Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

गणतन्त्रपछिका उपलब्धिबारे जनतालाई बुझाऔँ: अध्यक्ष दाहाल

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र स्थापनापछि भौतिक पूर्वाधार, सञ्चार तथा ‘डिजिटलाइजेसन’को क्षेत्रमा भएका विकास तथा मानव सूचकाङ्कमा आएका सुधारलाई उपलब्धिकारूपमा जनताका बीचमा लैजानुपर्ने बताएका छन् । 

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उनले गणतन्त्रपछिका उपलब्धिबारे ठीक ढङ्गले सूचना प्रवाह गरी जनतामा आशा पैदा गर्न सकिने बताए । ठूलो बलिदानी र सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा र संरक्षण गर्नु सबैको दायित्व भएको भन्दै अध्यक्ष दाहालले गणतन्त्रपछि समग्र क्षेत्रमा देखिएका प्रारम्भिक उपलब्धिले सम्भावनाका प्रशस्तै ढोका खोल्ने विश्वास व्यक्त गरे । 

राससको तस्बिर प्रदर्शनीको अवलोकनबाट जनतामा आशा जगाउने प्रशस्त आधार रहेको उनको भनाइ थियो । पूर्वाधारका कतिपय आयोजनाबारे आफू पनि अनभिज्ञ रहेको र प्रदर्शनी अवलोकनबाट आफूले देशमा भइरहेका धेरै विकास योजना सम्बन्धमा जानकारी प्राप्त गरेको बताए । 

गणतन्त्रप्राप्तिका लागि भएका आन्दोलनका क्रममा मुलुकमा तीव्र आर्थिक तथा सामाजिक परिवर्तन गर्ने जनचाहना र भावनाअनुसार अहिल परिवर्तनको अनुभूति नपाएको स्वीकार्दै अध्यक्ष दाहालले गणतन्त्र आइसकेपछि समृद्धिका लागि कोरिएको बाटालाई गन्तव्यमा पुर्‍याइनुपर्ने बताए । उनले भने, “अहिले भइरहेका विकासका गतिविधिबारे जनतालाई बुझाउन सक्नुपर्ने र यसको प्रतिफल छिट्टै प्राप्त हुनेमा विश्वस्त बनाउन सक्नुपर्छ”, अध्यक्ष दाहालले भने,“राज्यसत्ता सञ्चालनमा जुन वर्ग  र समुदाय पुगेको छ, मधेसी तथा महिला राष्ट्रपति बन्नुभएको छ, प्रदेश र स्थानीयमा महिलाको प्रतिनिधित्व बढ्दै गइरहेको छ । अब यसलाई सही ढङ्गले जनताबीच लिएर जानुपर्छ ।”

सत्तामा को पुग्यो र अग्ला भवन कति बने भन्ने आधारमा नभई जनताको जीवनमा परिवर्तन आयो कि आएन भन्ने कुरा महत्वपूर्ण पक्ष भएको भन्दै उनले समग्र मानवीय र सन्तुलित विकासमा जोड दिनुपर्ने बताए । “भौतिक पूर्वाधारको दृष्टिकोणबाट हेर्दा त्यो सही हुन सक्ला तर जनताको आयस्तर र जीवनस्तरमा परिवर्तन आउने मुख्य विषय हो । अहिले प्रतिव्यक्ति आय, मानवविकास सूचकाङ्कमा सुधार हुँदैछ । यसलाई थप परिस्कृत र सुदृढ बनाउँदै लैजानुपर्छ”, अध्यक्ष दाहालले भने । 

राष्ट्रियसभा अविछिन्न, समन्वयकारी र अभिभावकीय भूमिकामा रहेकाकाले राष्ट्रियसभालाई राज्यका तल्ला निकायसँग जोड्नका लागि ‘प्रदेश सरोकार’ कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए । “राष्ट्रियसभा कहिल्यै अन्त्य हुँदैन, जसले सधैँ जनताका समस्या र राज्यलाई अप्ठ्यारो परेका बेला समस्या हल गर्ने क्षमता राख्छ, यसबारे जनताले थाहा नपाएकाले भूमिकाका सम्बन्धमा टीकाटिप्पणी हुन सक्छ”, उनले भने,“तुलनात्मकरूपमा राष्ट्रियसभामा जिम्मेवारपूर्ण ढङ्गबाट विषयवस्तु उठ्ने गरेका छन् । थप भूमिका बढाउने र सकारात्मक सन्देश प्रवाह गर्नेतर्फ सभा प्रयत्नरत रहेको छ ।”

अध्यक्ष दाहालले रासस सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने संस्थाका रूपमा रहेको र यसका समाचार पढ्दा, सुन्दा र ग्रहण गर्दा खास द्विविधा नहुने धारणा राखे । “सही, सत्यतथ्य सूचनाका लागि रासस भरपर्दो माध्यमका रूपमा रहेको छ, त्यसैले राससका समाचार पढेपछि आस्वस्त भइन्छ । भविश्यमा पनि सबै खालका विषयवस्तुलाई राससले समेट्छ भन्नेमा म विश्वस्त छु । राष्ट्रियसभाका गतिविधि र सम्पादन भएका महत्वपूर्ण कामलाई पनि प्राथमिकताका साथ सम्प्रेषण गर्नुहुने छ भन्ने अपेक्षा छ”, अध्यक्ष दाहालले भने । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: