Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र

खबरडबली संवाददाता

बागलुङ । अहिले बागलुङको पर्यटकीय क्षेत्र रिग ताल वरपर पर्यटकको भन्दा गोठाला र भेडाबाख्राको चहलपहल बाक्लो छ । बर्खा लाग्न सुरु भएँगै बुकी उक्लिएका भेडीगोठ अबको केही साता रिग ताल क्षेत्रमै रहने छन् ।

सिरसिर चल्ने सिरेठो, भर्खर उम्रिएका भुइँ घाँसमा एकोहोरो पाराले चरिरहेका भेडाबाख्रा । ताल छेउको ठूलो चौर हजारौँ सङ्ख्याका सेताम्य भेडाबाख्राले ढाकिदा यहाँको सुन्दरता बयान गर्न नसकिने देखिन्छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गभन्दा केही मास्थिरपट्टी रहेको तालको सुन्तरतालाई भेडाको बथानले अझ बढी आकर्षित बनाई दिएको छ । यही जेठ पहिलो सातादेखि नै बुकी उक्लिन थालेका भेडाका बथान अबको केही दिनमा रिग क्षेत्र छोडी सक्छन् ।

बागलुङ, रोल्पा र पूर्वी रुकुमका भेडापालक किसान गोठ छाउनका लाग चाहिने त्रिपाल, बर्खाभरि खाने खर्च र ओड्ने दोछ्याउने विस्तारसहित यहाँ आइ पुगेका हुन् । रिग ताल क्षेत्रमा बागलुङको निसीखोला गाउँपालिका–६ का किसानले काठ, ढुङ्गा र जस्तापाताले गोठ बनाएका छन् । बुकी नउक्लिदासम्म उनीहरु यही बस्ने गर्छ । 

यति बेला थोरै मात्रै भेडापालक लेकमा पुगेका छन् । एक साताभित्र बेँसीमा रहेका सबै भेडाबाख्रा लेकमा पुग्छन् । तीन हजार दुई सय मिटरको उचाइमा रहेको रिग ताल क्षेत्रबाट चार हजार मिटरको उचाइसम्म पुग्ने तयारीमा यहाँ आइपुगेका गोठाला छन् । अहिले रिग ताल वरपर करिब पाँच हजारको हाराहारी भेडाबाख्रा छन् ।

यी भेडाबाख्रा त्यसभन्दा माथिल्लो क्षेत्र बुकीमा पुगे भने बेँसीमा रहेका अन्य गोठालाले आफ्ना पशुचौपाया रिग तालमा लैजान सुरु गर्छन् । एकै परिवारले पाँच सयदेखि तीन हजारसम्म भेडाबाख्रा पाल्ने हुँदा एकै पटक रिग क्षेत्रमा व्यवस्थापन गर्न सकिँदैन । त्यसले गर्दा पालैपालो लेक उक्लने गर्छन् । 

लेक चढ्ने याम सुरु भएको हुँदा अघिअघि भेडाबाख्रा पछिपछि गोठाला खर्चपर्च बोकेर हिँडिरहेका देखिन्छन् । जाडो र हिमपात छल्नका लागि गत मङ्सिरमा बेँसी झरेका भेडीगोठ जेठ पहिलो सातदेखिनै लेकतिर उक्लिन थालेका हन् । तल्लो क्षेत्रमा गर्मी बढेसँगै भेडीगोठ लेक सार्न थालेको निसीखोला गाउँपालिका–६ का भेडापालक लालसिंह घर्ती मगरले बताए ।

छ महिना बेँसीमा बस्दा घाँस सकिएपछि लेक चढ्न थालेको उनको भनाइ छ । यो सिजनमा बेँसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस पर्याप्त पाइने हुँदा जेठ महिनादेखि नै लेक चढ्न सुरु गरेको घर्ती मगर बताउँछन् । अहिले लेक चढ्न थालेका भेडीगोठाले दसैँ तिहार बेला मात्रै बेँसी झर्ने उहाँको भनाइ छ । बेला–बेलामा चर्ख लिन झर्ने गोठाला चार महिना लेकमै बिताउने घर्ती मगरले बताए । लेकमा बस्दा निकै दुःख हुने भन्दै यो बाउबाजेको पालादेखि यो पेसा गर्दै आएको हुँदा आफू पनि यसैमा लागेको उनको भनाइ छ । 

घर्ती मगरले भने, “लेकबेँसी गर्ने चलन त यो हाम्रो पुर्खादेखि हुँदै आएको हो, एउटै घरमा एक हजारभन्दा धेरै वस्तुभाउ पाल्ने हुँदा बेँसीमा मात्रै राख्न सकिदैन, यतिका महिनासम्म गाउँ घरमै राखेर पालियो, अब लेकतिर घाँस पलाउन थाले त्यही भएरमाथि उक्लिन थालेका हौँ, दुई÷चार दिनपछि यहाँ ९रिग ताल० भन्दामाथि खानीखोला तिर लैजान्छौँ, उतै चार महिना बित्छ, अब घर झर्ने त दसैँ मनाउन हो, कहिलेकाहीँ खर्च सकिएपछि र बिरामी भएपछि घर जान्छौँ ।”

रोल्पाको तेलखोलाका सन्तोष घर्ती पनि सात सय भेडाबाख्रा लिएर रिग क्षेत्रमा आएका छन् । रोल्पाको माथिल्लो क्षेत्र हुँदा रिग क्षेत्रमा आएका उनी मङ्सिरमा मात्रै बेँसी झर्छन् । करिब तीन महिनाका लागि पुग्ने आटो, पिठो र नुन लिएर आएको सुनाउँदै तीज बेला एक पटक गाउँ झर्ने उनले सुनाए । 

यस वर्ष दुई सय भेडा बिक्रीका लागि तयार गरि रहेको भन्दै दसैँ बेला बजार जाने र फर्किएपछि गाउँ झर्ने उनको भनाइ छ । यस वर्ष लामो समय खडेरी पर्दा पहिलोको जस्तो लेकमा घाँस नपलाएको उनले बताए । बर्खाको घाँसले भेडाबाख्रा सप्रिने र दसैँमा राम्रो मूल्य पाइने उनले जानकारी दिए ।

“मैले भेडा पाल्न थालेको १८ वर्ष भयो, हाम्रो पालामा धेरै मान्छेहरु भेडा पाल्न रुचाउँथे, नयाँ युवा पुस्ताले यस तर्फ खास्सै चासो नदिँदा पहिलेको जस्तो चहलपहल छैन, परम्परागत भेडीगोठ राख्ने प्रचलन लोप हुन्छ कि भन्ने डर छ, पहिले बुकीमा लाखको हाराहारीमा भेडाबाख्रा हुन्थे, अहिले केही छैन”, उनले भने, “यस वर्ष २०÷२२ लाख आम्दानी हुने गरी भेडाबाख्रा तयारी छन्, चार सय भेडा ब्याउने छन्, पहिलेको जस्तो आम्दानी हुँदैन पहिले वार्षिक ४० लाख आम्दानी हुन्थ्यो, अबको एक हप्तामा सबैभन्दा माथिल्लो क्षेत्रमा पुग्छौँ ।”     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पश्चिम तराईमा हुस्सु र शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर । बाक्लो हुस्सु र लगातारको शीतलहरले पश्चिम तराईका जिल्लामा चिसो बढाएको छ। धनगढी, कञ्चनपुर लगायतका क्षेत्रमा दिनभर हुस्सु र चिसोको सामना गर्नु...

एमाले महाधिवेशन असाधारण, स्वस्थ प्रतिस्पर्धा भएको विष्णु रिमालको धारणा

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु प्रसाद रिमालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन असाधारण भएको बताएका छन्। उनले महाधिवेशनमा गरिमा, उत्साह र स...

काठमाडौँका २९ विद्यालयले राखे नेपालीपन झल्किने नयाँ नाम

काठमाडौँ । यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै क...

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ । सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बता...

एकैदिन घट्यो सुनको मूल्य तोलामा दुई हजार

काठमाडौं । नेपाली बजारमा शुक्रबार (पुस ४) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...

दोलखामा कांग्रेसले प्रतिनिधि र समानुपातिक सांसदका लागि उम्मेदवार सिफारिस गर्‍यो

दोलखा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस दोलखाले बागमती प्रदेशसभा सदस्य एवं पूर्व मन्त्री कुन्दनराज काफ्लेसह...

रवि लामिछानेको सशर्त रिहाइ विधिको शासन र राजनीतिक उपयुक्तताका दृष्टिले स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...

टुकुचा खोलामा फोहर पानी प्रशोधन केन्द्र निर्माण हुँदै

काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...

शेरधन राईको घरमा डबल खुसी पद र पितृत्व, ५५ वर्षमा पहिलोपटक बाबु बन्दै

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...

रूपन्देहीमा कलेज पढ्दै गरेका १७ वर्षीय युवकको हत्या,

रूपन्देही।  रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending