झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताको मन जित्ने गरी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आफ्नो निर्वाचन क्षेत्र झापा ५ अन्तर्गतको एमाले दमकको दोस्रो नगर अधिवेशनको उद्घाटन गर्दै उनले पार्टीभित्रको द्वन्द्वका कारण दमक नगरपालिकामा एमालेले नेतृत्व गुमाउन पुगेको बताए । उनले एमालेलाई अब दमकमा हार्ने छुट नभएको समेत बताए । “एमाले यो ठाउँमा अब पराजित हुनुुहुन्न, हरेक कार्यकर्ता जनताका बीचमा जानसक्नुपर्छ”, उनले भने ।
देशको विकासमा एमालेका हरेक कार्यकर्तामा महत्त्वपूर्ण जिम्मेवारी आएको बताउँदै उनले भने, “देशलाई समृद्धि बनाउन हामी एकताका साथ अघि बढ्नुको विकल्प छैन ।” देशमा एमालेको अगुवाइमा विकासको सुरुआत भएको बताउँदै उनले अब पनि देशमा एमालेको एकलौटी सरकार जनताले खोजेका र त्यसका लागि सबै कार्यकर्ता सङ्गठन निर्माणसँगै जनताको घरघरसम्म जानुपर्नेमा जोड दिए ।
दमकमा पार्टी नेतृत्व सहमतिका साथ चयन गर्न सुझाव दिँदै नभए स्वस्थ निर्वाचनमार्फत पार्टीले जित्ने गरी नेतृत्व चुन्न उहाँको सुझाव थियो । पार्टी दमक नगर कमिटी अध्यक्ष गेहनाथ पोख्रेलको अध्यक्षतामा भएको नगर अधिवेशन उद्घाटनमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका पोलिटब्यूरो सदस्य तथा झापा इन्चार्ज विशाल भट्टराईलगायतका नेता, कार्यकर्ताको उपस्थिति थियो । भोलिसम्म चल्ने अधिवेशनले पार्टीको नगर नेतृत्व चयन गर्ने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: