काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने बताएकी छिन ।
एक्स–पोज नेपालले दशौं अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसका उपलक्षमा मंगलबार राजधानीमा गरेको साइकल यालीसहितको कार्यक्रममा मन्त्री चौधरीले महिलाहरूको महिनावारीको समय एकदमै पीडादायी हुने भएकाले राज्यले विदाको व्यवस्था गर्न पहल गर्ने बताइन् ।
महिला हिंसा तथा महिनावारी सम्बन्धि काम गरिरहेको गैरसरकारी संस्था एक्स–पोज नेपालले हरेका वर्षझै यसवर्ष पनि अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवसको अवसरमा साइकल र्याली गरेको थियो । यसवर्ष महिनावारीमैत्री विश्वव्यापी हातेमालो भन्ने नाराका साथ मनाइएको छ । यो हरेक वर्षको मे २८ का दिन मनाइन्छ ।
नेपालकै प्याडम्यान भनेर चिनिने एक्स–पोज नेपालका अध्यक्ष ज्ञान महर्जनले पहिलो वर्ष अर्थात सात वर्ष पहिले गरेको पहिलो साइकल रयालीमा जम्मा ७२ जना सहभागी भएकोमा एक जना महिला सहभागी भएको बताए । उनले यसवर्ष चार सय पचास सहभागीमा ७५ प्रतिसत महिला रयालीमा सहभागी भएको बताए ।
युनिसेफका प्रतिनिधी जिहुनरले महिनावारी स्वच्छतामा मुख्य सरसफाइ नै रहेको बताए । उनले यसरी सहकार्य गर्न पाएकोमा खुसी लागेको पनि बताए । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले महिलाहरूको महिनावारीलाई कमजोरीका रूपमा हेर्न नहुने बताइन् । उनले कमजोरीका रूपमा भन्दा बढी महिला शक्तिका रूपमा लिनुपर्ने बताइन् । उनले यो अभियानमा ललितपुर महानगरपालिका पनि लागेको बताउँदै महानगरले प्रत्यक विद्यालयमा महिनावारी सम्बन्धि सहजिकरण कार्यक्रम गरिरहेको बताइन् ।
राष्ट्रिय महिनावारी सञ्जालका संयोजक तथा सभापति गुणराज श्रेष्ठले महिनावारी स्वच्छता दिवस स्वास्थ्य र सरसफाइसंग सम्बन्धित रहेकाले वातावरण प्रदुषित नहुने गरी महिनावारी मनाउनुपर्ने बताए । उनले अहिले बजारमा आएको महिनावारी प्याड ९० प्रतिशत प्लास्टिकजन्य पदार्थ भएकोले सकेसम्म घरेलु प्याड प्रयोग गरेर प्रदुषण घटाउनुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: