काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गरे हुने बताएका छन् ।
बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै उनले आफूहरू जुनसुकै विषयमा पनि छानबिनका लागि तयार रहेको बताएका हुन् ।
कांग्रेसको चलनचल्तीको भाषामा भन्दा दाजु–भाउजू, मामा, माइजू सबैलाई छानबिन गर्न चेतावनी दिँदै उनले भने, “कांग्रेसको को–को माथि सभापति, उपसभापति, पदाधिकारी को–को ? कसको कसको छानबिन गर्नुछ नाम, थर, गोत्र, ससुराली, हातका शंख र चक्र सबै लेख्नुस् तर छानबिन गम्भीरतापूर्वक हुुनुपर्छ ।”
महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गर्दै विभिन्न विषयमा जवाफ फर्काए । लामिछानेले दोषी भए राजनीति छोड्छु आफू दोषी नभए गगन थापाले राजनीति छाड्ने हो भन्ने आशयमा दिएको अभिव्यक्तिमा पनि उनले कटाक्ष गरे । “नयाँ दलको एउटा मित्रले के भन्नुभएछ भने, ममाथि छानबिन गर्नुस् यदि दोषी देखिनुभयो भने उहाँले पनि राजनीति छोड्नुहुन्छ हामी पनि राजनीति छोड्छौँ । विश्वप्रकाश शर्मामाथि छानबिन गर्ने, दोषी देखिए जेल जाने हो, बाँकी कांग्रेस जाने होइन,” उनले भने ।
महामन्त्री शर्माले लामिछानेको प्रश्नलाई सती प्रथासँग तुलना गर्दै भने, “सती प्रथा हो रु श्रीमान्को मृत्यु भएपछि श्रीमती जाने रु यो त चन्द्र शमशेरको पालामा उहिल्यै अन्त्य भइसक्यो । सहकारी ठगीको बारेमा गम्भीर छानबिन गर्न जरुरी छ ।”
उनले सदनमा उभिएर गृहमन्त्रीले विदेशीलाई देशका सूचना बेच्ने मान्छे पनि सदनमा छन् भनेकोमा आपत्ति जनाए । साथै, उनले यो विषयलाई सदनको रकेर्डबाट हटाउन माग गरे । “सभामुखलाई सोध्छु म, तपाईं विदेशीलाई सूचना बेचिन्छ, सांसदबाट भन्नेकुरा संसद्मा बोल्न पाइन्छ भन्नेकुरामा सहमत हो रु यदि होइन भने किन रेकर्डबाट हटाउनु हुन्न रु सहमत हो भने गृहमन्त्रीलाई किन सोध्नुहुन्न, को हुन् तिनलाई गिरफ्तार गर,” उनले भने ।
महामन्त्री शर्माले भ्रष्टाचारका फाइल खोल्ने कुरा मात्रै नभइ ०४६ सालपछिका सबै उच्च पदस्थ व्यक्तिहरूको फाइल खोलेर कारबाही गर्न आग्रह गरे । कांग्रेस सरकारमा हुँदा कमजोरीको पनि फाइल खोलियोस् भनेर उपसभापति धनराज गुरुङको नेतृत्वमा संसद्मा पार्टीले प्रस्ताव लगेको भनाइ उनको थियो ।
“०४६ सालपछि को मन्त्री भए, कोको केके भए रु कसले कति कमाए होलान् रु कमाएनन् होला सबै छानबिन गरौँ भनेर प्रस्तावित गरेका छौँ । त्यसैले यो बेलामा नेपाली कांग्रेस दृढतापूर्वक सहकारी ठगी प्रकरणका सन्दर्भमा पनि हामी दृढतापूर्वक बोलिरहेका छौँ,” उनले भने, “प्रश्न एकजना व्यक्तिको सन्दर्भको होइन । संसद्मा बोल्दै गर्दा उहाँले यसको यो विरोध छ भन्नुभयो । अरु माथि पनि छ त, ममाथि मात्रै किन रु ममाथि छैन भन्ने होइन, ममाथि छ तिमीहरू माथि पनि छ भन्ने छ ।”
सम्बोधनको क्रममा उनले नेपाल अनन्त सम्भावना रहेको देश भन्दै राजनीतिमा कुनै पनि संकट नरहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - २१:५९
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे ¥याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको सार्वजनिक टिप्पणीप्रति आपत्ति जनाएको छ। चेम्बरले होट...
श्रावण ३१ गते, २०८३ - २१:५६
काठमाडौँ । नेपालमा युवालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्दै विदेशिने बाध्यतालाई रोजाइमा बदल्न शिक्षा, सीप, उद्यमशीलता र उद्योगबीचको ...
श्रावण ३१ गते, २०८३ - २१:५२
पिके पिकमा दौडिँदै रेड पाण्डा संरक्षणको सन्देश, भदौ २० मा ४८ किलोमिटर म्याराथन सोलुखुम्बु । दुर्लभ वन्यजन्तु रेड पाण्डाको संरक्षणसँगै सोलुखुम्बुको ...
श्रावण ३१ गते, २०८३ - २१:४०
काठमाडौं । पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका जिल्ला र बस्तीलाई सडक सञ्जालमा जोड्ने उद्देश्यले सुरु गरिएको पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणको...
श्रावण ३१ गते, २०८३ - २१:२४
काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण नियमित प्रक्रियाबाटै गर्ने भएको छ। निगमका अनुसार सम्बन्धित ग...
श्रावण ३१ गते, २०८३ - २१:०९
विराटनगर । नेकपा एमालेभित्र नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको बहस चर्किरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले गृहप्रदेशबाटै आफूलाई हटाएर देखाउन चुनौती...
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...



प्रतिकृया लेख्नुहोस्: