काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गरे हुने बताएका छन् ।
बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले आफूहरू जुनसुकै विषयमा पनि छानबिनका लागि तयार रहेको बताएका हुन् ।
कांग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु–भाउजू, मामा, माइजू सबैलाई छानबिन गर्न चेतावनी दिँदै उनले भने, “कांग्रेसको को–को माथि सभापति, उपसभापति, पदाधिकारी को–को ? कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुुनुपर्छ ।”
महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गर्दै विभिन्न विषयमा जवाफ फर्काए । लामिछानेले दोषी भए राजनीति छोड्छु आफू दोषी नभए गगन थापाले राजनीति छाड्ने हो भन्ने आशयमा दिएको अभिव्यक्तिमा पनि उनले कटाक्ष गरे । “नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदि दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो, बाँकी कांग्रेस जाने होइन,” उनले भने ।
महामन्त्री शर्माले लामिछानेको प्रश्नलाई सती प्रथासँग तुलना गर्दै भने, “सती प्रथा हो रु श्रीमान्को मृत्यु भएपछि श्रीमती जाने रु यो त चन्द्र शमशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो । सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ ।”
उनले सदनमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि सदनमा छन् भनेकोमा आपत्ति जनाए । साथै, उनले यो विषयलाई सदनको रकेर्डबाट हटाउन माग गरे । “सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसद्मा बोल्न पाइन्छ भन्नेकुरामा सहमत हो रु यदि होइन भने किन रेकर्डबाट हटाउनु हुन्न रु सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर,” उनले भने ।
महामन्त्री शर्माले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न आग्रह गरे । कांग्रेस सरकारमा हुँदा कमजोरीको पनि फाइल खोलियोस् भनेर उपसभापति धनराज गुरुङको नेतृत्वमा संसद्मा पार्टीले प्रस्ताव लगेको भनाइ उनको थियो ।
“०४६ सालपछि को मन्त्री भए, कोको केके भए रु कसले कति कमाए होलान् रु कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रस्तावित गरेका छौँ । त्यसैले यो बेलामा नेपाली कांग्रेस दृढतापूर्वक सहकारी ठगी प्रकरणका सन्दर्भमा पनि हामी दृढतापूर्वक बोलिरहेका छौँ,” उनले भने, “प्रश्न एकजना व्यक्तिको सन्दर्भको होइन । संसद्मा बोल्दै गर्दा उहाँले यसको यो विरोध छ भन्नुभयो । अरु माथि पनि छ त, ममाथि मात्रै किन रु ममाथि छैन भन्ने होइन, ममाथि छ तिमीहरू माथि पनि छ भन्ने छ ।”
सम्बोधनको क्रममा उनले नेपाल अनन्त सम्भावना रहेको देश भन्दै राजनीतिमा कुनै पनि संकट नरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: