Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

महालेखा परीक्षकको प्रतिवेदन- सेवाग्राहीको सास्ती हटेन

खबरडबली संवाददाता

काठमाडौँ । सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य उपकरण र मेसिन प्रयोगविहीन अवस्थामा रहँदा सेवाग्राहीले सास्ती भोग्न परेको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ ।

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनका अनुसार खरिद गरिएका स्वास्थ्य उपकरण र मेसिन दक्षजनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा रहेको उल्लेख गरेको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा दैनिक दुई सय ५० जनाभन्दा बढी बिरामी आउने गर्छन् । यस अस्पतालमा चारवटा मेसिनबाट रेडियो थेरापीबाट सेवा दिँदै आएको आएको छ जसका कारण  बिरामीले ४५ दिनसम्म कुर्नपर्ने समस्या रहेको प्रतिवेदनमा उल्लेख छ । 

सोही अस्पतालमा मेसिन उपकरण प्रयोगविहीन छ । अस्पतालले २०७९ साल चैतमा खरिद गरेको रक्त क्यान्सरको चरण पत्ता लगाउने मेसिन दक्ष जनशक्तिको अभावमा प्रयोगविहीन अवस्थामा छ । उक्त मेसिन रु एक करोड  १८ लाख ६५ हजारमा खरिद गरेर गरिएको थियो । यस अस्पतालमा क्यान्सर रोगको अति आवश्यक पेट सिटी स्क्यान, बोनम्यारो ट्रान्सप्लान्ट र मेमोग्राफी मेसिन नहुँदा सेवाग्राहीले जटिल प्रकृतिको रोगको उपचार पाउन नसकेको उक्त प्रतिवेदनमा भनिएको छ ।

उक्त प्रतिवेदनमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ८६ डायलासिस मेसिन रहेकामा ६१ वटा मात्र प्रयोगमा रहेको बताइएको छ । उक्त केन्द्रमा दैनिक एक सय १० बिरामीले डायलासिस गराउने र बाँकी सात सय बिरामी प्रतीक्षारत रहनुपर्ने बाध्यता छ । बिरामीले सेवा लिन ६ महिनादेखि १ वर्षसम्म पालो कुर्नपर्ने अवस्था छ ।

केन्द्रमा  मुटुको शल्यक्रियामा प्रयोग हुने इसिएमओ हर्टलङ्ग मेसिन जनशक्ति अभावमा प्रयोगविहीन अवस्थामा छ । उक्त मेसिन रु दुई करोड ६९ लाखमा खरिद गरिएको हो ।

राष्ट्रिय ट्रमा सेन्टरले मुटु रोगको उपचारका लागि खरिद गरिएको क्याथल्याब मेसिन प्रयोगविहीन छ । २०६९ सालदेखि दक्षजनशक्तिको अभावमा प्रयोगविहीन बनेको उक्त मेसिन रु चार करोड ७३ लाखमा खरिद गरिएको थियो । सुविधासम्पन्न रिफरल सरकारी अस्पतालमा समेत बिरामीले शल्यक्रियाका लागि लामो समय कुर्नपर्ने बाध्यता यथावत् रहेको प्रतिवेदनले उल्लेख गरेको छ । सरकारी अस्पतालमा समयमा शल्यक्रियाको सेवा नपाउँदा बिरामीहरु महँगो शुल्कमा निजी अस्पतालमा उपचार गराउन बाध्य हुने गरेको भन्दै प्रतिवेदनले भौतिक तथा जनशक्तिको सुधारका लागि सुझाव दिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) सुविधा सम्पन्न रेफरल अस्पताल भए पनि बिरामीले विभिन्न शल्यक्रियाका लागि तीन महिनासम्म कुर्नपर्ने बाध्यता छ । यस अस्पतालमा युरोलोजी कस्मेटिक सर्जरीका लागि १ वर्षसम्म कुर्नुपर्ने बाध्यता छ । देशको एक मात्र सरकारी बालअस्पताल, कान्ति बाल अस्पतालमा बहिरङ्ग सेवाका लागि टिकट वितरणदेखि शल्यक्रियाका लागि धेरै समय कुर्नपर्ने बाध्यता प्रतिवेदनमा उल्लेख छ ।     

हाइड्रोसिलको शल्यक्रिया गर्न ६ देखि २ वर्ष, सामान्य शल्यक्रिया गर्न ३ महिनादेखि १ वर्ष बिरामीले कुर्नपर्ने बाध्यता छ । यस अस्पतालमा छुट्टै कार्डियो युनिट र मुटु रोग विशेषज्ञको पदपूर्ति हुन नसकेको उल्लेख छ ।     अस्पतालमा शय्याको अभाव, इको, क्याथल्याब र सिसियु नभएका कारण अस्पतालमा मुटुको एन्जियोप्लास्ट, एन्जियोग्राफी लगायत सेवा उपलब्ध हुन नसकेको उल्लेख छ । 

यस्तै, भक्तपुर  अस्पतालमा पत्थरी, ट्युमर लगायतको शल्यक्रियाका लागि बिरामीले कम्तीमा ३ महिना पर्खिनुपर्ने अवस्था छ । अस्पतालमा एमआरआई मेसिन क्याथल्याब मेसिन नभएको कारण बिरामी अन्यत्र रेफर गर्नुपर्ने अवस्था छ । 

सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्र र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललगायत आवश्यक जनशक्तिको पदपूर्तिका लागि महालेखापरीक्षकको प्रतिवेदनले सुझाव समेत दिएको छ ।

महालेखा परीक्षकको प्रतिवेदन २०८१ ले यसअघिको प्रतिवेदनमा औँल्याएको ब्यहोरामा यस पटक पनि सुधार नदेखिएको औँल्याएको छ । खरिद योजनाअनुसार खरिद नगरको दरबन्दीअनुसार पदपूर्ति नभएको, सोझै खरिद गरेको, भुक्तानीमा कर कट्टी नगरेको र कोनाल्ट तथा सिटी सेमुलेटर मेसिन यो वर्ष पनि जडान एवं सेवा सञ्चालन नगरेको जस्ता ब्यहोरामा पुनरावृत्ति नहुने गरी सुधार गर्न महालेखाले सुझाव दिएको हो । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending