Khabar Dabali २५ असार २०८३ बिहीबार | 9th July, 2026 Thu
Investment bank

मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर

खबरडबली संवाददाता

गण्डकी । कुनै समय घुमाउने ९गोलो घर० नै लोपोन्मुख गन्धर्व जातिको परम्परागत बासथलो थियो । ढुङ्गा, माटो र काठले ती घर बन्थे । छानो खरको हुन्थ्यो । पहाडे वास्तु झल्काउने खालका झ्याल–ढोका हुन्थे । तर हिजोआज त्यस्ता मौलिक रुपमा घर देख्नै मुस्किल हुन थालेको छ । कतिपय ठाउँमा त घुमाउने घर संरक्षणको अभियान नै सुरु गरिएको छ । गन्धर्व जाति मात्र नभएर अन्य समुदायमा पनि छिटपुट रुपमा घुमाउने घर देख्न पाइन्छ । 

पोखरा महानगरपालिका–१६ बाटुलेचौर पनि पुस्तौँदेखि गन्धर्व जातिको थातथलो रहेको ठाउँ हो । नेपाली लोकसङ्गीतका प्रसिद्ध गायक एवं सर्जक झलकमान गन्धर्वदखि सारङ्गीवादनमा ख्याती आर्जेका धनबहादुर गन्धर्वसम्मको जन्मथलो पनि बाटुलेचौर हो । त्यही बाटुलचौर नजिकै रहेको धार्मिक तथा ऐतिहासिक महत्वको महेन्द्र गुफा परिसरमा पर्यटकीय आकर्षण थप्न बनाइएको ‘ नमूना गन्धर्वघर’ भने मौलिकता बिर्सेर बनाइएको छ । 

उक्त गुफाको सौन्दर्यीकरण योजनाअन्तर्गत गन्धर्व सङ्ग्रहालय स्थापनाका लागि निर्मित उक्त घर कङ्क्रिटबाट बनेको छ । घरको संरचना गोलो आकारको भएपनि निर्माण सामग्री र अन्य संरचना बनाउँदा परम्परागत शैली अपनाएको देखिन्न । घरको पिढीँछेउ सिमेन्टका पिल्लर ठडाइएको छ । काठको ठाउँमा फलाम प्रयोग गरिएको छ । खर या ढुङ्गाले छाउनुपर्ने छाना जस्ताले छाइएको छ ।

महेन्द्र गुफा–चमेरे गुफा पर्यटकीय विकास समितिका सदस्य सचिव शिशिर पौडेलले गन्धर्व सङ्ग्रहालयको उद्देश्य अनुरुप घरको बाहिरी संरचनाले मेल नखाएको बताए । “गन्धर्व जातिको परम्परागत घरको नमुना देखाउने गरी घुमाउने घर बनाइएको हो, तर कङ्क्रिट प्रयोग गर्दा मौलिकता देखिएन”, उनले भने, “सुरुमा लागत अनुमान गर्दा नै कमजोरी भएकाले पछि परिवर्तन गर्न सकिएन ।”

लागत अनुमान फेरेर ढुङ्गा, माटो र काठबाट मौलिक शैलीको गन्धर्वघर बनाउने विषयमा कुरा उठेपनि त्यसका लागि सहरी विकास तथा भवन कार्यालय तयार नभएको सदस्य सचिव पौडेलले बताए । उनले गन्धर्व जातिको लाकप्रिय बाध्ययन्त्र सारङ्गीसहित मौलिक कला, संस्कृति, रहनसहन आदि झल्काउने सामग्री सङ्ग्रहालयमा राखिने बताए । “बाटुलेचौर गन्धर्व जातिको प्रमुख बसोबास रहेको ठाउँ हो, अति कम जनसंख्या भएको लोपोन्मुख गन्धर्व जातिको पहिचान झल्काउने गरी सङ्ग्रहालयलाई व्यवस्थित गर्छौँ”, उनले भने । महेन्द्र गुफा सौन्दर्यकरण योजनाका लागि संरचना बनाउने जिम्मा पाएको लुना बिल्डर्सका सुपरभाइजर सुपीप खत्रीले ८५ प्रतिशत काम पूरा भएको बताए । “भौतिक संरचना निर्माणको काम करिब सकिएको छ, अब रङ्रोगन, विद्युतीकरण, साजसज्जालगायतको काम बाँकी छ”, उनले भने, “यही महिनाभित्र काम सक्ने लक्ष्य छ ।”

गण्डकी प्रदेश सरकारको रु। आठ करोड ५८ लाखको बजेटमा महेन्द्र गुफामा पर्यटकीय संरचना निर्माणको काम भइरहेको हो । समितिका अनुसार सङ्ग्रहालय, गन्धर्वघर, खुला डबली, ढुङ्गे धारा, शिव लिङ्ग, सभाकक्ष, बगैँचा, विश्रामस्थल, पानीको फोहोरालगायतका संरचना निर्माण गरिएको छ । महेन्द्र गुफा परिसरमा निर्मित ती संरचनाले त्यस क्षेत्रको पर्यटकीय आकर्षण थप बढ्ने समितिका सदस्य सचिव पौडेलले बताए । “महेन्द्र गुफा आफैमा प्राचिन र प्राकृतिक महत्वको पर्यटकीय गन्तव्य हो, यहाँ नयाँ बनेका पूर्वाधारले पर्यटक थप वृद्धि हुने अपेक्षा लिइएको छ”, उनले भने ।  

पोखरा–१६ बाटुलेचौरमा पर्ने महेन्द्र गुफा र चमेरे गुफालाई जोडेर गुरुयोजनामार्फत पर्यटकीय विकासको काम भइरहेको उनले बताए । विसं २०७९ भदौमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले महेन्द्र गुफामा संरचना निर्माणको काम सुरु गरेको थियो । प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले केआइसिँह पुलदेखि महेन्द्र गुफासम्म अपाङ्गतामैत्री पैदलमार्ग निर्माणको काम पनि भइरहेको जानकारी दिए ।  

विसं २०१६ मा तत्कालीन राजा महेन्द्र बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले राजालाई गुफाको अवलोकन गराउन लगेपछि पछि गुफाको नाम महेन्द्र गुफा रहन गएको थियो । एक सय २५ मिटर लम्बाइको महेन्द्र गुफामा देखिने विभिन्न देवीदेउताका आकृतिले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पछिल्लो समय महेन्द्र गुफामा भारतीतसहित विदेशी पर्यटकको संख्या पनि उल्लेख्य रुपमा बढेको समितिका सदस्य सचिव पौडेलले बताए ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गोर्खा जेलब्रेककी उमा भुजेलको नेतृत्वमा विप्लव नेकपा विभाजित, नयाँ पार्टी घोषणा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फेरि विभाजन भएको छ। पार्टीकी पूर्ववरिष्ठ नेतृ उमा भुजेल ‘शिलु’ को नेतृत...

टेलिकम बिलिङ भ्रष्टाचार मुद्दामा पूर्व एमडी संगीता पहाडीसहित सबैले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार (एएमसी) ठेक्का सम्बन्धी बहुचर्चित भ्रष्टाचार मुद...

पहाडका खेतमा बग्ने पसिना : जसले हाम्रो भान्सामा जीवन पाक्छ

काठमाडाैं ।पहाडको काखमा फैलिएका हरिया सिँढीनुमा खेतहरू हेर्दा जो–कोहीको मन लोभिन्छ। बिहानको सुनौलो घाम ती खेतमाथि पर्दा लाग्छ, प्रकृतिले आफैँ एउटा सुन...

सेक्स कहिले गर्ने ? बिहान राम्रो कि राति ? विज्ञहरूले के भन्छन्

काठमाडौं । यौन सम्बन्ध (सेक्स) दम्पतीबीचको व्यक्तिगत विषय हो। यसको कुनै निश्चित समय वा अनिवार्य संख्या हुँदैन। दुवै पार्टनरको इच्छा, स्वास्थ्य अवस्था,...

२५ हजार थमाएर होल्डिङ सेन्टर खाली, सुकुमवासी आफन्तको शरणमा

काठमाडौं । सरकारले खातामा २५ हजार रुपैयाँ जम्मा गरेपछि नगरकोट र बोडेस्थित होल्डिङ सेन्टर खाली गराएको सुकुमवासीहरूले बताएका छन्। तर बस्ने कोठा नपाउँदा ...

कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र

सुर्खेत । कर्णालीका ४६ स्थानीय तहमा मौसम मापन केन्द्र सञ्चालनमा आएका छन् । उनान्नअसी वटा स्थानीय तहमध्ये अब ३३ स्थानीय तहमा मौसम मापन केन्द्र स्थापना ...

देउवा पुत्र जयवीरलाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने पुर्जी

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा का छोरा जयवीर देउवा को नाममा सातद...

निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला सप्तरीको राजविराज नगरपालिका–३ स्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दाससहित दु...

पत्रकारमाथि धरपकड भए सिंहदरबार केन्द्रित आन्दोलन, अन्तर्राष्ट्रिय मिडिया मिसनसमेत गुहार्ने महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारमाथि बढ्दो धरपकड, सूचनामा विभेद र प्रेस स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आफ्नो आन्दोलन थप सशक्त बनाउन...

मकवानपुरमा पाँच दिन राहदानी सेवा बन्द हुने

बागमती । जिल्ला प्रशासन कार्यालयले यही असार २४ गतेदेखि २८ गतेसम्म मकवानपुरभरि राहदानी सेवा बन्द हुने जनाएको छ । प्रशासनले आज सूचना जारी गर्दै राहदानी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending