चितवन । जिल्लाको खैरहनी नगरपालिकाले जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार नगरपालिकाले किसानलाई अनुदान दिने भएको हो ।
नगरपालिकामा रहेका बाँझो जग्गाको उपयोग गरी कृषि उपजको उत्पादन र उत्पादकत्व बढाउन, विपन्न परिवारलाई आत्मनिर्भर बनाउन यो कार्यक्रम सञ्चालन गरिएको खैरहनी नगरपालिकाका नगरप्रमुख शशीकुमार खनियाले जानकारी दिए ।
नगरपालिकालाई कृषि उपजमा आत्मनिर्भर मात्रै होइन मुख्य व्यवसायको रुपमा विस्तार गर्दै विपन्न किसानको जीवनयापनलाई सहज बनाउन यस्तो कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । जग्गा नभएका, दुई कठ्ठाभन्दा कम जग्गा भएका र आम्दानीको अन्य स्रोत नभएका किसानको पहिचान गरी अनुदान प्रदान गरिएको नगर प्रमुख खनियाले बताए ।
नगरपालिकाबाट जग्गा भाडाका लागि अनुदान पाएका अधिकांश किसानले खाद्य बाली लगाउने छन् । अनुदान पाएका सन्तोषबहादुर परियार बिहान बेलुकाको छाक टार्न समस्या भएको बताए । मौसमअनुसार धान, तोरीलगायतका अन्नबाली लगाउने योजना आफूले बनाएको परियारको भनाइ छ ।
दश कठ्ठा जग्गाको भाडाको लागि अनुदान पाएकी सुखिया महतोले परम्परागत खेती गरेर आम्दानीको स्रोत बनाउने बताए । उनले भने, “खेती गर्ने जग्गा नभएर सबै कुरा किनेर खानुपर्ने अवस्था थियो, अब आफै फलाएर जीवन धान्ने योजना छ ।”
खैरहनीमा विपन्न, मध्यम र व्यावसायिक गरी तीन प्रकारका किसान रहेको भन्दै प्रमुख खनियाले विपन्नलाई कृषि पेसामा आबद्ध गराउने, मध्यम किसानलाई उकास्ने र व्यावसायिक किसानलाई अनुदानमार्फत उत्पादन बढाउने गरी काम गरिरहेको बताए ।
नगर उपप्रमुख कविता उप्रेतीले विपन्न तथा भूमिहीन किसानलाई कृषि उत्पादनसँग जोड्न जग्गा भाडामा अनुदान कार्यक्रम ल्याइएको बताइन । यसलाई क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको उपप्रमुख उप्रेतीको भनाइ छ ।
कार्यक्रम कार्यान्वयनको लागि जम्मा आठ हेक्टर जमिनमा खेती गर्न सम्झौता भएको यसबाट वार्षिक दुई सय १० मेट्रिक टन तरकारी र १८ दशमलव पाँच मेट्रिक टन खाद्यान्न थप उत्पादन हुने नगरपालिकाले अपेक्षा गरेको नगरपालिकाका कृषि विकास अधिकृत गौरव न्यौपानेले जानकारी दिए ।
यस कार्यक्रममा हालसम्म ३१ जना किसान दुई दशमलव पाँच कठ्ठादेखि १० कठ्ठासम्म जग्गा भाडा अनुदानका लागि सम्झौता भएको र छनोट भएका किसानले प्रतिकठ्ठा प्रतिमहिना रु दुई हजारको दरले तीन वर्षसम्म निरन्तर अनुदान प्राप्त गर्ने नगरपालिकाले जानकारी गराएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: