Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

सल्यानमा समावेशी नीति विश्लेषण र तर्जुमाका लागि कार्यशाला

खबरडबली संवाददाता

सल्यान  । सुस्वा कार्यक्रम अन्तर्गत सल्यानमा समावेशी नीति विश्लेषण र तर्जुमाका लागि कार्यशाला सञ्चालन गरिएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता (सुस्वा) कार्यक्रम अन्तर्गत छत्रेश्वरी गाउँपालिकाले श्रीनगरमा कार्यशाला आयोजना गरेको हो । 

शुक्रबार र शनिबार दुई दिनसम्म कार्यशाला सञ्चालन हुनेछ । सुस्वा कार्यक्रमको आयोजना सहयोग इकाई सुर्खेतको सहजिकरणमा लैङ्गिकता र अपांगता सम्वन्धि सवालगत समस्या विश्लेषण, समस्याका कारण, असर र समस्या समाधानका क्रियाकलापहरु पहिचान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको छत्रेश्वरी गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकी, उपाध्यक्ष बुद्ध कुमारी खत्रीले बोल्दै गाउापालिकामा नयाँ आर्थिक वर्षको लागि नीति कार्यक्रम र बजेट निर्माणका कार्यहरु सञ्चालन भइरहेको भन्दै यस किसीमको कार्यशालाले समावेशी नीति निर्माणमा सहयोग पुर्याउने अपेक्षा राखे ।

कार्यशालामा प्रशिक्षक द्वय डा. संग्राम सिंह लामा र विष्णु प्रसाद शर्माले सहजिकरण गरिरहेका छन् । अपांगता प्रतिको विद्यमान बुझाई र वास्तविवकता, अपांगता सम्वन्धि सामाजिक बाधाहरु र अपांगता समावेशीकरण बारेमा जानकारी गराउने कार्यक्रमको उद्देश्य रहेको छ । 

यस्तै लैङ्गिक उत्तरदायी तथा अपांगता समावेशी नीति विश्लेषण गरी आवश्यक नीति सम्वन्धि लेखाजोखा गर्ने, लैङ्गिक उत्तरदायी तथा अपांगता समावेशी पञ्चबर्षिय योजना तर्जुमा गर्ने, महिनावारी सवाललाई मानव अधिकारका रुपमा स्थापित गर्दै शिक्षा र जनचेतनाको अभिवृद्धि गर्ने, महिनावारी सम्वन्धमा समाजमा देहखएको रुढीवादी, कुसंस्कार, कुरीती र अन्धविश्वास सम्बन्धी धारणा र अभ्यासहरुलाई निरुत्साहित गर्दै जाने पनि कार्यशालाको उद्देश्य रहेको छ ।

कार्यशालामा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखा कार्यालयका प्रमुखहरु, अपांगता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयमसेविका, महिला समूहका प्रतिनिधी तथा सरोकारवालाहरुको सहभागिता रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending