Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

कुन कुन संस्थामा छ सरकारको सेयर लगानी ?

खबरडबली संवाददाता

काठमाडाैं ।  आर्थिक वर्ष २०७९/८० सम्म अस्तित्वमा रहेका ४४ संस्थान मध्ये २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्व (नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य निकायहरूको ५० प्रतिशतभन्दा बढी स्वामित्व) मा रहेका छन् ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा उल्लेख भए अनुसार सामाजिक क्षेत्रमा रहेका ५ वटै संस्थानमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ । औद्योगिक क्षेत्रका दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग लि., हेटौंडा सिमेन्ट उद्योग लि., जनकपुर चुरोट कारखाना लि. र धौबादी फलाम कारखानामा नेपाल सरकारको शतप्रतिशत सेयर लगानी रहेको छ । नेपाल औषधी लिमिटेडमा नेपाल सरकारको ९९.०७ प्रतिशत र अन्य निजी क्षेत्रको ०.९३ प्रतिशत सेयर रहेको अवस्था छ।

नेपाल ओरिण्ड म्याग्नेसाइट प्रा.लि.मा नेपाल सरकारको ८३.३३ प्रतिशत र अन्य सार्वजनिक तथा निजी क्षेत्रको १६.६७ प्रतिशत, बुटवल धागो कारखाना लि. मा नेपाल सरकारको ५९.७४ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ४०.२६ प्रतिशत, नेपाल मेटल कम्पनी लि. मा नेपाल सरकारको ७१.३१ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको २८.६९ प्रतिशत सेयर लगानी रहेको छ।

व्यापारिक क्षेत्रका ४ वटा संस्थानमध्ये खाद्य तथा व्यापार कम्पनी लिमिटेडमा नेपाल सरकारको पूर्ण स्वामित्व रहेको छ भने कृषि सामग्री कम्पनी लिमिटेडमा नेपाल सरकारको ९७.७१ प्रतिशत स्वामित्व रहेको छ। सेवा क्षेत्रका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लि., नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेशनल कन्स्ट्रक्सन कम्पनी नेपाल लि., नेपाल रेल्वे कम्पनी लि., नेपाल पूर्वाधार निर्माण कम्पनी लि. र नेपाल इञ्जिनियरिङ्ग कन्सल्टेन्सी सेवा केन्द्र लि. मा नेपाल सरकारको शत प्रतिशत स्वामित्व रहेको छ ।

जनोपयोगी क्षेत्रतर्फ नेपाल खानेपानी संस्थान र नेपाल विद्युत प्राधिकरणमा सरकारको पूर्ण स्वामित्व रहेको छ। वित्तीय क्षेत्रतर्फका राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड), राष्ट्रिय बीमा कम्पनी लि. र नागरिक लगानी कोषमा नेपाल सरकार र नेपाल सरकारको स्वामित्व रहेका अन्य सार्वजनिक निकायको अधिकांश सेयर स्वामित्व रहेको छ ।

सार्वजनिक संस्थानमा आ.व. २०७८/७९ को तुलनामा चुक्ता पुँजी १०.६२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० मा रू. ४ खर्ब १२ अर्ब १२ करोड ८१ लाख पुगेको छ। जसमा नेपाल सरकारको पुँजी लगानी ९२.१३ प्रतिशत र अन्य संस्थान तथा निजी क्षेत्रको ७.८७ प्रतिशत सेयर स्वामित्व रहेको छ। क्षेत्रगत रूपमा विश्लेषण गर्दा वित्तीय क्षेत्रका सार्वजनिक संस्थानमा नेपाल सरकारको ६६.३६ प्रतिशत सेयर रहेको छ भने अन्य संस्थान तथा निजी क्षेत्रको ३३.६४ प्रतिशत रहेको छ।

औद्योगिक क्षेत्रमा सरकारको शेयर ९५.६७ प्रतिशत, व्यापारिक क्षेत्रमा ९९.३४ प्रतिशत, सेवा क्षेत्रमा ९९.४९ प्रतिशत, सामाजिक क्षेत्रमा शतप्रतिशत र जनोपयोगी क्षेत्रमा ९८.७३ प्रतिशत सरकारको स्वामित्व रहेको छ। सार्वजनिक संस्थानको सेयर स्वामित्व संरचना तालिका १.१ मा उल्लेख गरिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाकाे निर्णय: पूर्व सांसद र मन्त्री समानुपातिक सूचीमा नपर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा र राष्ट्रियसभामा यसअघि सांसद भइसकेका तथा मन्त्री भएका नेताहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूचीमा ...

आज समानुपातिक बन्दसूची बुझाउने अन्तिम दिन, दलहरू आयोग जाने तयारीमा

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले आज सोमबार समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची निर्वाचन आयोगमा बुझ...

सुनको मूल्य सामान्य घट्दा चाँदीको मूल्यले बनायो नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ भने चाँदीले नयाँ रेकर्ड ब्रेक गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...

जसपा–लोसपा एकतामा सहमति, मधेशमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने घोषणा

काठमाडौँ । मधेश केन्द्रित दुई ठूला दल जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच आइतबार पार्टी एकीकरण गर्ने सहमति भएक...

एकीकरणपछि जसपा नेपालको पहिलो शक्ति प्रदर्शन, जनकपुरमा प्रदेशस्तरीय सभा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज जनकपुरमा प्रदेशस्तरीय सभा गर्दैछ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग एकीकरणपछि पहिलो शक्ति प्र...

निर्वाचन नै देशलाई निकास दिने उपाय हो : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विकल्प खोज्दा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिएका छन् । निर्वा...

पम्फा भुसालको रणनीतिक निर्णय: युवा नेतृत्वलाई मौका दिन चुनावमा नउठ्ने

ललितपुर  । तत्कालीन माओवादीको तर्फबाट दुई पटक प्रत्यक्ष निर्वाचन जितेकी पम्फा भुसालले फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै तर्फ उम...

जनयुद्ध, गणतन्त्र र जेन जेड: इतिहास, जिम्मेवारी र भविष्य

इतिहासको श्रृंखला तोड्ने होइन, जोड्ने बेला हाे

सुनको मुल्यले आजपनि बनायो कीर्तिमान, तोलामै २ लाख ७० हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा  दिनप्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेका छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले अनुसार आज छापावाला सुनको मूल्य प्रतितो...

प्रतिनिधिसभा निर्वाचनमा १ करोड ८९ लाखभन्दा बढी मतदाता, आयोगले अन्तिम नामावली सार्वजनिक गर्‍यो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम संख्या एक करोड ८९ लाख नाघेको छ । निर्वाचन आयोगले अन्तिम म...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending