Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

सीसीटीभीको निगरानीमा लेखिँदै छ १८ खर्बको सिलिङमा बजेट

भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल

खबरडबली संवाददाता

काठमाडौं । अर्थ मन्त्रालयले बनाएको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्य लेख्ने टिमले बजेट लेखिरहेको छ । जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यताबीच बजेट निर्माणको अन्तिम चरणमा रहेको अर्थमन्त्रीको कोर टीमले सीसीटीभीको निगरानीमा बजेट लेख्दै छ । अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल जारी गरेको छ ।

१८ खर्बको सिलिङमा बजेट निर्माण भइरहेको बताइन्छ । चालु आर्थिक वर्षमा १७ खर्व ५१ अर्वको बजेट थियो । यसपालि केही आकार बढेको बजेट सिलिङअनुसार न्यूनतम् दायित्वमा थपघट गर्न सकिने र यसका लागि सिलिङ तथा स्रोत मिलाइने छ ।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव धनीराम शर्माको संयोजकत्वमा केही दिनअघि पुनले सहसचिवहरूको जिम्मेवारी फेरबदल गरेका थिए । सहसचिव धनीराम शर्माको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा रहेका अर्थमन्त्री पुन, अर्थसचिव डा. कृष्णहरि पुष्कर र राजस्वसचिव डा. रामप्रसाद घिमिरेको समन्वयमा बजेट लेखिरहेको छ । समिति सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य र ईश्वरी अर्याल छन् भने आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक पार्वती शर्मा पनि सदस्य छिन् ।

अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘‘जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता भएकाले यतिबेला सरकार बजेट निर्माणको अन्तिम चरणमा पुगेको हो । सबै विषयगत मन्त्रालयबाट सीमाभित्र रहेर नै बजेट प्रस्ताव आएको छ । त्यसको स्रोत सुनिश्चितता पनि भइसकेको छ ।’’

आउँदो बजेटमा चालू खर्चमा मितव्ययिता कायम गर्ने र अनिवार्य दायित्वमा आवश्यक पर्ने बजेट मात्र विषयगत मन्त्रालयलाई छुट्ट्याइएको छ ।

त्यस्तै, वैदेशिक सहायतामा सञ्चालित आयोजनामा आवश्यकतानुसार समपूरक कोषका लागि पनि स्रोतको सुनिश्चितता गरिसकिएको बताइन्छ । प्रायजसो मन्त्रालयमा अत्यावश्यकीय अवस्थामा बाहेक फर्निचर फिक्सचर्स तथा वैदेशिक भ्रमणमा बजेट प्रस्ताव गरिने छैन । सवारी साधन खरिद पनि प्राथमिकतामा पर्दैन ।

मन्त्रालयका प्रवक्ता खत्रीले बजेटमा उल्लेख हुने खर्चको स्रोत लगभग सुनिश्चित भइसकेको बताए । ‘‘सरकारले गर्ने खर्च, अनुमानित राजस्व, वैदेशिक ऋण, सहायता र अनुदानजस्ता सबै विषय टुङ्गो लगाइसकेका छौँ, बजेट लेखन भइरहेको छ,’’ खत्रीले भने ।

आगामी बजेटमा कर्मचारीको तलब वृद्धिमा भने सरकारको चासो नभएको देखिन्छ । अर्थमन्त्री वर्षमान पुनले गत बुधबार संघीय संसद् सचिवालयका अधिकारीहरूसँगको भेटमा बजेटका लागि स्रोतमा निकै चाप रहेको बताएकाले पनि त्यो देखिन्छ ।

बरु बजेटले मूल्यवृद्धिलाई रोक्न उल्लेख्य प्रयास गर्ने भनिएको छ । रोजगारी बढाउने, आयकरको सिलिङलाई एडजस्ट गर्नेजस्ता कुराहरूलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालय तथा महत्त्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरू, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन आग्रह गरिरहेको छ । अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल गरेको छ ।

लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने स्पष्ट गर्दै मन्त्रालयका अधिकारीहरूले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरूपमा परिवर्तन गरिएबाट पर्न जाने असरप्रति मन्त्रालय क्षमा प्रार्थी रहेको उल्लेख गरेका छन् ।

विगतमा पनि बजेट निर्माणको समयमा यस्तो अभ्यास हुन्थ्यो । २०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending