बजेट वक्तव्यः भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई एक खर्ब ५० अर्ब ५३ करोड
जेष्ठ १५ गते, २०८१ मगलवार 28th May, 2024 Tue२०:१३:१६ मा प्रकाशित
खबरडबली संवाददाता
काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि रु एक खर्ब ५० अर्ब ५३ करोड विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा उक्त मन्त्रालयले कार्यान्वयन गर्ने विभिन्न आयोजनासहित बजेट विनियोजन गरिएको उल्लेख गरे ।
सडक पूर्वाधारलाई सुरक्षित, गुणस्तरीय, दिगो र भरपर्दो बनाइने सरकारको लक्ष्य रहेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड र कमला–कञ्चनपुर सडकखण्डलाई चारलेनमा विस्तार गर्ने कार्य आगामी आवमा सम्पन्न गरिने बजेटमा उल्लेख छ । काँकडभिट्टा–लौकही, कमला–ढल्केवर–पथलैया, पथलैया–नारायणघाट, बुटवल–गोरुसिङ्गे र भालुबाङ–लमही सडकखण्ड स्तरोन्नति कार्य सुरू गरिने र पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि रु २९ अर्ब ८८ करोड विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
यसैगरी काठमाडौं–तराईं मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत निर्माणाधीन महादेवटार, धेद्रे र लेनडाँडा सुरुङमार्गको निर्माण आगामी आवमा सम्पन्न गर्ने सरकारको लक्ष्य छ । काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाका लागि रु २२ अर्ब ५४ करोड विनियोजन भएको छ ।
अर्थमन्त्री पुनका अनुसार आगामी आवमा मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत निर्माणाधीन कटुञ्जे–आरुघाट सडकखण्डसमेत गरी ७५ किलोमिटर कालोपत्रे र १० वटा पुल निर्माण सम्पन्न गर्न रु तीन अर्ब ६८ करोड विनियोजन भएको छ । हुलाकी राजमार्गअन्तर्गत ७५ किलोमिटर कालोपत्रे र १० वटा पुलको निर्माण कार्य सम्पन्न गर्न रु तीन अर्ब ३० करोड विनियोजन गरिएको छ ।
बजेटमा कोशी, कालीगण्डकी र कर्णाली कोरिडोरको निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उल्लेख छ । कालीगण्डकी कोरिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्ड र मालढुङ्गा–बेनी–जोमसोम–कोरोला खण्ड गरी थप ५० किलोमिटर र कोशी कोरिडोरको थप ३० किलोमिटर सडक कालोपत्रे गरिने उनको भनाइ छ । कर्णाली कोरिडोरको पाँच वटा पुल निर्माण र ५० किलोमिटर सडक स्तरोन्नति गरिनेछ । उत्तर दक्षिण कोरिडोरको लागि रु चार अर्ब ४३ करोड विनियोजन भएको छ ।
मदन भण्डारी राजमार्गको बाँकी निर्माण कार्य अगाडि बढाउन रु तीन अर्ब ६० करोड विनियोजन गरेको भएको छ । रत्न राजमार्ग, कर्णाली राजमार्ग, सिद्धार्थ राजमार्ग लगायतका सडक सञ्जालको विस्तार र स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ । नागढुङ्गा–नौबिसे–मुग्लिङ खण्डमा थप ४० किलोमिटर स्तरोन्नति गरिन बजेट वक्तव्यमा उल्लेख गरिएको छ । आँबुखैरनी–पोखरा खण्डमा कालोपत्रे सम्पन्न र मुग्लिङ–आँबुखैरनी खण्ड विस्तारको निर्माण कार्य सुरु गरिने लक्ष्य छ । यसको लागि रु नौ अर्ब ५७ करोड विनियोजन भएको छ ।
बजेट वक्तव्यअनुसार सहिद मार्गअन्तर्गत होलेरी–दारबोट खण्डमा बीस किलोमिटर कालोपत्रे, दारबोट–घर्ती गाउँ–दुईखोली खण्डमा २० किलोमिटर ग्राभेल र घोराही–होलेरी खण्डमा कालोपत्रे सुरु गरिने छ । यसका लागि रु एक अर्ब २५ करोड विनियोजन भएको छ । भेरी, तमोर, महाकाली करिडोर, सेती लोकमार्ग र सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको स्तरोन्नतिका गरिनेछ । कोरिडोरतर्फ रु तीन अर्ब ८६ करोड विनियोजन भएको छ ।
यसैगरी अन्तरदेशीय व्यापारिक मार्गको गल्छीदेखि स्याफ्रुबेँसीसम्म सडक स्तरोन्नति कार्य सम्पन्न र स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नति कार्य सुरु गर्ने लक्ष्य रहेको छ । यसका लागि रु एक अर्ब ८० करोड विनियोजन भएको छ । पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट–भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार मनकामना–बेनीघाटसम्म पडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने वक्तव्यमा उल्लेख छ ।
राष्ट्रिय राजमार्ग र रणनीतिक सडकअन्तर्गत एक सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ । नारायणी तथा तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण कार्य अगाडि बढाइनेछ । यी कार्यक्रमका लागि रु दुई अर्ब ४६ करोड विनियोजन भएको छ ।
बजेट वक्तव्यमा सिस्नेखोला–नागढुङ्गा सुरुङमार्ग निर्माण सम्पन्न गरी यातायात सञ्चालन गरिने र सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरिने उल्लेख छ । यस्तै ग्वार्को चोकमा फ्लाइओभरको निर्माण कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्ने र कोटेश्वर इन्टरसेक्सन निर्माण कार्य सुरु उल्लेख छ । सुरुङमार्ग, फ्लाइओभर र इन्टरसेक्सन निर्माणका लागि रु पाँच अर्ब ६३ करोड विनियोजन भएको छ ।
यस्तै, राष्ट्रिय राजमार्गको दुई सय ५० किलोमिटर र अन्य राजमार्गको सात हजार आठ सय किलोमिटर सडकको मर्मतसम्भार गर्न रु छ अर्ब ५४ करोड विनियोजन भएको छ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित राष्ट्रिय सडक सञ्जालका लागि डिजाइन तथा निर्माणको चरणमा सडक सुरक्षा परीक्षणको व्यवस्था गरिने लक्ष्य रहेको छ ।
सम्भावित दुर्घटनास्थल पहिचान गरी घुम्ती तथा साँघुरो सडकमा ‘क्रस व्यारियर’ र काठमाडौँ उपत्यकाभित्रका व्यस्त ४४ वटा चोकमा स्मार्ट ट्राफिक लाइट जडान गरिने सरकारको लक्ष्य छ । बजेट वक्तव्यअनुसार जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत विजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर खण्डमा जग्गा प्राप्तिको कार्य सम्पन्न गरिने छ । पूर्व—पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माणाधीन कार्य सम्पन्न गरिने र केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिनेलगायत रेलमार्ग विकासका लागि रु तीन अर्ब ८८ करोड विनियोजन भएको छ ।
बजेटमा सुनकोशी र नारायणी नदीमा जलमार्ग निर्माण सुरु गरिने र नारायणी नदीमा सञ्चालित जलयानमा यात्रु चढ्न र ओर्लन सहज र सुरक्षित हुने गरी टर्मिनल निर्माण गरिने लक्ष्य छ । यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गरी सार्वजनिक यातायात सेवालाई सर्वसुलभ, सुरक्षित, भरपर्दो र पहुँचयोग्य बनाइनुका साथै दिगो तथा वातावरणमैत्री यातायात प्रणालीको विकास गर्ने सरकारको लक्ष्य रहेको छ ।
सडक दुर्घटनाबाट घाइते व्यक्तिको उपचारका लागि प्रदान गरिने रकम र सडक दुर्घटनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई दिइने क्षतिपूर्ति रकम वृद्धि गर्न आवश्यक व्यवस्था मिलाइने पनि सरकार बजेट वक्तव्यमार्फत जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन् ।...
काठमाडौं । बर्दियामा बाख्रा चराउन गएकी एक महिलाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका-७ बस्ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी ल...
गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले शुक्रबार पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक...
काठमाडाैं । संघीय संसद्अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले कर्णाली प्रदेशमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएकै समयमा सञ...
चितवन । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सबै किसानलाई समेट्ने गरी कृषि ऐन ल्याउने तयारी सरकारले गरेको बताएका छन् । प्रथम राष्ट्रिय डेरी...
चितवन । भारतीय सीमा क्षेत्रबाट अबैधरुपमा सेतो अण्डा भित्रिएपछि चितवनको अण्डा बजार प्रभावित भएको छ । यही कारण लामो समयपछि लागत मूल्य पाउन सफल कुखुरापाल...
खोटाङ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैस...
दाङ । केही वर्षअघिसम्म हिउँदमा सुक्खा देखिने यहाँको घोराही उपमहानगरपालिकाका खेतबारी अहिले हरियाली देखिन्छन् । स्थानीय तहले पानीको स्रोत संरक्षण गर्दै ...
नवलपरासी । सरकारले औद्योगिक क्षेत्रको सुधार गरिरहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नव...
प्रतिकृया लेख्नुहोस्: