Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

निजी सल्लाहकार सहित स्वास्थ्यमन्त्री यादव जेनेभा जाँदै

खबरडबली संवाददाता

काठमाडौं ।  विश्व स्वास्थ्य संस्थाको ७७ औं महासभामा भाग लिन स्वास्थ्यमन्त्री प्रदीप यादव आगामी शनिबार स्वीजरल्याण्डको जेनेभा जान लागेका छन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरणमा मन्त्री यादवसँगै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्रा, समन्वय महाशाखा प्रमुख डा. चुमन लाल र मन्त्रीका निजी सल्लाहकार अवधेशकुमार दासको टोलीलाई लिएर मन्त्री यादव जेनेभा उड्न लागेका हुन्।

मन्त्री यादव र महानिर्देशक डा संगीता मिश्रा सरकारको खर्चमा जाँदै छन् । चुमनलाल दास र अवधेशकुमार दास भने आइएनजिओको रकममा जाने भएका हुन् । चुमनलाई एनएसआइले लगानी गरेको छ भने ‘अवैतनिक’ सल्लाहकार दासको युएनएफपिएले लगानी गरेको छ। जेठ १४ देखि १९ सम्म ९ २७ मे देखि जुन १० सम्म जेनेभामा डब्लूएचओको महासभा हुँदै छ।

यसअघि मन्त्रालयले जेनेभा जाने टिममा प्रशासनतर्फका सचिव मधुसूदन बुर्लाकोटी र अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंहसहितको टोली जेनेभा जाने बताइए पनि अन्तिम समयमा आएर सचिव बुर्लाकोटी र अतिरिक्त सचिव सिंह भ्रमणमा सहभागी हुने नामावलीबाट हटाइएको मन्त्रालय स्रोतले जनाएको छ।

नेपालबाट डब्लूएचओ  महासभामा जाने स्वास्थ्यमन्त्रीको बाहेकलाई प्रत्येक वर्ष दातृनिकाय वा युएन एजेन्सीले नेपाल सरकारको अनुदानमा लैजाने गरेका छन् । डब्लूएचओ महासभालाई स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो विश्व सम्मेलन मानिन्छ। जसले गर्दा हरेक वर्ष मन्त्रालयका नीतिगत तहमा काम गरेका विज्ञहरू जाने र आफ्नो देशमा स्वास्थ्य क्षेत्रमा भइरहेका राम्रा काम र चुनौतीका बारेमा छलफल गरिन्छ। तर योपटक पनि मन्त्री यादवले विज्ञ टोलीभन्दा आफ्नै मान्छेलाई भ्रमणमा सहभागी गराएका छन्।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘डब्लूएचओ महासभामा खास विज्ञ टोली जानुपर्ने हो तर योपटक विज्ञ कम सहभागी हुने देखियो। अझै भर्खरै मन्त्रालयको जिम्मेवारी समाल्नु भएका मन्त्रीले आफ्नै निजी सल्लाहकार लिएर जाने निर्णय गर्नुभयो। यसले गर्दा योपटक पनि महासभामा हाम्रा तर्फबाट त्यति प्रभावकारी सभागिता हुने देखिएन।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending