरीय उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगहरुलाई प्रोत्साहन गर्न जरुरी छ”, उनले भनिन्, “विभिन्न कार्यक्रमको माध्यमबाट कृषिसँग जोडिएका उद्योगलाई प्रोत्साहन गर्नुपर्छ, म मन्त्री भएको हैसियतले बेलाबेलामा छलफल गरिरहेको छु ।” 

उद्योगीलाई प्रोत्साहन गर्न देशभरि अभियानका रुपमा लैजानुपर्नेमा उनले जोड दिइन । खाद्यवस्तुको गुणस्तरको नियमन र सुधारका लागि सदनबाट खाद्य स्वास्थ्य गुणस्तर विधेयकका लागि नियमावली पास भएको बताउँदै त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको उल्लेख गरिन । 

“यसले गुणस्तरहीन वस्तुको नियमन र नियन्त्रण गर्न सहज हुन्छ”, उनले भनिन्, “गलत गर्नेलाई कडा कारबाही गर्नुपर्छ ।” निरीक्षणका लागि आएकी मन्त्री साह समक्ष उद्योगी-व्यवसायीले आफ्ना समस्या राखेका थिए । भारत, बङ्गलादेश, थाइल्याण्डलगायतका मुलुकबाट जुसका नाममा ‘फ्लेबर’ भएको पेय पदार्थ आयात हुँदा नेपाली उद्योगी मारमा परेको सिङ्गापुर बेभरेजका प्रबन्ध निर्देशक आशिष शर्माले बताए । 

“फ्लेबर मात्र भएको पेयपदार्थ नेपालमा आयात गर्न पाइँदैन”, उनले भने, “तर बजारमा छ्याप्छ्याप्ती त्यस्ता पेयपदार्थ पाइन्छ ।” सरकारले त्यस्तो कार्यको नियमन र अनुगमन नगर्दा नेपाली उद्योगी-व्यवसायी मारमा परेको उनको भनाइ छ । सात वर्षअघि स्थापना भएको सिङ्गापुर बेभरेजले ३२ वटाभन्दा बढी प्रकारका पेयपदार्थ उत्पादन गर्दै आएको छ । 

रु ८० करोड लगानी पुगिसकेको उद्योगमा हाल तीन सय ५० जनाले रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित पेयपदार्थ युरोप, अमेरिकालगायत ३५ वटा मुलुकमा निर्यात हुँदै आएको जनाइएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: