Khabar Dabali १ भाद्र २०८३ सोमबार | 17th August, 2026 Mon
Investment bank

निजी सल्लाहकार सहित स्वास्थ्यमन्त्री यादव जेनेभा जाँदै

खबरडबली संवाददाता

काठमाडौं ।  विश्व स्वास्थ्य संस्थाको ७७ औं महासभामा भाग लिन स्वास्थ्यमन्त्री प्रदीप यादव आगामी शनिबार स्वीजरल्याण्डको जेनेभा जान लागेका छन् । स्वास्थ्य मन्त्रालयबाट प्राप्त विवरणमा मन्त्री यादवसँगै स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा संगीता कौशल मिश्रा, समन्वय महाशाखा प्रमुख डा. चुमन लाल र मन्त्रीका निजी सल्लाहकार अवधेशकुमार दासको टोलीलाई लिएर मन्त्री यादव जेनेभा उड्न लागेका हुन्।

मन्त्री यादव र महानिर्देशक डा संगीता मिश्रा सरकारको खर्चमा जाँदै छन् । चुमनलाल दास र अवधेशकुमार दास भने आइएनजिओको रकममा जाने भएका हुन् । चुमनलाई एनएसआइले लगानी गरेको छ भने ‘अवैतनिक’ सल्लाहकार दासको युएनएफपिएले लगानी गरेको छ। जेठ १४ देखि १९ सम्म ९ २७ मे देखि जुन १० सम्म जेनेभामा डब्लूएचओको महासभा हुँदै छ।

यसअघि मन्त्रालयले जेनेभा जाने टिममा प्रशासनतर्फका सचिव मधुसूदन बुर्लाकोटी र अतिरिक्त सचिव डा। दीपेन्द्ररमण सिंहसहितको टोली जेनेभा जाने बताइए पनि अन्तिम समयमा आएर सचिव बुर्लाकोटी र अतिरिक्त सचिव सिंह भ्रमणमा सहभागी हुने नामावलीबाट हटाइएको मन्त्रालय स्रोतले जनाएको छ।

नेपालबाट डब्लूएचओ  महासभामा जाने स्वास्थ्यमन्त्रीको बाहेकलाई प्रत्येक वर्ष दातृनिकाय वा युएन एजेन्सीले नेपाल सरकारको अनुदानमा लैजाने गरेका छन् । डब्लूएचओ महासभालाई स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो विश्व सम्मेलन मानिन्छ। जसले गर्दा हरेक वर्ष मन्त्रालयका नीतिगत तहमा काम गरेका विज्ञहरू जाने र आफ्नो देशमा स्वास्थ्य क्षेत्रमा भइरहेका राम्रा काम र चुनौतीका बारेमा छलफल गरिन्छ। तर योपटक पनि मन्त्री यादवले विज्ञ टोलीभन्दा आफ्नै मान्छेलाई भ्रमणमा सहभागी गराएका छन्।

स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने‚ ‘डब्लूएचओ महासभामा खास विज्ञ टोली जानुपर्ने हो तर योपटक विज्ञ कम सहभागी हुने देखियो। अझै भर्खरै मन्त्रालयको जिम्मेवारी समाल्नु भएका मन्त्रीले आफ्नै निजी सल्लाहकार लिएर जाने निर्णय गर्नुभयो। यसले गर्दा योपटक पनि महासभामा हाम्रा तर्फबाट त्यति प्रभावकारी सभागिता हुने देखिएन।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ग्यास मौज्दातबारे गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति, ‘होटलमा २०० सिलिन्डर अस्वाभाविक होइन’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...

युवालाई विदेशिन बाध्यता होइन, रोजाइ बनाउने शिक्षा र उद्योगबीच सहकार्य आवश्यक

काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन

पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...

दुई दशकमा पनि अधुरै मध्यपहाडी लोकमार्ग, लागत ५१ अर्बले बढ्यो

काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...

भदौ १ देखि ग्यास वितरण नियमित, अति आवश्यक उपभोक्तालाई प्राथमिकता

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...

एमालेभित्र चर्कियो नेतृत्व विवाद, ओलीको हुँकारले झन् तरङ्गित भयो पार्टी

विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...

दुःखमा साथ, असहायलाई सहारा : गोदावरीका वडाध्यक्ष राज घिमिरेको फरक पहिचान

ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...

डिजिटल भीडमा हराउँदै हस्तनिर्मित नागचित्र, ७३ वर्षीया चेतकुमारीको कुचीमा जीवित छ परम्परा

भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...

करोडौँ खर्च, एक वर्षमा तीन कानुन : लुम्बिनी प्रदेश सभा सुस्त

भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...

खोलाले बगाउँदा पोखरामा तीन जना बेपत्ता, दुई बालकको खोजी तीव्र

पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending