Ntc summer Offer
Khabar Dabali ९ असार २०८२ सोमबार | 23rd June, 2025 Mon
Investment bank

वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छको प्रगति न्यून, चारको शून्य

खबरडबली संवाददाता

काठमाडौं । पन्ध्रौँ आवधिक योजनाले वन घनत्वसम्बन्धी निर्धारण गरेका ११ सूचकमध्ये छमा न्यून र चारमा शून्य प्रगति देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा सूचकमध्ये एउटामा मात्रै उल्लेख्य प्रगति देखिएको छ । 

प्रतिवेदनअनुसार जङ्गल घनत्वमा ९७ दशमलव ७२ प्रतिशत प्रगति देखिएको छ भने छ सूचकमा प्रगति सातदेखि ५० प्रतिशत प्रगति भएको छ । त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन भएको क्षेत्रफल, दर्ता भएका निजी वन विकास, प्लाष्टिक पुनः प्रशोधन गरी तयारी वस्तु उत्पादन गर्ने उद्योग र बायो इन्जिनियरिङ गरेको क्षेत्रफल सूचकमा भने प्रगति शून्य देखिएको छ । 

आव २०७९/८० मा लिएको लक्ष्यमध्ये वृक्षारोपण गरिएको क्षेत्रफलको प्रगति दश दशमलव १२ प्रतिशत, विरुवा उत्पादन सात दशमलव शून्य तीन प्रतिशत, बस्ती तथा बजार बजार संरक्षण केन्द्र २६ दशमलव ६६ प्रतिशत, जलवायु परिवर्तन अनुकुलन योजना तयारी र कार्यान्वयन भएका स्थानीय तह ४० दशमलव १६ प्रतिशत पुगेको छ । वायुमा ‘सस्पेन्सन पार्टिकुलेट’को गाढापनको प्रगति ४९ दशमलव ९७ प्रतिशत  छ । 

आव २०७९/८० को वार्षिक बजेट वक्तव्यमा उल्लेख भएका क्रियाकलापमध्ये तीन स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने लक्ष्य रहेकोमा कार्यान्वयन नभएको, एक हजार चार सय ४५ हेक्टरमा घाँसे मैदान निर्माण तथा व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा एक हजार दुई सय हेक्टरमा भएको, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि २८ किलोमिटर मेसजालीसहित तारवार निर्माण गर्ने लक्ष्य रहेको थियो ।

ती लक्ष्य तालिका बमोजिम आवधिक योजनाले निर्धारण गरेका लक्ष्य हासिल हुने गरी प्रगति हुन नसकेको भन्दै लक्ष्यअनुसारको कार्यान्वयन हुने गरी कार्यक्रम सञ्चालन गर्न समेत प्रतिवेदनले आवश्यकता औँल्याएको छ ।

प्रतिवेदनअनुसार ताल, सिमसार र पोखरी संरक्षणमा एक सय नौ दशमलव ७४ र औसत रुख सङ्यामा ८१ दशमलव १३ प्रतिशत प्रगति हासिल भए पनि अन्य चार लक्ष्यको न्यून र एक लक्ष्यको शून्य प्रगति छ । निर्धारित लक्ष्य बमोजिमका कार्यहरू कार्यान्वयनमा प्रभावकारिता ल्याई दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालयले प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन र प्रभावकारी अनुगमन गर्नुपर्ने प्रतिवेदनको सुझाव  छ ।

वनस्रोत उपयोग वन नीति २०७५ ले वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धिसहित निर्यात प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । वन क्षेत्रमा ढलापडर, सुखड खडा, हैसियत बिग्रिएका र बुढो तथा उमेर पुगेका रुख बढ्दो क्रममा छन् ।

आवश्यकतानुसार आन्तरिक उत्पादनबाट काठ उपलब्ध हुन नसकेका कारण आव २०७७/७८ मा रू दुई अर्ब २३ करोड, आव २०७८/७९ मा रु सात अर्ब ९९ करोड र आव २०७९/८० मा रु छ अर्ब ४० करोडको काठ र काठजन्य सामग्री आयात भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अर्बौ रकम बराबरको काठजन्य सामग्री आयात भएको देखिँदा ढलापडा, सुखड खड़ा रुखहरूको व्यवस्थापन गरी काठलगायतका वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनले प्रविधि हस्तान्तरण वनस्पति विभागले गरेको अध्ययन अनुसन्धानबाट हालसम्म १८ प्रकारका जडीबुटी एवं वानस्पतिक औषधीय गुण एवं त्यसको उपयोग सम्बन्धमा सूत्र (फर्मुला) विकास गरेको उल्लेख गरेको छ । यस्ता फर्मुलाहरूको पेटेन्ट लिन सोको संरक्षण गरी निजी तथा सार्वजनिक संस्थालाई हस्तान्तरण गरी राज्यले आर्थिक लाभ प्राप्त गर्नसक्ने अवसर देखिए तापनि यस सम्बन्धमा कानुनी व्यवस्था नरहेको प्रतिवेदनमा उल्लेख जनाइएको छ । 

प्रतिवेदनअनुसार ठूलो लगानी एवं लामो समयदेखिको निरन्तर प्रयासबाट प्राप्त नतिजाको उपयोग गरी अनुसन्धानात्मक कार्यका लागि थप उत्प्रेरणा प्रदान गर्न, दीर्घकालीन रूपमा लाभ लिन तथा प्रविधि हस्तान्तरण, नवप्रवर्तन एवं नयाँ खोजको व्यवसायीकरण गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने देखिन्छ । कूल ६५ जिल्लामा एक लाख ४ हजार हेक्टर वनक्षेत्र अतिक्रमण भएकोप्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदन अनुसार चुरे उत्थानशीत आयोक्साको ४२ प्रतिशत अवधि व्यतीत हुँदा एक दशमलव ३१ प्रतिशत र एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाको अवधि ६० प्रतिशत समाप्त हुँदा नौ दशमलव दुई प्रतिशत मात्र खर्च भएको देखिन्छ । आयोजनाको समयावधिको तुलनामा खर्च न्यून हुँदा बायोक्सको समय र लागत बढ्दै जाने र प्रतिफल प्रासिमा ढिलाइ हुने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ । 

प्रतिवेदनमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत हुन एक सय ३६ दिनदेखि एक हजार दुई ४५ दिनसम्म लागेको देखिएको उल्लेख छ । सोमध्ये प्रमाण सङ्कलन गर्न दुई सय ३८, परिमार्जनका लागि प्रस्ताव फिर्ता पठाएकोमा मन्त्रालयमा पुनः पेस हुन एक हजार १० र सचिवबाट सिफारिस हुन औसतमा दुई सय ६७ दिनसम्म लागेको प्रतिवेदनमा उल्लेख छ । 

मन्त्रालयमा स्वीकृतिका लागि पेस भएका प्रतिवेदन अध्यायन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कागजातको पूर्णता बेगर सिफारिस हुने, परिमार्जनका लागि पठाएकोमा ढिला गरी स्वीकृत हुने प्रतिवेदनमा उल्लेख छ । 

वन तथा वातावरण मन्त्रालय परिमार्जन प्रतिवेदन प्राप्त हुने, आयोजना प्रभावित स्थानीय तहमा गरिने सार्वजनिक सुनुवाइ कार्यक्रमवाट प्राप्त राय सुझाव प्रतिवेदनमा संलग्न नगरी पेस हुने, आयोजनाले अति भएका वन क्षेत्र रुख कटान गर्नुपर्ने सङ्ख्या यकिन नगरी पेस गर्नेलगायतका कारणले प्रतिवेदन स्वीकृत गर्न बढी समय लाग्ने गरेको समेत प्रतिवेदनमा उल्लेख छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ । रौताम...

आछाममा बलात्कृत दृष्टिविहीन महिलाले जन्माइन् बच्चा

आछाम । अछाममा बलात्कृत दृष्टिविहीन महिलाले बच्चा जन्माएकी छन् । २१ वर्षीया महिलाले जिल्ला अस्पताल मंगलसेनमा आइतबार छोरा जन्माएकी हुन् । अस्पताल स्र...

झापामा खैरो हिरोइनसहित दुई जना पक्राउ

झापा । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको ...

तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो

रामेछाप । जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाब...

कांग्रेसको महाधिवेशन निर्धारित मितिमा हुनु पर्छ: शेखर कोइराला

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा‍. शेखर कोइरालाले पार्टीको महाधिवेशन वि.सं. २०८३ मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ ...

बजेट सम्मानजनक भएन: शर्मा

काठमाडाैं । संघीय संसदमा बजेटमाथिको छलफलको अन्तिम दिन प्रतिनिधिसभाका माननीय सांसद डा. सुनिलकुमार शर्माले प्रस्तुत गरेको सम्बोधनले सदनलाई भावुक बनायो ।...

क्यानाडा टी–२० विश्वकपमा छनोट

काठमाडौं । क्यानडा अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० पुरुष विश्वकपमा छनोट भएको छ । अमेरिकी छनोट अन्तर्गत शनिबार राति भएको खेलम...

बाजुरमा खोलाले बगाउँदा पूर्व वडा सदस्य बेपत्ता

बाजुरा । गौमूल गाउँपालिकामा खोलाले बगाएर आइतबार एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा गौमूल वडा नम्बर३ का ४५ वर्षीय धनबहादुर बोहरा रहेको जिल्ला प्र...

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने २० वर्षीय अम्मरनाथ कुमारलाई पक्राउ गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोका प...

अमेरिकाले इरानमा प्रहार गरेकाे बङ्कर–बस्टर बम के हो ?

बैङ्कक । इरान विरुद्धको इजरायलको युद्धमा आफूलाई सम्मिलित गर्दै वासिङ्टनले इरानको फोर्डो इन्धन संवर्धन प्लान्टमा आफ्नो विशाल ‘बङ्कर–बस्टर’ बमहरू प्रयोग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending