Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

मौलिकता बिर्सेर बनाइयो नमूना गन्धर्वघर

खबरडबली संवाददाता

गण्डकी । कुनै समय घुमाउने ९गोलो घर० नै लोपोन्मुख गन्धर्व जातिको परम्परागत बासथलो थियो । ढुङ्गा, माटो र काठले ती घर बन्थे । छानो खरको हुन्थ्यो । पहाडे वास्तु झल्काउने खालका झ्याल–ढोका हुन्थे । तर हिजोआज त्यस्ता मौलिक रुपमा घर देख्नै मुस्किल हुन थालेको छ । कतिपय ठाउँमा त घुमाउने घर संरक्षणको अभियान नै सुरु गरिएको छ । गन्धर्व जाति मात्र नभएर अन्य समुदायमा पनि छिटपुट रुपमा घुमाउने घर देख्न पाइन्छ । 

पोखरा महानगरपालिका–१६ बाटुलेचौर पनि पुस्तौँदेखि गन्धर्व जातिको थातथलो रहेको ठाउँ हो । नेपाली लोकसङ्गीतका प्रसिद्ध गायक एवं सर्जक झलकमान गन्धर्वदखि सारङ्गीवादनमा ख्याती आर्जेका धनबहादुर गन्धर्वसम्मको जन्मथलो पनि बाटुलेचौर हो । त्यही बाटुलचौर नजिकै रहेको धार्मिक तथा ऐतिहासिक महत्वको महेन्द्र गुफा परिसरमा पर्यटकीय आकर्षण थप्न बनाइएको ‘ नमूना गन्धर्वघर’ भने मौलिकता बिर्सेर बनाइएको छ । 

उक्त गुफाको सौन्दर्यीकरण योजनाअन्तर्गत गन्धर्व सङ्ग्रहालय स्थापनाका लागि निर्मित उक्त घर कङ्क्रिटबाट बनेको छ । घरको संरचना गोलो आकारको भएपनि निर्माण सामग्री र अन्य संरचना बनाउँदा परम्परागत शैली अपनाएको देखिन्न । घरको पिढीँछेउ सिमेन्टका पिल्लर ठडाइएको छ । काठको ठाउँमा फलाम प्रयोग गरिएको छ । खर या ढुङ्गाले छाउनुपर्ने छाना जस्ताले छाइएको छ ।

महेन्द्र गुफा–चमेरे गुफा पर्यटकीय विकास समितिका सदस्य सचिव शिशिर पौडेलले गन्धर्व सङ्ग्रहालयको उद्देश्य अनुरुप घरको बाहिरी संरचनाले मेल नखाएको बताए । “गन्धर्व जातिको परम्परागत घरको नमुना देखाउने गरी घुमाउने घर बनाइएको हो, तर कङ्क्रिट प्रयोग गर्दा मौलिकता देखिएन”, उनले भने, “सुरुमा लागत अनुमान गर्दा नै कमजोरी भएकाले पछि परिवर्तन गर्न सकिएन ।”

लागत अनुमान फेरेर ढुङ्गा, माटो र काठबाट मौलिक शैलीको गन्धर्वघर बनाउने विषयमा कुरा उठेपनि त्यसका लागि सहरी विकास तथा भवन कार्यालय तयार नभएको सदस्य सचिव पौडेलले बताए । उनले गन्धर्व जातिको लाकप्रिय बाध्ययन्त्र सारङ्गीसहित मौलिक कला, संस्कृति, रहनसहन आदि झल्काउने सामग्री सङ्ग्रहालयमा राखिने बताए । “बाटुलेचौर गन्धर्व जातिको प्रमुख बसोबास रहेको ठाउँ हो, अति कम जनसंख्या भएको लोपोन्मुख गन्धर्व जातिको पहिचान झल्काउने गरी सङ्ग्रहालयलाई व्यवस्थित गर्छौँ”, उनले भने । महेन्द्र गुफा सौन्दर्यकरण योजनाका लागि संरचना बनाउने जिम्मा पाएको लुना बिल्डर्सका सुपरभाइजर सुपीप खत्रीले ८५ प्रतिशत काम पूरा भएको बताए । “भौतिक संरचना निर्माणको काम करिब सकिएको छ, अब रङ्रोगन, विद्युतीकरण, साजसज्जालगायतको काम बाँकी छ”, उनले भने, “यही महिनाभित्र काम सक्ने लक्ष्य छ ।”

गण्डकी प्रदेश सरकारको रु। आठ करोड ५८ लाखको बजेटमा महेन्द्र गुफामा पर्यटकीय संरचना निर्माणको काम भइरहेको हो । समितिका अनुसार सङ्ग्रहालय, गन्धर्वघर, खुला डबली, ढुङ्गे धारा, शिव लिङ्ग, सभाकक्ष, बगैँचा, विश्रामस्थल, पानीको फोहोरालगायतका संरचना निर्माण गरिएको छ । महेन्द्र गुफा परिसरमा निर्मित ती संरचनाले त्यस क्षेत्रको पर्यटकीय आकर्षण थप बढ्ने समितिका सदस्य सचिव पौडेलले बताए । “महेन्द्र गुफा आफैमा प्राचिन र प्राकृतिक महत्वको पर्यटकीय गन्तव्य हो, यहाँ नयाँ बनेका पूर्वाधारले पर्यटक थप वृद्धि हुने अपेक्षा लिइएको छ”, उनले भने ।  

पोखरा–१६ बाटुलेचौरमा पर्ने महेन्द्र गुफा र चमेरे गुफालाई जोडेर गुरुयोजनामार्फत पर्यटकीय विकासको काम भइरहेको उनले बताए । विसं २०७९ भदौमा ठेक्का सम्झौता भई निर्माण कम्पनीले महेन्द्र गुफामा संरचना निर्माणको काम सुरु गरेको थियो । प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले केआइसिँह पुलदेखि महेन्द्र गुफासम्म अपाङ्गतामैत्री पैदलमार्ग निर्माणको काम पनि भइरहेको जानकारी दिए ।  

विसं २०१६ मा तत्कालीन राजा महेन्द्र बाटुलेचौर आउँदा त्यहाँका स्थानीयले राजालाई गुफाको अवलोकन गराउन लगेपछि पछि गुफाको नाम महेन्द्र गुफा रहन गएको थियो । एक सय २५ मिटर लम्बाइको महेन्द्र गुफामा देखिने विभिन्न देवीदेउताका आकृतिले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पछिल्लो समय महेन्द्र गुफामा भारतीतसहित विदेशी पर्यटकको संख्या पनि उल्लेख्य रुपमा बढेको समितिका सदस्य सचिव पौडेलले बताए ।     

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’

काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...

सुशीला सरकारले गरेका निर्णयमा कुनै आपत्ति छैन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...

रवि लामिछाने र प्रधानमन्त्री कार्कीबीच बालुवाटारमा शिष्टाचार भेट

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...

समानान्तर संरचनाले कांग्रेसमा गहिरिँदै विभाजन

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...

एमाले नेता अधिकारीकाे रास्वपा प्रवेश गर्ने तयारी

काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक निर्णय : गगन थापाको राजीनामा अस्वीकृत

काठमाडौँ ।  सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...

‘पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले ५ वर्ष टिक्न दिँदैनन्ः सांसद विश्वराज पोखरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...

चुनावी हारपछि कांग्रेस–एमालेमा आन्तरिक तनाव तीव्र

काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले  भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...

१० घण्टादेखि कांग्रेस केन्द्रीय समिति बैठक, थापाको राजीनामा प्रस्ताव अस्वीकृत गर्ने मत एकमत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: