काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले बोर्डले कुनै पनि पूर्व अस्ट्रेलियाली क्रिकेटरलाई टीम इन्डियाको मुख्य प्रशिक्षक पदका लागि सम्पर्क नगरेको बताएका छन् ।
यस अघि अस्ट्रेलियाका पूर्व प्रशिक्षक जस्टिन ल्याङ्गर र विश्वकप च्याम्पियनका पूर्व कप्तान रिकी पोन्टिङले बीसीसीआईले उनीहरुलाई भारतीय टोलीको प्रशिक्षक बन्न प्रस्ताव गरेको दाबी गरेका थिए ।
एएनआईका अनुसार जय शाहले एक विज्ञप्तिमा भनेका छन्, ‘मैले न त बीसीसीआईले कुनै अष्ट्रेलियालीलाई प्रशिक्षक बन्न प्रस्ताव गरेको छैन । समाचार गलत हो । हाम्रो ध्यान भारतीय क्रिकेटको गहिरो ज्ञान भएको व्यक्ति छनोटमा छ । प्रशिक्षक भारतको घरेलु क्रिकेट बुझेको हुनुपर्छ ।'
यसअघि दिल्ली क्यापिटल्सका प्रशिक्षक रिकी पोन्टिङले आईसीसी रिभ्युसँग कुरा गर्दै बीसीसीआईले उनलाई टीम इन्डियाको मुख्य प्रशिक्षकका लागि सम्पर्क गरेको बताउदै उनी अझै त्यसका लागि तयार नभएको बताएका थिए ।
लखनऊ सुपर जायन्ट्सका प्रशिक्षक जस्टिन ल्याङ्गरले हालै भारतीय टोलीको प्रशिक्षकका लागि आवेदन दिने अन्तिम मिति २७ मे रहेको छ । बोर्डले मे १३ मा प्रशिक्षकको विज्ञापन जारी गरेको थियो ।
मुख्य प्रशिक्षक पदका लागि भारतीय खेलाडीहरु गौतम गम्भीरको चर्चा सबैभन्दा अगाडी रहेको छ ।
यस अघि राहुल द्रविडलाई नोभेम्बर २०२१ मा भारतको मुख्य प्रशिक्षक बनाइएको थियो । द्रभिडले आउदो टी-२० विश्वकपपछि प्रशिक्षक पद छोड्दै छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: