वीरगन्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगन्जको चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका उद्योगीसहितका अन्य सबै प्रकारका ग्राहकको बक्यौता रकम तीन अर्ब ४३ करोड २२ लाख २३ हजार चार सय ६१ रकम पुगेको छ ।
गत आवभन्दा चालु आवको १० महिनामा बक्यौता रकम २७ करोड ८१ लाख ९७ हजार रुपैयाँ चार सयले बढेको छ । यो बक्यौता रकम ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका पाँच उद्योगीसहित अन्य औद्योगिक, घरायसी ग्राहक र सडक बत्ती बापतको हो ।
केन्द्रका अनुसार चालु आवको वैशाख मसान्तसम्ममा औद्योगिक ग्राहकको बक्यौता रकम दुई अर्ब २७ करोड १० लाख २२ हजार एक सय ९४ रुपैयाँ रहेको छ । त्यसै गरी सडक बत्तीको बक्यौता रकम २१ करोड २८ लाख ३५ हजार पाँच सय रुपैयाँ छ रहेको छ । त्यस्तै घरायसी ग्राहकको बक्यौता रकम पनि ५३ करोड ४५ लाख ६७ हजार एक सय ८७ रुपैयाँ रहेको छ ।
केन्द्रको गत आवको असार मसान्तसम्ममा बक्यौता रकम तीन अर्ब १५ करोड ४० लाख २६ हजार चार सय ५७ रुपैयाँ पुगेको थियो । प्राधिकरण वितरण केन्द्र वीरगन्जका प्रमुख अबधेशकुमार दुबेले चालु आवको वैशाख मसान्तसम्ममा विद्युत् महसुल भुक्तानी नगर्ने तीन हजार तीन सय ९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आइरहेको बताए ।
“वीरगन्ज वितरण केन्द्र मातहत पाँच वटा ट्रङ्कलाइन तथा डेडिकेटेडलाइनबाट बिजुली लिएका उद्योगी रहेकाले पनि बक्यौता रकम उच्च देखिएको हो”, उनले भने, “यो वर्ष हामीले कम्तीमा चार हजार घरको बिजुलीको लाइन काटेर बक्यौता उठाउने कोसिस गरिरहेका छौँ ।”
केन्द्रले बक्यौता मासिक नतिर्ने तीन सयभन्दा धेरै ग्राहकको घरको बिजुली काट्दै आइरहेको छ । कार्यालय प्रमुख दुबेका अनुसार मासिक विद्युत्को महसुल तिर्नुपर्छ भन्ने चेतना अभावका कारणले पनि महसुल तिर्न आनाकानी गर्दै आइरहेका छन् ।
‘करिब ४० प्रतिशत ग्राहकले मात्रै नियमित समयमा महसुल तिर्दै आइरहेका छन्’, उनले भने, ‘छिमेकीले बिजुलीको महसुस नतिरेपछि लाइन काटियो भन्ने हल्ला गाउँभरि फैलिएपछि मात्रै महसुल तिर्न आउने पनि भेटिन्छन् । त्यसैले पनि बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाउँदै आइरहेका छौँ ।’
गत आवको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम दुई अर्ब तीन करोड ६२ लाख ११ हजार सात सय ६९ रुपैयाँ रहेको थियो । सोही वर्ष सडक बत्ती बापतको बक्यौता १८ करोड ६७ लाख ७८ हजार १० रुपैयाँ रहेको छ । घरायसी ग्राहकको बक्यौता रकम ५३ करोड ७४ लाख ५३ हजार सात सय ८८ रुपैयाँ रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १०:३८
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतले सशर्त धरौटीमा रिहा गर्दै मुद...
पौष ४ गते, २०८२ - १०:३६
काठमाडौँ । टुकुचा खोलाको पानीलाई प्रशोधन गरी पिउनयोग्य बनाउने दीर्घकालीन लक्ष्यसहित फोहर पानी प्रशोधन केन्द्र (Wastewater Treatment Plant) निर्माणको क...
पौष ४ गते, २०८२ - १०:३१
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट सचिव पदमा निर्वाचित भएका पूर्वमुख्यमन्त्री शेरधन राईका लागि एकपछि अर्को खुशीको खबर आएको छ। ५५ वर्षको उमेरमा...
पौष ४ गते, २०८२ - १०:२५
रूपन्देही। रूपन्देहीमा कलेज अध्ययनरत एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ। मृतक कञ्चन गाउँपालिका–३, धौलागिरीचोकका १७ वर्षीय ईशान पौडेल हुन्।...
पौष ४ गते, २०८२ - १०:१०
काठमाडौं । नेकपा एमालेका नेता काशिनाथ अधिकारीले सक्रिय राजनीतिबाट विदा लिएका छन्। ६६ वर्षीय अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो निर्णय सार्वज...
पौष ४ गते, २०८२ - ०९:५५
काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते युवापुस्ता ‘जेनजी’द्वारा गरिएको प्रदर्शनका क्रममा घाइते भएकाहरूको वर्गीकरण प्रक्रिया तीव्रताका साथ अघि बढाएको छ।...
पौष ४ गते, २०८२ - ०९:४५
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट विमानस्थल पुर्याइएको छ। प्रहरीले उनलाई भैरहवा लैजानका लागि ...
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...




प्रतिकृया लेख्नुहोस्: