Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सीसीटीभीको निगरानीमा लेखिँदै छ १८ खर्बको सिलिङमा बजेट

भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल

खबरडबली संवाददाता

काठमाडौं । अर्थ मन्त्रालयले बनाएको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट वक्तव्य लेख्ने टिमले बजेट लेखिरहेको छ । जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यताबीच बजेट निर्माणको अन्तिम चरणमा रहेको अर्थमन्त्रीको कोर टीमले सीसीटीभीको निगरानीमा बजेट लेख्दै छ । अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल जारी गरेको छ ।

१८ खर्बको सिलिङमा बजेट निर्माण भइरहेको बताइन्छ । चालु आर्थिक वर्षमा १७ खर्व ५१ अर्वको बजेट थियो । यसपालि केही आकार बढेको बजेट सिलिङअनुसार न्यूनतम् दायित्वमा थपघट गर्न सकिने र यसका लागि सिलिङ तथा स्रोत मिलाइने छ ।

अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख रहेका सहसचिव धनीराम शर्माको संयोजकत्वमा केही दिनअघि पुनले सहसचिवहरूको जिम्मेवारी फेरबदल गरेका थिए । सहसचिव धनीराम शर्माको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा रहेका अर्थमन्त्री पुन, अर्थसचिव डा. कृष्णहरि पुष्कर र राजस्वसचिव डा. रामप्रसाद घिमिरेको समन्वयमा बजेट लेखिरहेको छ । समिति सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिवहरू रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य र ईश्वरी अर्याल छन् भने आन्तरिक राजस्व विभागकी उपमहानिर्देशक पार्वती शर्मा पनि सदस्य छिन् ।

अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘‘जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता भएकाले यतिबेला सरकार बजेट निर्माणको अन्तिम चरणमा पुगेको हो । सबै विषयगत मन्त्रालयबाट सीमाभित्र रहेर नै बजेट प्रस्ताव आएको छ । त्यसको स्रोत सुनिश्चितता पनि भइसकेको छ ।’’

आउँदो बजेटमा चालू खर्चमा मितव्ययिता कायम गर्ने र अनिवार्य दायित्वमा आवश्यक पर्ने बजेट मात्र विषयगत मन्त्रालयलाई छुट्ट्याइएको छ ।

त्यस्तै, वैदेशिक सहायतामा सञ्चालित आयोजनामा आवश्यकतानुसार समपूरक कोषका लागि पनि स्रोतको सुनिश्चितता गरिसकिएको बताइन्छ । प्रायजसो मन्त्रालयमा अत्यावश्यकीय अवस्थामा बाहेक फर्निचर फिक्सचर्स तथा वैदेशिक भ्रमणमा बजेट प्रस्ताव गरिने छैन । सवारी साधन खरिद पनि प्राथमिकतामा पर्दैन ।

मन्त्रालयका प्रवक्ता खत्रीले बजेटमा उल्लेख हुने खर्चको स्रोत लगभग सुनिश्चित भइसकेको बताए । ‘‘सरकारले गर्ने खर्च, अनुमानित राजस्व, वैदेशिक ऋण, सहायता र अनुदानजस्ता सबै विषय टुङ्गो लगाइसकेका छौँ, बजेट लेखन भइरहेको छ,’’ खत्रीले भने ।

आगामी बजेटमा कर्मचारीको तलब वृद्धिमा भने सरकारको चासो नभएको देखिन्छ । अर्थमन्त्री वर्षमान पुनले गत बुधबार संघीय संसद् सचिवालयका अधिकारीहरूसँगको भेटमा बजेटका लागि स्रोतमा निकै चाप रहेको बताएकाले पनि त्यो देखिन्छ ।

बरु बजेटले मूल्यवृद्धिलाई रोक्न उल्लेख्य प्रयास गर्ने भनिएको छ । रोजगारी बढाउने, आयकरको सिलिङलाई एडजस्ट गर्नेजस्ता कुराहरूलाई प्राथमिकतामा राखेको उनको भनाइ छ ।

अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल
अर्थ मन्त्रालय तथा महत्त्वपूर्ण सरकारी निकाय, निजी क्षेत्रको प्रतिनिधि संस्थाका व्यक्तिहरू, दातृ निकायका प्रतिनिधिलाई समय लिएर मात्र भेट्न आइदिन आग्रह गरिरहेको छ । अत्यावश्यकबाहेक भेटघाटमा नआइदिन अर्थ मन्त्रालयको अपिल गरेको छ ।

लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने स्पष्ट गर्दै मन्त्रालयका अधिकारीहरूले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरूपमा परिवर्तन गरिएबाट पर्न जाने असरप्रति मन्त्रालय क्षमा प्रार्थी रहेको उल्लेख गरेका छन् ।

विगतमा पनि बजेट निर्माणको समयमा यस्तो अभ्यास हुन्थ्यो । २०७२ मा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवसका दिन पारेर अर्थमन्त्रीले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending