Khabar Dabali १० माघ २०८२ शुक्रबार | 23rd January, 2026 Fri
Investment bank

सबै जनप्रतिनिधिले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुभएको छ : सांसद सिर्पाली

खबरडबली संवाददाता

काठमाडौं । संसदीय अभ्यास आफ्नो देशको समाज, परिस्थिति र परिवेशानुसार सञ्चालन हुन्छ । संसद्मा ऐन, नियम र कानुन जसरी बनेका छन् त्यहीभित्र रहेर अभ्यास गर्ने हो । धेरै कुरा परिस्थितिमा निर्भर हुन्छ । सबै जनप्रतिनिधिले प्राप्त जिम्मेवारी र भूमिकालाई इमान्दारीपूर्वक निर्वाह गरेका छन् ।

सहज परिस्थिति नहुँदा कार्ययोजनाअनुरुप परिणाम देखाउन नसकेको साँचो भए पनि कामै नभएको भन्न मिल्दैन । अहिले पनि विधेयक पारित गर्ने प्रक्रिया अघि बढाएका छौँ । केहीमा छलफल गरिरहेका छौँ, कतिपय टेबल गर्ने क्रममा छन् । राजनीतिमा फरक विचार हुनु स्वाभाविक हो । समय र मुद्दा सापेक्षका आधारमा सहकार्य गरेर जानुपर्छ । कहिलेकहीँ मुद्दा बाँझिदा बेमेल र द्वन्द्वको वातावरण बन्न जान्छ । संसदीय व्यवस्थामा सत्ता र प्रतिपक्ष भनेका एकघरका दुई भाइजस्ता हुन् । सर्वसम्मतरुपमा सत्तापक्ष भएर बसेको कोही देखिन्न ।

संसद्मा सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो धर्म निभाउने कुरा स्वाभाविक हुन्छ । कहिले अलि चर्काे भएर आउँदा यो फेरि केहो भन्ने लाग्छ । कहिलेकाहीँ त्यो स्थिति पनि देखा परेको छ । संसदीय राजनीतिलाई अपनाइसकेपछि सबैका सिद्धान्त त्यहीँभित्रै बस्छन् । संसद्मा फरक विचार र धार भएका कोही कम्युनिष्ट, कांग्रेस, राजावादी, मधेसवादी छौँ, संसदीय प्रणालीको ढोकाभित्र पसेपछि त्यहीँभित्रको मिश्रित सिद्धान्तमै अघि बढ्नुपर्ने हुन्छ ।  

नीति निर्माणका लागि हुने छलफल र बहस आफ्नो दृष्टिकोणअनुसार हुन्छ भने संसदीय प्रणालीमा उक्त प्रक्रियाका सिद्धान्तभित्र रहेर आफ्नो कार्यप्रणाली, कार्यक्रम र बहसलाई अघि बढाउनुपर्छ । बाहिर आएपछि पार्टीको नीति, विधि र सिद्धान्तमा स्पष्टरुपमा उभिन्छौँ ।

मुलुकमा भ्रष्टाचार बढ्नुमा स्थिर सरकार नहुँदाको समस्या हो । त्यो नहुँदा सरकारले आफूले चाहेको नीति, नियम र कार्यक्रम आफ्नो ढङ्गले तय गरी अघि बढ्न सक्दैन । कार्यान्वयनको पक्षमा झनै चुनौती बढ्दै जान्छ । अर्काे विषय भनेको हामी राज्य र समाजप्रति कति इमान्दार छौँ भन्ने पाटो पनि जोडिएको हुन्छ । 

पछिल्लो चरणमा भ्रष्टाचार न्यूनीकरण र भएका घटना सार्वजनिक गर्ने महत्वपूर्ण प्रयास भएको छ । सरकारले समृद्धि र सुशासनका लागि कार्यक्रम र योजना बनाएर अघि बढिरहेको छ । केही सकारात्मक प्रयास भए पनि दिगो र परिणाममुखी बनाउने विषयमा आमजनता, नागरिक समाज र सञ्चारमाध्यमको साथ र सहयोग आवश्यक पर्दछ । 

अहिलेको निर्वाचन प्रणालीले पनि भ्रष्टाचार बढाउन केही मलजल गरेको छ । निर्वाचन प्रणाली खर्चिलो राख्ने अनि सुशासनका कुरा आपसमा अन्तर विरोधी विषय हुन् । निर्वाचन जित्न जसरी पनि लडनु प¥यो । खर्च गर्नुप¥यो । यो निर्वाचन प्रणालीमा चुनाव जित्न खर्चको प्रतिस्पर्धा हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणाली नअपनाएसम्म चुनावमा हुने खर्च र भ्रष्टाचार रोकिदैन ।

अस्थिर सरकार तथा योग्यता र क्षमताअनुरुपको रोजगारी नहुँदा युवा तथा विद्यार्थीको विदेश पलायन बढेको छ । राजनीति प्रणालीअनुसारनै विकास प्रणाली अघि बढ्छ । अर्काेतर्फबाट बहस गर्ने हो भने अहिले केही मानिस सरकारी जागिरसमेत छाडेर विदेश गएको अवस्था छ । मासिकरुपमा आउने रकमले सहजरुपमा जीविकोपार्जन गनृ समस्या हुँदा यस्तो अवस्था सिर्जना भएको हो । समाज विकासको क्रमसँगै मानिसका महत्वकाङ्क्षा पनि बढेर जाने भएकाले समयसापेक्ष सेवासुविधा परिमार्जन गर्दै जानु पर्दछ ।

नेपालमा सम्भावना छैन भन्ने भाष्य निर्माण गरिँदैछ, त्यो पनि गलत छ । कैयौँ मानिस विदेश गई फर्केर आएपछि आत्मनिर्भर बनेका उदाहरण छन् । स्वदेशमै पनि सम्भावना छ, राज्यले त्यसलाई व्यवस्थित गर्न नसक्दा केही समस्या र युवामा निराशा उत्पन्न भएको हो । दिनानुदिन बढ्दै गएको महत्वकाङ्क्षालाई मुलुकको परिवेशमा अहिले पूरा गर्न नसकिएको सत्य हो । 

नेपाली समाजमा अहिले जसलाई सहयोगको जरुरत छ, उसलाई प्राप्त हुन्न, जो आफैँ सक्षम र सुझबुझ राख्छ उसलाई सहयोग उपलब्ध गराउने गलत कार्य भइरहेको छ । संविधानमा सार्वभौमसत्ता जनतामा निहितरहेको भनिएको छ । अहिले जनता रैती होइन, नागरिकमा परिणत भएका छन् । 

राज्यबाट उपलब्ध हुने सेवासुविधा समान र सन्तुलित ढङ्गबाट जनताले उपभोग गर्न पाउनुपर्छ । समाजमा उसको सम्पत्तिको स्तर हेरेर होइन, आवश्यकताका आधारमा छिटो छरितो काम अघि बढाइदिनुपर्छ । जनता सचेत भएर विषयवस्तु बाहिर नल्याएसम्म भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन हुदैन ।     
     
सांसद सुशीला सिर्पाली ठकुरीको परिचय     
     
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमा प्रतिनिधिसभा सदस्य बनेकी  नेत्री सिर्पाली विसं २०४६ देखि राजनीतिमा प्रवेश गरेकी हुन् । विसं २०४९ मा पार्टीको पूर्णकालीन सदस्य भई काम गर्ने सिलसिलामा उनी २०४७ देखि २०५४ सम्म भारतमा निर्वासित भएर पार्टीको काममा जुटेकी छन् । 

अखिल भारत नेपाली महिला समाजको अध्यक्ष र राष्ट्रिय दलित आयोगका अध्यक्ष भई काम गरेको अनुभव उनीसँग छ । सांसद सिर्पाली हाल प्रतिनिधिसभा महिला तथा बालबालिका समिति सदस्य रहेकी छन् ।     
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजीको जोश चुनावी मैदानमा, तर राजनीति अझै पुरुषप्रधान !

निर्वाचनमा जेनजीको उपस्थिति नेपाली राजनीतिका लागि आशा

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै गएकोप्रति आपत्ति

 काठमाडाैं । संविधानविद् तथा राजनीतिक विश्लेषक भीमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । पछिल्लो सम...

सत्ता, हार र पुनरागमन: चुनावी मैदान नछाड्ने पाँच सदाबहार अनुहार

अनुभवको दाबी, सत्ता मोहको आरोप: किन दोहोरिन्छ उही अनुहार ?

महेश बस्नेतविरुद्ध रास्वपाद्वारा धनुषामा प्रदर्शन

जनकपुर । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध धनुषामा प्रदर्शन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, धनुषा एवम् मधेश प्रदेश र्याट विभागका सदस्यहरुले ...

काठमाडौं–५ मा पुस्तान्तरणको चुनाव: हेभिवेट नेतामाथि नयाँ पुस्ताको चुनौती

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–५ मा चुनावी माहोल तातेको छ। एकातिर कांग्रेस–एमालेका अनुभवी ‘हेभिवेट’ नेता छन् भने अर्कोतिर नय...

जनयुद्धमा आमाबुवा गुमाएका सन्दीप प्रचण्डसँग चुनावी मैदानमा

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि रूकुम पूर्वमा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यस निर्वाचन क्षेत्रमा हालसम्म ...

रेशम चौधरीको उम्मेदवारी रद्द, अन्य उम्मेदवारविरुद्धको उजुरीमा आयोगले के गर्यो निर्णय ?

काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको छ । चौधरीले कैलाली निर्वाचन क्षेत्र नम्...

एसबीआई बैंक लुटपाट प्रकरण: कीर्तिपुरबाट थप एक जना पक्राउ

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित नेपाल एसबीआई बैंकको शाखा कार्यालयमा भएको नगद लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ए...

कांग्रेसको टिकटमा व्यापक फेरबदल: ६६ प्रतिशत नयाँ अनुहार प्रतिनिधिसभा चुनावमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यसपटक उल्लेख्य मात्रामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । पार्टी प्रवक्ता देवर...

लिङदेनलाई प्रधानमन्त्रीको दाबेदार बनाउँदै राप्रपा १६५ क्षेत्रमा चुनावी मैदानमा

संसदमा निर्णायक शक्ति बनेर सरकारको नेतृत्व गर्ने लक्ष्यसहित मैदानमा उत्रियो पार्टी

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending